फिनटेक
एनएमबि बैंकको सफ्टपोस सेवा सुरू, अब एन्ड्रोइड फोनलाई नै पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने
एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि NFC सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।
यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्, यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।
सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला भएको बताए । 'अब हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ,' उनले भने ।
सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।
फिनटेक
दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…
मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु
अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…
सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।
फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट
फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…
इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…
इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो पस मेसिनबाट भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ …
डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह
व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…
गरिमा विकास बैंक नेपालपे कार्डमा आबद्ध
गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे…
एससीटी युपीआई कार्ड जारी गर्नका लागि एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र…
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …
अब मोबाइलबाटै बिना धितो ५ लाख रूपैयाँसम्मको ऋण पाइने
अब मोबाइलबाटै ५ लाख रूपैयाँसम्मको कर्जा पाइने भएको छ । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा रहेको फोनलोन सुविधाबाट ५ ल…
खल्तीले सुरू गर्यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने
डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…
डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज
डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज …
एक्सेल डेभलपमेन्ट बैंक नेपालपे कार्डमा आबद्ध
एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपा…