लुम्बिनी
लमहीमा सेफ राइडको शाखा विस्तार, बाइकदेखि एम्बुलेन्ससम्मको सेवा सुरु
दाङ । राइड सेयरिङ सेवा प्रदायक कम्पनी सेफ राइड प्रा.लि.ले दाङको लमहीमा शाखा कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले स्थानीयस्तरमा प्रविधिमा आधारित यातायात सेवा विस्तार गर्ने उद्देश्यसहित लमहीबाट आफ्नो सेवा सुरु गरेको हो ।
लमही नगरपालिका ५ मा बुधबार आयोजित कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती सेवा यातायात प्रालिका अध्यक्ष सुरेश हमालले शाखा कार्यालय उद्घाटन गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
कम्पनीका अनुसार प्रारम्भिक चरणमा बाइक, अटो, कार र एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । यसका अतिरिक्त प्याराग्लाइडिङ तथा हट एयर बेलुनसम्बन्धी सेवा पनि आफ्नो प्लेटफर्ममार्फत उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ ।
नेपाली प्रविधि र उद्यमशीलतालाई प्रोत्साहन गर्दै सर्वसाधारणलाई सहज, सुरक्षित र व्यवस्थित सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।
प्रविधिको प्रयोगबाट यात्रुलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय युवाका लागि रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीका सञ्चालन प्रबन्धक नवराज शर्माले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याइएको बताए । प्रविधिको माध्यमबाट यात्रुलाई सहज र सुरक्षित सेवा उपलब्ध गराउनु कम्पनीको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
लमहीबाट सुरु गरिएको सेवालाई क्रमशः लुम्बिनी प्रदेशका विभिन्न स्थान हुँदै देशभर विस्तार गर्ने कम्पनीको योजना छ । कम्पनीको प्रधान कार्यालय काठमाडौंको नागार्जुन नगरपालिका २ वनस्थलीमा रहेको छ ।
लमहीमा शाखा सञ्चालनमा आएसँगै देउखुरी क्षेत्रका नागरिकले पनि राइड सेयरिङ तथा अन्य प्रविधिमा आधारित सेवा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।
लुम्बिनी
डिजिटल लुम्बिनीको रोडम्याप : एआई, डाटा र स्मार्ट सेवामा प्रदेशको लगानी
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक …
युवतीमाथि चक्कु देखाउँदै कुटपिट, सामाजिक सञ्जालमा भाइरल भएपछि एक युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक यु…
लुम्बिनी प्रदेशको बजेट असार १ मा : डिजिटल सुशासन र विकासमा जोड
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत …
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : मन्त्रालय घटाउनेदेखि डिजिटल सेवा विस्तारसम्मका योजना
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि तथा प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०…
दाङमा विद्युत् महसुल भुक्तानी पूर्ण रूपमा डिजिटल हुँदै, काउन्टर सेवा बन्द गरिने
दाङ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दाङका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल भुक्तानी प्रणालीलाई पूर्ण र…
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु
लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी कोर्ष सुरु गर्ने भएको …
लुम्बिनीमा दुई वर्षदेखि थन्किए विद्युतीय गाडी, सञ्चालन प्रक्रियामा अन्यौल
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्कि…
लुम्बिनी प्रदेशले सञ्चालनमा ल्यायो हेलो मुख्यमन्त्री कक्ष, यसरी गर्नुहोस् गुनासो
लुम्बिनी प्रदेशले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारका गतिविधि …
लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान
नेपाल बैंक लिमिटेडले मिति लुम्बिनी प्रदेशका सबैै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ…
लुम्बिनी प्रदेशका सबै जिल्लामा स्टिम एजुकेशन सञ्चालन गरिने
लुम्बिनी प्रदेशले सरकारले प्रदेशका सबै जिल्लामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित…