कीवर्डहरू -

फिनटेक

लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता

लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न  डिजिटल भुक्तानी प्लेटफर्म, ईसेवा मनी ट्रान्सफर सँग साझेदारी गर्ने भएको छ । नेपालको राष्ट्र बैकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो । 

यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायत सहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फी लाई सक्षम बनाउने विश्वास लिइएको छ । यो सँगै लेम्फी मार्फत् नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने भएको छ ।

देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एक विश्वसनीय वित्तीय सेवा प्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ । 

यस साझेदारी पश्चात ग्राहकहरू केन्द्रीय बैंकद्वारा निर्धारित नियामक मापदण्डहरूको पालनामा लेम्फीप्रति आश्वस्त हुन सक्छन् । ईसेवा मनी ट्रान्सफरको स्थापित भुक्तानी सञ्जालमार्फत ग्राहकसँगको सम्पर्क र विश्वसनीयताको लाभ लिन सक्नेछन् ।

अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहक भएको लेम्फीले कसरी अत्याधुनिक प्रविधि, रणनीतिक साझेदारी, र प्रमुख अधिग्रहणहरूले सुरक्षित, भरपर्दो र नवीनतम् वित्तीय सेवाहरू प्रदान गर्न सक्छन् भनेर खोजी जारी राख्नेछ जुन विश्वभरका आप्रवासीहरूका लागि उपयोगी हुनेछन् ।

फिनटेक

गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…

सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध

नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । 

फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट

फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…

इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने

नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…

इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो पस मेसिनबाट भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ …

डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह

व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…

गरिमा विकास बैंक नेपालपे कार्डमा आबद्ध

गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे…

एससीटी युपीआई कार्ड जारी गर्नका लागि एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र…

साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने

साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …

अब मोबाइलबाटै बिना धितो ५ लाख रूपैयाँसम्मको ऋण पाइने

अब मोबाइलबाटै ५ लाख रूपैयाँसम्मको कर्जा पाइने भएको छ । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा रहेको फोनलोन सुविधाबाट ५ ल…

खल्तीले सुरू गर्‍यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने

डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज …

एक्सेल डेभलपमेन्ट बैंक नेपालपे कार्डमा आबद्ध

एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपा…

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठू…

नेपालपे कार्डका लागि नेपाल एसबिआई बैंक लिमिटेड र क्लियरिङ हाउसबिच सम्झाैता

नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस - राष्ट्रिय कार्ड स्वीच तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको…