कीवर्डहरू -

डिजिटल नेपाल

दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गरिँदै

काठमाडौं । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ ।

उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो ।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको हो। निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने भएको छ ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ । यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताए ।

‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ । विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने ।

साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गरे ।

डिजिटल नेपाल

विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यमको …

त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्याल…

स्वास्थ्य प्रणालीलाई डिजिटल रूपमा जोड्दै सरकार, नयाँ राष्ट्रिय मापदण्ड लागू

काठमाडौं । सरकारले स्वास्थ्य संस्थामा प्रयोग भइरहेका विद्युतीय चिकित्सा अभिलेख तथा अस्पताल सूचना प्रणालीलाई एक …

स्वास्थ्य बीमा कार्यक्रममा अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले वि…

पोखरा विश्वविद्यालयको बजेट १ अर्ब ७५ करोड, डिजिटल रूपान्तरण र रोजगारमुखी शिक्षामा जोड

काठमाडौं । पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट स्वी…

विद्यालय शिक्षा ऐन दीर्घकालीन प्रभाव पार्ने गरी ल्याइने : मन्त्री पोखरेल

भैरहवा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा ऐनलाई भविष्यको आवश्यकतालाई सम्बोधन गर्ने र दीर्…

‘परीक्षा स्थगित’को भ्रामक सूचना फैलिएपछि आईओएसटीको स्पष्टीकरण- परीक्षा रोकिँदैन

काठमाडौं । विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) डीनको कार्यालयले निर्धारित परीक्षा कार्यक्रमअनुसार नै प…

इसेवाको ‘जात्रा केयर’ बीमा योजना : १० रुपैयाँमा २ लाख ३० हजारसम्मको सुरक्षा

काठमाडौं । इसेवाले जात्रा पर्वलाई लक्षित गरी हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा मात्र रु. १० मा ‘जा…

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिरहाका स्थानीय तह

सिरहा । सिरहाका १७ वटै स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्डको प्रयोग विस्तार हुन थाले…

त्रिविको ५२ औँ दीक्षान्तका लागि अनलाइन आवेदन खुला

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक योग्य विद्यार्थीले असोज…

सरकारी फाइलमा ‘ट्र्याकिङ’ सुविधा, प्रगति सेवाग्राहीले मोबाइलबाटै हेर्न सक्ने

काठमाडौं । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘…

अब राहदानी र भिसा मोबाइलमै, डिजिटल अभिलेखलाई आधिकारिक मान्यता

काठमाडौं । अध्यागमन विभागले विदेशी नागरिकका लागि मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, भिसा तथा अन्य अभिलेखल…

विदेशी लगानीको केन्द्र बन्दै सूचना प्रविधि, ७२७ परियोजना अघि बढ्दै

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताको प्राथमिकता सूचना प्रविधितर्फ बढ्दै गएको देखिएको छ । उद्योग विभागमा पर…

पाठ्यक्रममा एआईदेखि उद्यमशीलतासम्म, सातै प्रदेशबाट आयो यस्तो सुझाव

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा गरिएको सरोकारवालाको छलफलबाट पाठ्यभ…

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरुसँग छलफल गरेका छन् ।…