डिजिटल नेपाल
सफ्टवेरिका कलेजले ब्याचलरमा अब एआई पनि पढाउने, के के छन् विशेषता ?
सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो ।
तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । जसले गर्दा कार्यक्रममा भर्ना हुने विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्ने छन् ।
अहिले द्रुत गतिमा विकास भइरहेको एआई क्षेत्रको विशेषज्ञ हुन आवश्यक पर्ने व्यावहारिक सीप र सैद्धान्तिक ज्ञान यसमा कार्यक्रममा समावेश रहेको कलेज प्रमुख प्रमोद पौडेलले बताए । अगाडि भन्छन्, “विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारारल प्रोग्रामिङ र डेटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दैछन् भन्ने विषय पढ्ने छन् । समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो यो ।”
यसका लागि कार्यक्रममा प्रोग्रामिङ एन्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एन्ड नेटवर्क, क्रियटिभ थिङ्किङ फोर बिजिनेस, इन्ड्रोडक्सन टू आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इन्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एन्ड सेक्युरिटी, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेशन, डिजाइन थिङ्किङ एन्ड इनोभेसन लगायतका विषय राखिएका छन् । कलेजका अनुसार यी विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूह जस्ता विभिन्न विधि तथा माध्यमबाट पठनपाठन हुने छ ।
यस कार्यक्रममा भर्ना हुन कक्षा ११/१२ मा न्यूनतम २.० जीपीए अथवा ए लेभलमा भए ३.५ क्रेडिट ल्याएको हुन पर्ने छ । वर्षमा स्प्रिङ र अटम गरी दुई इन्टेकमा भर्ना खुला हुने यो कार्यक्रममा विज्ञान, व्यवस्थापन वा मानविकी समूहका विद्यार्थी भर्ना हुन सक्ने छन् ।
कार्यक्रम अध्ययन पछि विद्यार्थीहरूले एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इन्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डेटा इन्जिनियर आदि बन्न सक्ने छन् । कलेजले यो कार्यक्रमको शुल्क १२ लाख ३१ हजार रुपैयाँ तोकेको छ ।
डिजिटल नेपाल
किन पढ्ने आईटी ? के के छन् रोजगारीका अवसर ?
कक्षा १२ उतीर्ण भएपछि विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने ढोका खोल्छ । बजारमा उच्च श…
खुला विश्वविद्यालयको एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन
नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा संकायले एक वर्षे बीएड कार्यक्रमम…
नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट
नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) २६ औं वर्षमा प्रवेश…
नेपालमा वेबसाइटको प्रभाव
वेबसाइटहरूले जीवन, सञ्चार, व्यापार र शिक्षाका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आजको डिजिटल युगमा एक अपरिहार्य उपकरण बनेको छ। नेपालमा र विश्वका अन्…
‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी
कक्षा १२ पास गरिसकेपछि सबै विद्यार्थीहरु के पढ्ने भन्ने दुविधामा हुन्छन् । कोही उच्च …
एनसीआईटीमा भोलि विद्यार्थीका ५० बढी प्रोजेक्ट प्रदर्शनी हुँदै, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…
आईटीमा भविष्य बनाउनेका लागि बीआईटी कोर्ष
अहिले २१औ शताब्दीको युग हो अर्थात सूचना प्रविधिको युग । प्रविधिबिना धेरै काम अधुर…
प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’
माध्यमिक शिक्षा अर्थात प्लस टु गरिसकेपछि विद्यार्थी तथा अभिभावक उच्च शैक्षिक संस्थाको…
कसले पढ्न पाउँछन् त्रिविको बीएससी सीएसआईटी कोर्ष ?
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन् । नतिजाको…
प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै
प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको…
खेती एपबाटै अब ५ मिनेटमै बिना धितो कृषि कर्जा लिन सकिने
एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरूपमा डिजिटल…
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरे…
सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधि…
भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभु…
हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय
सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।