कीवर्डहरू -

डिजिटल नेपाल

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य

देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिशन गुरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शिक्षण पेशा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण पाठ्यक्रमहरू तयार गरि कक्षा सञ्चालन गर्न एम्बिशन गुरु र काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशनले सहकार्य गर्ने भएको हो । 

यी पाठ्यक्रमहरू शैक्षिक सीपहरू वृद्धि गर्न, मूल्याङ्कन मापदण्डहरू परिष्कृत गर्न, र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका हुन् । शिक्षकहरूलाई नवीनतम उपकरण र विधिहरूसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्य सहित दुई शैक्षिक संस्थाहरूबीच हस्ताक्षर भएको हो ।

यस सहकार्यको मुख्य उद्देश्य समग्र देशको शैक्षिक उन्नयन लाई केन्द्रमा राखी विद्यालयहरूको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको काठमाण्डौं विश्वविद्यालयका अशोसिएट डीन प्रकाश भट्टराईले जानकारी दिए ।

भट्टराई अगाडि भने, 'काठमाडौं विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापहरू मार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ ।'

यो सहकार्य अन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले आवश्यकता अनुरुप मूल्याङ्कन उपकरणहरूको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाहरूको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकहरूको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास, र शिक्षक तथा नेतृत्वकर्ताहरूको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गर्नेछ । साथै यस कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट फरक फरक समुदायहरूको सहभागिताको पनि सुनिश्चितता गर्नेछ ।  

यस्तै एम्बिशन गुरुले भने कार्यक्रमहरूमा संलग्न सबै आर्थिक व्यवस्थापन, शिक्षकहरूलाई पाठ्यक्रम वा कार्यशालाहरूमा सहभागी गराउने, कार्यशाला र सत्रहरूको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्था, शिक्षक र प्रशिक्षकहरूका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना, र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिने एम्बिशन गुरुका एकेडेमिक डाइरेक्टर प्रकाश पाण्डेले जानकारी दिए ।  यस सहकार्यले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक सुधार आउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।
 

डिजिटल नेपाल

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…

आईटी पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन राष्ट्र बैंकले सहजीकरण गर्ने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) पढ्न चाहनेलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ । 

एनसीआईटी कलेजमा खुल्यो आईटीका कोर्षहरूमा भर्ना, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले स्नातक तहका विभिन्न आईटी कोर्षमा भर्ना खुलाएको छ । 

त्रिविले खुलायो ब्याचलर इन डेटा साइन्समा भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुन विश्वविद्यालयले चार वर्षे ब्याचलर इन डेटा साइन्समा भर्ना खुलाएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत गणित विज्ञान…

नेपाल भित्रियो विश्व प्रसिद्ध आईबीएमको वि‌द्यालय कार्यक्रम

विश्व प्रसिद्ध प्रविधि कम्पनी आइबीएमले तयार पारेको विद्यालय कार्यक्रम नेपालमा पनि ल्याइएको छ। भारतको चर्चित शिक्षा प्रविधि कम्पनी ट्र…

प्रोग्रामिङ तालिम पुरा गरेका आईओईका विद्यार्थीलाई सामसङद्वारा प्रमाणपत्र प्रदान

सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ तालिम पूरा गरेका त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको …

९९९ रूपैयाँमा एम्बिसन गुरूले एसईई एसईई पूरक परीक्षाको तयारी गराउँदै

एसईई २०८०मा पूरक परिक्षाको अवसरका पाएका विद्यार्थीलाई लक्षित गरि एम्बिसन गुरुले विशेष तयारी कोर्स ल्याएको छ । डिजिटल लर्निङ प्ले…

एसईई नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ गराउन सकिने, यस्तो छ तरिका

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा चित्त नबुझेमा रिटोटलिङ (पुनर्योग) अनलाइनबाटै गर्न सकिने भएको छ । 

कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिदै काठमाडौं महानगर, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । त्यसका लागि महानगरले अनलाइन आवेदन माग गरेको …

आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको घोषणा

सरकारले आईटी पढ्ने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।  

संघीय …

लक्ष्मी सन‍राइज बैंकले स्टिम शिक्षाका लागि महिलाहरुलाई छात्रवृत्ति प्रदान गर्ने

महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन‍्‍राइज बैंकले 'शिक्षित लक्ष्मी' पहलको थालनी गरेको…

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । 

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने

एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ । 

सङ्घीय संसद्को …

दुबईमा भएको कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले हात पारे तीन अवार्ड

सन् २०२४ मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थ…

आईटीसहितका विभिन्न क्षेत्रमा २ हजार बढीलाई निःशुल्क तालिम दिदै काठमाडौं महानगर, कसरी हुने सहभागी ?

काठमाडौं महानगरपालिकाले विश्व मजदुर दिवसको अवसरमा वैशाख १९ गते अर्थात आजदेखि ‘सिपमूलक तालिम’ आयोजना गर्ने भएको…