कीवर्डहरू -

कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू

कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ  तालिम सुरू

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि  अध्यापन प्रारम्भ गरिएको छ।

मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौंका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो।

अहिलेको विश्वका परिवेशमा सूचना प्रविधि लगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले बताए।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ। पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्त रुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा  योगदान पुग्ने विश्वास व्यक्त गरे । 

विद्यालयले दूर शिक्षालाई १० लाख रुपैयाँ भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ। आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ विधामा तालिम सञ्चालन गर्नेछ। रासस