कीवर्डहरू -

फिनटेक

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

काठमाडौं । अब बैंकको काउन्टरमा लामो लाइन बस्नुपर्ने झन्झट केही कम हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट पनि १०० रुपैयाँ दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बैंकका शाखाहरूमा बढ्ने भीड व्यवस्थापन गर्न तथा सर्वसाधारणलाई साना दरका नोट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न भनेको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै बैंक तथा वित्तीय संस्थाका एटीएममा १०० रुपैयाँ दरका नोट राखेर वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

अहिलेसम्म ५०० र १ हजारका नोट मात्रै
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट मुख्यत: ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिन्छ । साना दरका नोट आवश्यक पर्ने ग्राहक भने बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था छ ।

विशेष गरी दसैँलगायतका ठूला चाडपर्वमा नयाँ नोट तथा साना दरका नोटको माग उच्च हुने भएकाले बैंकका शाखामा सर्वसाधारणको भीड बढ्ने गरेको छ ।

नगद कारोबारका लागि १०० रुपैयाँका नोट आवश्यक पर्ने ग्राहकले समेत काउन्टरमै पुगेर नोट लिनुपर्ने बाध्यता रहेकाले एटीएमबाटै साना दरका नोट उपलब्ध गराउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

प्राविधिक रूपमा सम्भव देखिएपछि निर्देशन
राष्ट्र बैंकले केही बैंक तथा वित्तीय संस्थासँग एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सकिने–नसकिनेबारे प्राविधिक अवस्थाको जानकारी लिएको थियो ।

बैंकहरूको एटीएम प्रणालीमा आवश्यक प्राविधिक व्यवस्था मिलाएर १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्न सकिने देखिएपछि राष्ट्र बैंकले बैंकर्स संघमार्फत सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारणले साना दरका नोट लिनकै लागि बैंकको काउन्टरमा पुग्नुपर्ने अवस्था घट्ने अपेक्षा गरिएको छ । साथै, चाडपर्वको समयमा बैंक शाखामा हुने भीड व्यवस्थापनमा समेत यसले सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।

फिनटेक

सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन सार्वजन…

बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात …

भोटेकोशी बाढी प्रभावितका लागि एभरेस्ट बैंकद्वारा ३ करोडभन्दा बढी सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बै…

डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट ब…

भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्…

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैया…

एनआईसी एशिया बैंकद्वारा बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्ध…

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितका लागि एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकको एपबाटै सहयोग गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकह…

नेपाल लाइफको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्स…

नेपाल लाइफको दुई दिने Business Excellence Conference सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई दिने Business Excellence Conference सम्पन्न भएको छ ।…

एनएमबी बैंकमा कर्जा प्रक्रिया डिजिटल, आवेदनदेखि ट्र्याकिङसम्म अनलाइन

काठमाडौं । कर्जा लिन बैंकको शाखामा पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता घटाउँदै एनएमबी बैंकले डिजिट…

इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’को मान्यता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई …

सिद्धार्थ बैंकमा अब अनलाइनबाटै कर्पोरेट खाता खोल्न सकिने

काठमाडौं । व्यवसाय तथा संस्थाका लागि बैंक खाता खोल्ने प्रक्रियालाई डिजिटल बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले अन…

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेनमा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउण्टर तानसेन नपा ७ पाल्पामा खोलेको छ । बैंकले सेवा विस्तारको क्रममा भाद्र १ गते लुम्बिनी …