फिनटेक
दसैँमा नक्कली उपहार र लिंकबाट ठगीको जोखिम, सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । दसैँमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वका बेला दसैँ अफर, उपहार र बोनसको प्रलोभन देखाउने, बैंक खाता बन्द भएको भन्दै फोन तथा सन्देश पठाउने र नक्कली लिंकमार्फत गोप्य विवरण चोर्ने गतिविधि हुन सक्ने भन्दै राष्ट्र बैंकले सावधानी अपनाउन अनुरोध गरेको हो ।
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले २०८३ कात्तिक ३ गते जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमा डिजिटल ठगीबाट जोगिन विभिन्न उपाय अपनाउन सुझाव दिएको छ । चाडपर्वमा बैंकहरू बन्द हुने समयको मौका छोपेर ठगी गर्नेहरू सक्रिय हुन सक्ने भएकाले मोबाइल बैंकिङ र अन्य डिजिटल कारोबार गर्दा विशेष सतर्कता अपनाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार दसैँ अफर, उपहार वा बोनस दिने भन्दै अपरिचित व्यक्तिबाट पठाइएका लिंक खोल्नु हुँदैन । मोबाइल बैंकिङ वा बैंक खाता बन्द भएको, अवरुद्ध भएको वा पुन: सञ्चालन गर्नुपर्ने भन्दै आउने शङ्कास्पद फोन र सन्देशमा विश्वास गर्नु हुँदैन । त्यस्ता सन्देशमा दिइएका लिंक खोल्दा व्यक्तिगत विवरण तथा बैंक खातासम्बन्धी सूचना चोरी हुन सक्ने जोखिम रहन्छ ।
त्यसैगरी बैंक खाताको प्रयोगकर्ता नाम, पासवर्ड, व्यक्तिगत पहिचान सङ्ख्या (पिन) र एकपटक प्रयोग हुने गोप्य सङ्केत (ओटीपी) कसैलाई दिन नहुने राष्ट्र बैंकले जनाएको छ । बैंकले फोन गरेर यस्ता गोप्य विवरण नमाग्ने भएकाले बैंकको कर्मचारी भएको दाबी गर्ने अपरिचित व्यक्तिलाई समेत त्यस्ता विवरण दिन नहुने सन्देशमा उल्लेख छ ।
क्युआर कोड प्रयोग गर्दा सावधानी
राष्ट्र बैंकले क्युआर कोड प्रयोग गर्दा पनि सावधानी अपनाउन आग्रह गरेको छ । क्युआर कोड स्क्यान गर्ने विषयलाई पैसा तिर्ने र पैसा प्राप्त गर्ने प्रक्रियासँग जोडेर ठगी हुन सक्ने भएकाले सचेत रहनुपर्ने उसको सुझाव छ । कसैले पैसा पठाइदिने भन्दै क्युआर कोड स्क्यान गर्न र पिन नम्बर राख्न आग्रह गरेमा त्यसमा विश्वास नगर्न राष्ट्र बैंकले भनेको छ ।
डिजिटल कारोबार गर्दा रकम पठाउने व्यक्तिको विवरण, कारोबारको उद्देश्य र भुक्तानीसम्बन्धी सूचना जाँच गर्नुपर्छ । अपरिचित व्यक्तिले पठाएको लिंकबाट मोबाइल बैंकिङ वा बैंक खातामा प्रवेश गर्नुको सट्टा सम्बन्धित बैंकको आधिकारिक माध्यम प्रयोग गर्नु सुरक्षित हुन्छ ।
ठगीमा परे तत्काल खबर गर्न आग्रह
डिजिटल ठगीमा परेमा वा बैंक खातामा शङ्कास्पद गतिविधि देखिएमा तत्काल आफ्नो बैंकको २४ सै घण्टा उपलब्ध ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । आवश्यक परे नेपाल प्रहरीको साइबर ब्युरोमा समेत जानकारी गराउनुपर्ने सन्देशमा उल्लेख छ ।
वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्न राष्ट्र बैंकले अनलाइन पोर्टलसमेत उपलब्ध गराएको छ । ग्राहकले गुनासो दर्ता पोर्टल मार्फत उजुरी दिन सक्नेछन् । वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१-५७१९६०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
चाडपर्वमा डिजिटल भुक्तानी र मोबाइल बैंकिङको प्रयोग बढ्ने भएकाले सानो असावधानीले पनि आर्थिक क्षति हुन सक्ने जोखिम रहन्छ । त्यसैले अपरिचित लिंक नखोल्ने, गोप्य विवरण कसैलाई नदिने र शङ्कास्पद कारोबार देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने बानी अपनाउन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
फिनटेक
नबिल बैंकको ४२ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्…
चाडपर्वमा साइबर ठगी रोक्न राष्ट्र बैंकको कडाइ, बैंकहरूमा २४ घण्टा निगरानी र फोकल पर्सन अनिवार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी निय…
नेपाल फिनटेक एक्स्पोमा आइएमई खल्तीका ६ नयाँ सेवा सार्वजनिक
काठमाडौं । आइएमई खल्तीले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा तथा प्रविधिमा आधारित …
नौ ईआरपी कम्पनीसँग र्यापिडको साझेदारी, एउटै प्रणालीबाट बैंकिङ सेवा लिन सकिने
काठमाडौं । र्यापिड टेकले आफ्नो एपीआई बैंकिङ प्लेटफर्मलाई व्यावसायिक सफ्टवेयरमा जोड्न नौवटा ईआरपी तथा बिज…
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
काठमाडौं । सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ । नेपाल फिन…
नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०…
एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच सम्झौता, उपचार गराउँदा १५ प्रतिशतसम्म छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नया…
एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सञ्चालन
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ई-कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरूका लागि नेपालमै पहिलो पटक Apple…
एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन…
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘…
अपाङ्गता भएका व्यक्तिका लागि इसेवाले ल्यायो ‘स्वावलम्बन कर्जा’
काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविध…
'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै &lsq…
नबिल बैंकद्वारा 'नबिल एसएसई फेलोसिप'को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समू…
डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने…
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने
काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथ…