फिनटेक
कृषि विकास बैंकको मोबाइल एपबाटै अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने
कृषि विकास बैंकले मोबाईल बैंककिङ्ग एपबाटै कर्जा दिने भएको छ । बैंकको ADBL Smart Plus App बाट बिना धितो २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको हो ।
योग्य व्यक्तिले २ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकमा तलवी प्रकारका खाता भएका ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार मोबाइल बैंकिङ्ग एपबाटनै कर्जा लिन, उक्त कर्जाको भुक्तानी सक्ने जनाइएको छ । बैंकका अनुसार अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन भने पूर्व भुक्तान (Pre- Payment) को विकल्प पनि रहने छ ।
फोलोनका प्रमुख कार्यकारी अधिकृत, सागर शर्माले फोनलोन मार्फत डिजिटल लोन प्रदान गरी लोन प्रक्रियालाई सहज गर्ने र आर्थिक आवश्यकताहरूमा तुरन्तै आफ्नो मोबाइल बैंकिङ्गबाटै लोन उपलब्ध गरी ग्राहकलाई सजिलो बनाउने बताए ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एडीबीएल स्मार्ट प्लसमा फोनलोनको सुचारु भए संगै अब लोन लिन बैंक आउनु नपर्ने र बिना कुनै कागजात र धितो ग्राहकहरुले रु. २ लाख सम्मको लोन आफ्नै मोबाइल बैंकिङ्गबाटै लिन सक्ने जानकारी दिए ।
बैंकले ADBL Instant Foneloan योग्य ग्राहकहरुले Buy Now, Pay Later सुविधा पनि प्राप्त गर्न सक्ने जनाएको छ । यो सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्युआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ ।
त्यसैगरी "Convert to EMI" सुविधा पनि प्राप्त गर्न सक्नेछन्, जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सकिने छ ।
सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग एडीबीएल इन्ट्यान्ट फोनलोनमा रजिष्टर गर्न सकिने छ । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तै बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा सफ्टवेयरबाट तय हुनेछ ।
योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैकिङ्ग एप भित्र फोनलोन ब्यानर र रजिष्टर बटन देखा पर्नेछ । एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सकिने छ । सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये फोनलोन सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।
फिनटेक
नमस्ते पेको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । २०८० फागुन २४ गते बसेको ६३ औं बोर्…
सिद्धार्थ बैंकको पिंक डेबिट कार्ड सञ्चालनमा
सिद्धार्थ बैंक लिमिटेडले महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई ‘पिंक डेबिट कार्ड&…
बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट आइएमई पेबाटै काट्न सकिने
धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भ…
नेपालपेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने अवसर
नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार …
ड्रिमल्याण्डमा कामना सेवा विकास बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई दश प्रतिशत छुट
कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरे…
डबल लखपति बन्ने मौका, इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर
इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट …
फोनेपेले सुरु गर्यो ‘सक्षम नारी’ अभियान, डिजिटल भुक्तानी गर्दा हीराको सेट जित्ने मौका
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्द…
इसेवाले सुरू गर्यो इसेवा लाइफ केयर, ७ सयमा ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा सुविधा
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । यसअघि…
माछापुच्छ्रे बैंकले सुरू गर्यो भिडियो केवाईसी सेवा सुरु
माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको सुरु गरेको छ । बैंकका ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्…
कामना सेवा विकास बैंकमा खाता खोल्दा अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सकिने
कामना सेवा विकास बैंकमा अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न सकिने भएको छ । यो सँगै काम…
डिल्लीबजार कन्या क्याम्पसलाई माछापुच्छ्रे बैंकको ४ थान मल्टिमिडिया प्रोजेक्टर सहयोग
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ ।
आतिफ असलमको कन्सर्टको एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरमा खल्ती
‘खल्ती’ ले आतिफ असलमको लाईभ म्युजिकल शोमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्…
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक …
सातौं वार्षिकोत्सव मनाउँदै खल्ती, यस्ता छन् अफर
नेपालको अग्रणी डिजिटल वलेट खल्तीले माघ १२ गते आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता …
खल्ती डिजिटल वालेट ८ औं वर्षमा प्रवेश
खल्ती डिजिटल वालेटले ८ औं वर्षमा प्रवेश गरेको छ । सबै नेपालीलाई वित्तिय पहुँच पुर्याउने उद्देश्यसहित सन् २०१७ जनवरी …