कीवर्डहरू -

कन्फेरेन्स

टिएआरएल विद्यालयको योजना निर्माण क्षमता अभिवृद्धि गर्न एसआइपी कार्यशाला सम्पन्न

ललितपुर । रोटरी क्लब अफ यलद्वारा सञ्चालित Teaching at the Right Level (TaRL) ग्लोबल ग्रान्ट परियोजनाअन्तर्गत TaRL कार्यान्वयन गरिरहेका विद्यालयहरूका लागि विद्यालय सुधार योजनासम्बन्धी चार वटा एकदिने कार्यशाला सफलतापूर्वक सम्पन्न भएका छन् ।

गत दुई साताको शनिबार र आइतबार (१५, १६, २२ तथा २३ अगस्ट) गरी चार समूहमा सञ्चालन गरिएका कार्यशालामा प्रत्येक समूहमा ६ देखि ७ वटा विद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यशालाको मुख्य उद्देश्य विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको विद्यालय सुधार योजना समीक्षा, अद्यावधिक तथा प्रभावकारी, समावेशी र प्रमाणमा आधारित योजना निर्माणसम्बन्धी ज्ञान तथा व्यावहारिक सीप अभिवृद्धि गर्नु रहेको थियो ।

कार्यशालामा ३० वटा विद्यालयका २४ जना प्रधानाध्यापक र २७ जना SIP Focal शिक्षक गरी जम्मा ५१ जना विद्यालय प्रतिनिधि सहभागी भएका थिए।  साथै, रोटरी क्लब अफ यलका २२ जना रोटरियन तथा एन्सको सहभागितासहित कार्यशालामा कुल ७३ जनाको सहभागिता रहेको थियो ।

null

कार्यशालाको सहजीकरण नेपाल सरकार, शिक्षा विभागका निर्देशक तथा सूचना तथा सञ्चार अधिकृत निमप्रकाश सिंह राठौड, सोसाइटी अफ रिसर्च एन्ड डेभलपमेन्ट (SORD) का प्रबन्ध निर्देशक रामबहादुर श्रेष्ठ तथा लैङ्गिक तथा सामाजिक समावेशीकरण विशेषज्ञ बिनिता श्रेष्ठले गर्नुभएको थियो ।

कार्यशालाको सुरुवात TaRL ग्लोबल ग्रान्ट परियोजनाका प्राविधिक संयोजक तथा पूर्व अध्यक्ष धर्मेन्द्र राज शाक्यले स्वागत तथा अभिमुखीकरणबाट गर्नुभएको थियो । उहाँले कार्यशालाका उद्देश्य, कार्यविधि तथा अपेक्षित उपलब्धिबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।

कार्यशालामा विद्यालय सुधार योजनाको अवधारणा, आवश्यकता तथा निर्माण प्रक्रियाका साथै लैङ्गिक उत्तरदायित्व, सामाजिक समावेशीकरण र शिक्षामा कृत्रिम बौद्धिकता (AI) को प्रयोग सम्बन्धी विषयमा व्यावहारिक तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो ।

सहभागीहरूलाई SIP निर्देशिका, आवश्यक फाराम तथा ढाँचाका साथै विद्यालयको समग्र अवस्थाको विश्लेषण गर्न आवश्यक तथ्यांक तथा विद्यालय प्रोफाइल तयार गर्ने प्रक्रियाबारे जानकारी दिइएको थियो ।

कार्यशालाको महत्त्वपूर्ण पक्षका रूपमा समस्या विश्लेषण तथा Fishbone Analysis को प्रयोगात्मक अभ्यास गराइएको थियो । सहभागीहरूले आफ्ना विद्यालयमा रहेका प्रमुख समस्या पहिचान गरी त्यसका मूल कारणहरूको विश्लेषण गरेका थिए । यस अभ्यासले विद्यालयका वास्तविक आवश्यकता र प्रमाणका आधारमा उपयुक्त सुधारका उपायहरू SIP मा समावेश गर्न सहयोग पु¥याएको थियो ।

कार्यशालाबाट सहभागीहरूले SIP अद्यावधिक गर्ने, निर्धारित फाराम तथा ढाँचा प्रयोग गर्ने, समस्या विश्लेषण गर्ने तथा विद्यालयको आवश्यकताअनुसार सुधार योजना तयार गर्ने व्यावहारिक ज्ञान र सीप हासिल गरेका छन् । साथै, विद्यालय सुधार योजना समावेशी, सहभागितामूलक र सरोकारवालाको सहकार्यमा तयार गर्नुपर्ने विषयमा समेत स्पष्टता प्राप्त भएको छ ।

कार्यशालाको समापनमा सहभागी विद्यालयहरूले सम्बन्धित सरोकारवालासँग परामर्श गरी विद्यालय व्यवस्थापन समिति (SMC) को बैठकमार्फत SIP अद्यावधिक तथा अन्तिम रूप दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बसन्त राज श्रेष्ठले AI4PEN पहलअन्तर्गत किटिनी माध्यमिक विद्यालयमा शिक्षकहरूका लागि पाइलट परियोजनाका रूपमा AI प्रशिक्षण कार्यक्रम सुरु भएको जानकारी सहभागीहरूलाई गराउनुभयो ।

समापन कार्यक्रममा TaRL ग्लोबल ग्रान्ट परियोजनाका संयोजक तथा पूर्व अध्यक्ष रो. प्रमोद सागर सिंह प्रधानले रोटरी क्लब अफ यलका आगामी योजना तथा परियोजनाको भावी दिशाबारे जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष दीपक दास ताम्राकारले सहभागी विद्यालय, प्रशिक्षक, रोटरियन तथा एन्सहरूलाई सक्रिय सहभागिता र कार्यशाला सफल बनाउन पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

यस कार्यशालाले TaRL कार्यान्वयन गरिरहेका विद्यालयहरूमा विद्यालयस्तरीय योजना निर्माण, जवाफदेहिता र प्रमाणमा आधारित निर्णय प्रक्रियालाई थप सुदृढ गर्दै विद्यालयका वास्तविक आवश्यकता र प्राथमिकतामा आधारित प्रभावकारी सुधार योजना निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

कन्फेरेन्स

एआई, रोबोटिक्स र नवप्रवर्तनमार्फत नेपालको भविष्य निर्माणमा जोड दिँदै ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्…

एआई र सुरक्षादेखि डिजिटल मार्केटिङसम्म : वर्डक्याम्प काठमाडौं २०२६ मा के-के हुँदैछ ?

काठमाडौं । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८…

शनिबार काठमाडौंमा डटनेट कन्फेरेन्स हुँदै, निःशुल्क सहभागी हुन सकिने

एएसपी डटनेट कम्युनिटी नेपालको आयोजनामा आगामी मंसिर २० गते शनिबार काठमाडौंमा ‘डटनेट कन्फेरेन्स २०२५’ हुने भएको …

चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ सम्मेलन सम्पन्न

चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ (ICOIICS–2025) सम्मेलन ललितपुरस्थित होटल…

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै एनसीआईटी, यसरी बुझाउनुहोस् शोधपत्र

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले आगामी डिसेम्बर २८ देखि ३० सम्म कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा अन्त…

सुरू भयो चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ, डिजिटल इकोसिस्टम र रूपान्तरणका विषयमा छलफल हुँदै

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ स…

डिजिटल नेपाल कन्क्लेभ २०२५ को कम्युनिकेसन पार्टनरमा टिङटिङ

एआई कम्युनिकेसन प्लेटफर्म टिङटिङ डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्…

साउन ३० गते चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, गुगल समेतको सहभागीता हुने

आगामी साउन ३० गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावर…

वर्डक्याम्प पोखरा आयोजना हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक विज्ञहरू समेत सहभागी हुने

वर्डप्रेस र खुला वेब प्रविधिको प्रवर्द्धनमा केन्द्रित प्राविधिक सम्मेलन वर्डक्याम्प पोखरा २०२५ यही जेठ ३० र ३१ गते पोखरामा आयोजना हु…

काठमाडौंमा डेभकन २०२५ आयोजना हुँदै, एआई र डेटाको विषयमा छलफल हुने

वैशाख २५ गते काठमाडौंमा डेभकन २०२५ कार्यक्रम आयोजना हुने भएको छ । नयाँ वानेश्वरको अल्फा हाउसमा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय व…

विद्यार्थीलाई सम्भावनासँग चिनाउन र अवसरसँग जोड्न शनिबार करियर कन्क्लेभ हुँदै

साउन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘करियर कन्क्लेभ’ आयोजना हुने भएको छ । माध्यमिक तहको प्लस टु अ…

असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै

असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेल…

डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न, डिजिटलाइजेसन र विकासमाथि वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाडौंको म्यारि…

शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा केन्द्रित हुने

यही जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल ने…

डिजिटल नेपाल कन्क्लेभमा डिजिटल प्रडक्ट, परियोजना र इनिसियटिभ्सहरू प्रदर्शनी गर्न सकिने

आगामी जेठ २५ गते काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिजिटल ने…