फिनटेक
एनआईसी एशिया बैंकमा खाता छ ? यसरी गर्नुहोस् प्यान नम्बर अपडेट
एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको PAN Update विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरिएको हो ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।
निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ ।
उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान हुनेछ ।
जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकको भनाइ छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने छ ।
फिनटेक
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने
महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप क्युआर कोडमार्फत कर्जा आवे…
फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने
फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भए…
आई स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट अब सजिलै नमस्ते पेमा पैसा लोड गर्न सकिने
आई स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे…
डिजिटल वालेटबाट कारोबार गर्न साउन १ देखि केवाईसी भेरिफाई अनिवार्य, नत्र अकाउन्ट नचल्ने
नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती,…
एनआईसी एशिया बैंकमा खाता छ ? यसरी गर्नुहोस् प्यान नम्बर अपडेट
एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
इसेवाबाट कसरी गर्ने मेरो सेयर र डिम्याट खाता नवीकरण ?
हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । यदी तपाई घरमै बसेर मेरो सेयर र डिम्याट खाता नवीकरण गर्न चा…
भिसासँगको सहकार्यमा प्रभु बैंकले ल्यायो बिजनेस डेबिट कार्ड, के के छन् सुविधा ?
प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा पूर्ण नविनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालन…
एनआईसी एशिया बैंकले सुरू गर्यो मास्टरकार्ड जारी सेवा
एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड जारी सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा …
डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने
आगामी साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले अनिवार्य रूपमा केवाईसी प्रमाणीत गर्नुपर्ने भएको छ ।
नेपालमा कार्यरत भारतीयले अब क्युआरबाटै भारतको व्यक्तिगत बैंक खातामा पैसा पठाउन सक्ने
नेपालमा कार्यरत भारतीयले अब नेपाली बैंक खाताबाट भारतमा खोलिएको आफ्नो व्यक्तिगत खातामा प्रतिमहिना १ लाख भारू जम्मा गर्न सक्ने भए…
४ महिनामै फोनपेले गर्यो युपीआईबाट २५ करोड बढी कारोबार
फोनपेले भारतसँग क्रस बोर्डर भुक्तानी सुरू भएको ४ महिनामै २५ करोड बढीको कारोबार गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएको युप…
एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्मबाट भुक्तानी सुविधा
माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता …
सिद्धार्थ बैंक ल्यायो रिवार्ड्स योजना, डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्य
सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्…
बढ्दै डिजिटल भुक्तानीको प्रयोग, वैशाखमा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार
वैशाख महिनामा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार क्युआर क…
ग्लोबल आइएमई बैंकका दुई दर्जन बढी सेवाहरू अब वेबसाइटबाटै लिन सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी डिजिटल युनिभर्स सञ्चाल…