कीवर्डहरू -

कोशी

खोटाङ प्रशासनको सेवा प्रवाह प्रविधिमैत्री बन्दै, कार्यालय नपुगी घरबाटै सेवा लिन सकिने

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिनै विभिन्न सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । सेवा प्रवाहलाई सहज, छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले प्रशासनले पहिलो चरणमा चार प्रकारका सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउन थालेको हो ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सेवाग्राहीले आवश्यक कागजात आफैँ वा नजिकैको वडा कार्यालयको सहयोगमा प्रशासनको इमेल वा ह्वाट्सएपमार्फत पठाएर सेवा लिन सक्नेछन् ।

प्रशासन कार्यालयसम्म पुग्दा सेवाग्राहीको समय र खर्च दुवै बढ्ने भएकाले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सरल बनाउने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।

‘प्रशासनमा भौतिक उपस्थिति गराउँदा सेवाग्राहीको समय र पैसा दुवै खर्च हुन्छ । हामी झन्झटिलो सेवा प्रवाहलाई निराकरण गर्दै छिटो, छरितो र प्रविधिमैत्री बनाउने योजनामा छौँ,’ उनले भने, ‘पहिलो चरणमा चार किसिमका सेवा भौतिक उपस्थितिबिनै उपलब्ध गराउन थालिएको छ । आगामी दिनमा यो सेवा थप विस्तार गर्ने योजना छ ।’

प्रशासनले दलित, जनजाति तथा खस–आर्य प्रमाणित र थर प्रमाणितको सिफारिससम्बन्धी सेवा भौतिक उपस्थितिबिनै उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यी सेवा लिन सम्बन्धित वडाको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

त्यस्तै, परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव र मेलालगायतका कार्यक्रम सञ्चालनका लागि अनुमति लिन पनि अनलाइन माध्यमबाट निवेदन दिन सकिनेछ । यसका लागि सम्बन्धित वडा वा स्थानीय तहको सिफारिससहित निवेदन पेस गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी गुरुङले जिल्लामा प्रशासनिक सेवा सुधारसँगै नागरिकका समस्या र गुनासा सम्बोधन गर्न विभिन्न अभियानसमेत सञ्चालन गरिरहेका छन् । गत भदौ २५ गते खोटाङ सरुवा भएर आएका गुरुङले ‘नागरिक संवादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियान सुरु गरेका हुन् ।

नागरिकका समस्या, आवश्यकता, गुनासा र सुझावलाई सम्बोधन गर्दै सरकारी निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए । अभियानमार्फत नागरिकका समस्या र सुझाव सम्बन्धित निकायसम्म पुर्‍याउनुका साथै प्रशासन र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गरिने उनको भनाइ छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम’लाई संयुक्त अभियानका रूपमा अघि बढाएका छन् । समुदायमा शान्ति सुरक्षा कायम गर्दै लागूपदार्थ नियन्त्रण र सभ्य समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ ।

कोशी

देउमाईको ‘डिजिटल रिपोर्ट कार्ड’ : बजेटदेखि अस्पताल, सडक र अनलाइन सेवासम्म

इलाम । सीमित जनशक्तिका बीच इलामको देउमाई नगरपालिकाले पूर्वाधार, डिजिटल सेवा, शिक्षा, स्वास्थ्य र प्रशासनिक सु…

स्थानीय तहका सेवा एउटै प्लेटफर्ममा, ‘ओखलढुङ्गा कनेक्ट’ सञ्चालनमा

काठमाडौं । ओखलढुङ्गाका नागरिकले अब स्थानीय सरकारका सेवा, सूचना र सम्बन्धित अधिकारीको विवरण एकै ठाउँबाट अनल…

कोसी जनस्वास्थ्य प्रयोगशाला पूर्ण डिजिटल, घरबाटै दर्ता र अनलाइन रिपोर्ट

विराटनगर । कोसी प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बन…

डिजिटल प्रदेश बनाउने लक्ष्यसहित कोशीको बजेट : स्मार्ट शिक्षा, ई-गभर्नेन्स र प्रविधिमा ठूलो लगानी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्…

कोशी प्रदेश बजेट : छात्रा सशक्तिकरणका लागि विशेष कार्यक्रम, १०० विद्यालयमा डिजिटल बोर्ड जडान गरिने

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित…

प्रविधिको फड्को : भोजपुरमा घरबाटै जग्गाको नक्सा हेर्न र डाउनलोड गर्न सकिने

काठमाडौं । प्रविधिको तीव्र विकाससँगै अब नागरिकले घरमै बसेरै जग्गाको नक्सा प्राप्त गर्न सक्ने व्यवस्था लागू भएपछि…

दर्शनार्थीका लागि सहज सञ्चार : पाथीभरामा फोरजी सेवा सुरु

काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सहज सञ्चार सुविधा उपलब्ध गरा…

अनलाइन जुवा धन्दाको पर्दाफास, मण्डला क्याफेबाट १० जना पक्राउ

सुनसरी । अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरे…

कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि  अध्यापन …

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । …

कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्प…

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने

प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष…

टेलिकमको एनटीटिभी प्रदेश १ मा सुरु

नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ …

प्रदेश १ का १०० विद्यालयमा डिजिटल साक्षरता’ अभियान सुरु

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् …