फिनटेक
एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना
नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।
इसेवाको वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीले कुल २१ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ भने खुद नाफा ४५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
आम्दानीमा सबैभन्दा ठूलो योगदान फन्ड ट्रान्सफर सेवाको रहेको छ। यो सेवाबाट मात्र ५२ करोड रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा इसेवामार्फत ३१ करोड रुपैयाँभन्दा बढी डिजिटल कर्जा प्रवाह गरिएको छ।
निरन्तर बढ्दो आम्दानी र नाफा
पछिल्ला वर्षहरूमा इसेवाको आम्दानी निरन्तर वृद्धि हुँदै आएको छ। आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको इसेवाले २०८०/८१ मा १६ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो। पछिल्लो आर्थिक वर्षमा आम्दानी २६ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब रुपैयाँ नाघेको हो।

नाफातर्फ पनि स्थिर सुधार देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा २४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको इसेवाले २०८०/८१ मा ३५ करोड ८३ लाख रुपैयाँ नाफा गरेको थियो। २०८१/८२ मा भने नाफा बढेर ४५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
प्रयोगकर्ता, कारोबार र मर्चेन्ट नेटवर्क विस्तार
इसेवाका प्रयोगकर्ताको संख्या पनि तीव्र रूपमा बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ सम्ममा इसेवाका प्रयोगकर्ता झण्डै १ करोड १० लाख पुगेका छन्।
त्यसैगरी, २०८२ असार २७ गते एकै दिनमा २ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मर्चेन्ट नेटवर्कमा पनि उल्लेखनीय विस्तार देखिएको छ। गत आर्थिक वर्षसम्म इसेवामा आबद्ध मर्चेन्टको संख्या ५ लाख ६१ हजार पुगेको छ।
दक्षिण एशियामा विस्तारको योजना
पछिल्लो समय इसेवा नेपाल बाहिर पनि विस्तार हुने रणनीतिमा केन्द्रित देखिएको छ। कम्पनीले रेमिट्यान्स सेवालाई डिजिटल वालेटसँग एकीकृत गरिसकेको छ भने क्रस–बोर्डर भुक्तानीका लागि विभिन्न फिनटेक नेटवर्क र वित्तीय संस्थासँग सहकार्य गर्ने योजना अघि सारेको छ।
दक्षिण एशियाली बजारलाई लक्षित गर्दै जोइन्ट फिनटेक भेञ्चरमार्फत इसेवाको प्रविधि र व्यवसायिक मोडल निर्यात गर्ने तयारी पनि भइरहेको छ।

‘सबै, सधैं र सँगै’ भन्ने बाँचासहित अघि बढिरहेको इसेवामा आर्थिक वर्ष २०८१/८२ सम्म ग्राहकको जम्मा रकम ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा निरन्तर बढ्दो क्रममा छ।
सीईओको पारिश्रमिक
इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले आर्थिक वर्ष २०८१/८२ मा तलब तथा भत्ताबापत कुल १ करोड १६ लाख रुपैयाँ पारिश्रमिक प्राप्त गरेका छन्।
उनी २०७९ साल असोज १२ गतेदेखि चार वर्षका लागि इसेवाको सीईओमा नियुक्त भएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उनले तलब तथा भत्ताबापत १ करोड ५ लाख रुपैयाँ प्राप्त गरेका थिए।
फिनटेक
एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य
एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नय…
एनएमबि बैंकले पाटा र भिसासँगको सहकार्यमा प्रयोगमा ल्यायो सजिलो डिजिटल भुक्तानी
एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँग सहकार्य गर्दै ‘एनएमबि सफ्ट पस&rsqu…
एनएमबि बैंकको सफ्टपोस सेवा सुरू, अब एन्ड्रोइड फोनलाई नै पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने
एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । …
फिनटेक प्लेटफर्म जुनोमा ग्लोबल इक्विटी फन्डको लगानी
फिनटेक प्लेटफर्म जुनो (पूल टेक्नोलोजीज प्रालि) मा ग्लोबल इक्विटी फन्डले रणनीतिक लगानी गरेको छ। ग्लोबल इक्विटी फन्डले व्यवस्थाप…
लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्…
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालपे कार्डमा आवद्ध
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपीएस - नेशनल कार्ड स्वीच (एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड स्किम (नेपाल…
दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…
मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु
अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…
सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।
फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट
फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…
इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…
इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो पस मेसिनबाट भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ …
डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह
व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…
गरिमा विकास बैंक नेपालपे कार्डमा आबद्ध
गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे…