फिनटेक
तलब, बिल र भेन्डर भुक्तानी व्यवस्थापन गर्न फोनपेले ल्यायो ‘फोनबिज’
काठमाडौं । फोनपेले व्यवसाय तथा संस्थाहरूका लागि लक्षित गर्दै ‘फोनबिज’ नामक डिजिटल भुक्तानी प्लेटफर्म सार्वजनिक गरेको छ । यसमार्फत व्यवसायले कर्मचारीको तलब, बिल, भेन्डर तथा आपूर्तिकर्तालाई गरिने भुक्तानीलगायत वित्तीय कारोबार एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न सक्नेछन् ।
व्यवसायमा हुने विभिन्न किसिमका भुक्तानीलाई एउटै प्रणालीमा समेट्दै कारोबार व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले फोनबिज ल्याइएको हो । प्लेटफर्मले भुक्तानीसँगै कारोबारको विवरण, वित्तीय गतिविधि र रिपोर्टिङलाई समेत एउटै स्थानमा उपलब्ध गराउनेछ ।
फोनबिजमा कर्मचारीको तलब सामूहिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ । धेरै कर्मचारी भएका संस्थाले एउटै प्रणालीबाट तलब वितरण गर्न सक्ने भएकाले यसले परम्परागत रूपमा हुने म्यानुअल प्रक्रियालाई कम गर्न सहयोग गर्नेछ ।
त्यस्तै, व्यवसायले आफ्ना विभिन्न बिल तथा उपयोगिता सेवाको भुक्तानी पनि फोनबिजमार्फत गर्न सक्नेछन् । भुक्तानीको अभिलेख एकै स्थानमा रहने भएकाले कारोबारको निगरानी तथा वित्तीय हिसाब व्यवस्थापनमा सहज हुने कम्पनीको दाबी छ ।
धेरै भेन्डर तथा आपूर्तिकर्तासँग कारोबार गर्ने व्यवसायका लागि पनि फोनबिजमा भुक्तानी व्यवस्थापनको सुविधा राखिएको छ । यसबाट विभिन्न भुक्तानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै कारोबारको रेकर्ड राख्न सकिनेछ ।
प्लेटफर्ममा कारोबारको अवस्था र भुक्तानीसम्बन्धी जानकारी हेर्न सकिने व्यवस्था छ । रियल टाइम कारोबार विवरण तथा सूचनामार्फत व्यवसायले आफ्नो भुक्तानी गतिविधि निगरानी गर्न सक्नेछन् ।
फोनबिजमा कारोबारको तथ्यांक विश्लेषण तथा वित्तीय रिपोर्ट तयार गर्न सकिने सुविधा पनि रहेको छ । कारोबारसम्बन्धी विवरणले संस्थालाई आन्तरिक हिसाब मिलान, वित्तीय अनुगमन तथा लेखापरीक्षणमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
व्यावसायिक कारोबारको सुरक्षालाई ध्यानमा राख्दै फोनबिजमा २५६ बिट एसएसएल इन्क्रिप्सन तथा बहु-स्तरीय स्वीकृति प्रणाली राखिएको छ । बहु-स्तरीय स्वीकृतिको व्यवस्थाले संस्थाले कारोबारअघि विभिन्न तहबाट अनुमति लिनुपर्ने प्रक्रिया निर्धारण गर्न सक्नेछन् ।
फोनबिजको सुरुआतसँगै फोनपेका पुराना मर्चेन्ट सेवासमेत स्तरोन्नति गरिएको छ । यसअघि सञ्चालनमा रहेको फोनपे मर्चेन्ट पोर्टल र फोनपे बिजनेस एपलाई ‘फोनबिज बाई फोनपे’ नामअन्तर्गत स्तरोन्नति गरिएको हो ।
विद्यमान प्रयोगकर्ताले नयाँ खाता खोल्नुपर्ने छैन । उनीहरूले पुरानै लगइन आईडी र पासवर्ड प्रयोग गरी नयाँ प्लेटफर्ममा पहुँच पाउनेछन् । डिजिटल भुक्तानी व्यवस्थापन, कारोबार स्टेटमेन्ट, ग्राहकबाट भुक्तानी अनुरोध तथा रिफन्डलगायत सुविधा पनि फोनबिजमा निरन्तर रहने बताइएको छ ।
व्यवसायका वित्तीय गतिविधि डिजिटल माध्यममा रूपान्तरण भइरहेका बेला फोनबिजले तलब, बिल, आपूर्तिकर्ता र अन्य भुक्तानीका लागि छुट्टाछुट्टै प्रणाली प्रयोग गर्नुपर्ने अवस्थालाई कम गर्ने लक्ष्य राखेको छ ।
फोनपेको विद्यमान डिजिटल भुक्तानी पूर्वाधारलाई व्यवसायिक कारोबार व्यवस्थापनसँग जोडेर थप व्यापक सेवा उपलब्ध गराउने उद्देश्यसहित फोनबिज ल्याइएको कम्पनीले जनाएको छ ।
फिनटेक
भोटेकोशी बाढी प्रभावितका लागि एभरेस्ट बैंकद्वारा ३ करोडभन्दा बढी सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेस्ट बै…
डिजिटल कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय कारोबार बढ्दै गएसँगै नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट ब…
भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा पूर्ण रूपमा क्षतिग्रस्त
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्…
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैया…
एनआईसी एशिया बैंकद्वारा बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्ध…
आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितका लागि एक करोड सहयोगको प्रतिबद्धता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकको एपबाटै सहयोग गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकह…
नेपाल लाइफको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्स…
नेपाल लाइफको दुई दिने Business Excellence Conference सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई दिने Business Excellence Conference सम्पन्न भएको छ ।…
एनएमबी बैंकमा कर्जा प्रक्रिया डिजिटल, आवेदनदेखि ट्र्याकिङसम्म अनलाइन
काठमाडौं । कर्जा लिन बैंकको शाखामा पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता घटाउँदै एनएमबी बैंकले डिजिट…
इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’को मान्यता
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई …
सिद्धार्थ बैंकमा अब अनलाइनबाटै कर्पोरेट खाता खोल्न सकिने
काठमाडौं । व्यवसाय तथा संस्थाका लागि बैंक खाता खोल्ने प्रक्रियालाई डिजिटल बनाउँदै सिद्धार्थ बैंक लिमिटेडले अन…
एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेनमा
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउण्टर तानसेन नपा ७ पाल्पामा खोलेको छ । बैंकले सेवा विस्तारको क्रममा भाद्र १ गते लुम्बिनी …
आइएमई लाइफको नवौं वार्षिकोत्सव, राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासप…
महालक्ष्मी बैंकका डिजिटल प्रयोगकर्तालाई फाइदा, विभिन्न सेवामा २० प्रतिशतसम्म छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सहकार्य गर्द…