फिनटेक
अपाङ्गता भएका व्यक्तिका लागि इसेवाले ल्यायो ‘स्वावलम्बन कर्जा’
काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ ।
कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो । ‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिहरूले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
यस सुविधाअन्तर्गत रु. १० हजारदेखि रु. २ लाखसम्म कर्जा लिन सकिनेछ । कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ । योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।
कर्जाका लागि प्रयोगकर्ताको इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ । कर्जा स्वीकृति सम्बन्धित मूल्याङ्कन तथा लागू हुने नियम र बैंकको सर्तअनुसार हुनेछ ।
कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘स्वावलम्बन कर्जा’मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको बताए । यसले उनीहरूलाई वित्तीय सेवामा थप सहज रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास लिएको उनले बताए ।
“स्वावलम्बन कर्जा एउटा उत्पादन मात्र नभएर एउटा अवधारणाको सुरुवात हो । कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन,” उनले भने । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिहरूको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
उनले भने, “अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । स्वावलम्बन कर्जाले उनीहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरेका छौँ । हामीले केही फरक र नयाँ गरौँ भन्ने सोचिरहेका थियौँ । इसेवाले ल्याएको यो अभियानमा सहकार्य गर्न पाउँदा अत्यन्तै गौरव लागेको छ । यसले एक प्रकारको इकोसिस्टम नै सिर्जना गरोस् भन्ने मेरो चाहना छ ।”
कार्यक्रममा संस्थाका नेतृत्वको मन्तव्यसँगै ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव तथा यस पहलसम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
फिनटेक
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने
काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथ…
'खल्ती होटल्स' औपचारिक रूपमा संचालनमा, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट
काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस सेव…
तलब, बिल र भेन्डर भुक्तानी व्यवस्थापन गर्न फोनपेले ल्यायो ‘फोनबिज’
काठमाडौं । फोनपेले व्यवसाय तथा संस्थाहरूका लागि लक्षित गर्दै ‘फोनबिज’ नामक डिजिटल भुक्तानी प्लेट…
साउनमा क्यूआर कारोबार १ खर्ब ८९ अर्ब नाघ्यो, कारोबार सङ्ख्या पनि बढ्यो
काठमाडौं । नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल भुक्तानीको कारोबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना …
सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजन…
बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात …
भोटेकोशी बाढी प्रभावितका लागि एभरेस्ट बैंकद्वारा ३ करोडभन्दा बढी सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बै…
डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट ब…
भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्…
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैया…
एनआईसी एशिया बैंकद्वारा बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्ध…
आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितका लागि एक करोड सहयोगको प्रतिबद्धता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकको एपबाटै सहयोग गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकह…
नेपाल लाइफको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्स…
नेपाल लाइफको दुई दिने Business Excellence Conference सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई दिने Business Excellence Conference सम्पन्न भएको छ ।…