कीवर्डहरू -

फिनटेक

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कम्पनीले असोज ४ गते इटहरीमा, असोज ५ गते बर्दिबासमा, असोज ७ गते बुटवलमा, असोज ८ गते नारायणगढमा, असोज ११ गते काठमाडौंमा, असोज १२ गते धनगढीमा, असोज १३ गते सुर्खेतमा र असोज १५ गते पोखरामा भव्यताका साथ ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कुल २५८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो भने १०६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई स्टार अवार्डबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स प्रशिक्षक किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो । सबै स्थानको कार्यक्रममा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशु झाले प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए । उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई केन्द्रमा राखेर कार्य गर्न आग्रह गरे ।

उनले कम्पनीले अभिकर्ताहरूलाई समान अवसर, सम्मान र व्यावसायिक विकासका अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखे। उनले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे । 

साथै विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारी दिए । नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी प्रतिबद्धता, ऊर्जा र व्यावसायिक सोचका साथ अगाडि बढ्न प्रेरित गरे। उनले कम्पनीको वृद्धि, ग्राहक सेवा तथा बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको निरन्तर योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा आवश्यक सुधारका लागि संघले निरन्तर पहल गरिरहेको बताए । उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र आफ्नो व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन समेत आग्रह गरे ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए । उनले सम्पूर्ण अभिकर्ताहरू एकजुट भई थप मेहनतका साथ कम्पनीको बजार हिस्सा थप उचाइमा पुर्‍याउन कार्य गर्नुपर्ने बताए ।

स्टार अवार्डलाई केवल सम्मान कार्यक्रममा सीमित नराखी अभिकर्ताहरूको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा अनुभव साझेदारीको प्लेटफर्मका रूपमा समेत सञ्चालन गरिएको थियो । देशका विभिन्न प्रमुख सहरमा सम्पन्न यस कार्यक्रममार्फत नेपाल लाइफले उत्कृष्ट कार्यसम्पादनको कदर गर्नुका साथै अभिकर्ता सञ्जालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ ।

फिनटेक

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘…

अपाङ्गता भएका व्यक्तिका लागि इसेवाले ल्यायो ‘स्वावलम्बन कर्जा’

काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविध…

'अन्तै भएपनि आफन्तको नजिक' अभियानमार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै &lsq…

नबिल बैंकद्वारा 'नबिल एसएसई फेलोसिप'को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समू…

डिजिटल वित्तीय सेवा विस्तारका लागि राष्ट्र बैंकले बनायो पाँच वर्षे फिनटेक रणनीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको विस्तारसँगै फिनटेक क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने…

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथ…

'खल्ती होटल्स' औपचारिक रूपमा संचालनमा, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस सेव…

तलब, बिल र भेन्डर भुक्तानी व्यवस्थापन गर्न फोनपेले ल्यायो ‘फोनबिज’

काठमाडौं । फोनपेले व्यवसाय तथा संस्थाहरूका लागि लक्षित गर्दै ‘फोनबिज’ नामक डिजिटल भुक्तानी प्लेट…

साउनमा क्यूआर कारोबार १ खर्ब ८९ अर्ब नाघ्यो, कारोबार सङ्ख्या पनि बढ्यो

काठमाडौं । नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल भुक्तानीको कारोबार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना …

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजन…

बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात …

भोटेकोशी बाढी प्रभावितका लागि एभरेस्ट बैंकद्वारा ३ करोडभन्दा बढी सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बै…

डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट ब…

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्…

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैया…