डिजिटल नेपाल
स्वास्थ्य बीमाका सेवा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरणका लागि एचआईबी ई-पोर्टल सञ्चालन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता, बीमालेख नवीकरण र केवाईसी विवरण अद्यावधिक गर्न सकिने एचआईबी ई-पोर्टल सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमासम्बन्धी अधिकांश प्रक्रिया अनलाइनबाटै गर्न सकिने भएको छ ।
बोर्डका अनुसार साउन २९ गतेदेखि HIB e-Portal मार्फत स्वास्थ्य बीमाका विभिन्न सेवा लिन सकिनेछ । यसका लागि छुट्टै विद्युतीय प्रणाली विकास गरी सेवा सञ्चालनमा ल्याइएको हो ।
नयाँ प्रणालीलाई ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ अनुसार सञ्चालन गरिएको बोर्डले जनाएको छ । पोर्टललाई राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग समेत अन्तरआबद्ध गरिएको छ । एनआईडी नभएका परिवारका सदस्यका लागि भने म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सकिने व्यवस्था छ ।
मोबाइलबाटै बीमा नवीकरण र शुल्क भुक्तानी
अब सेवाग्राहीले ईसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सक्नेछन् । व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत नयाँ परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न तथा पुरानो बीमालेख नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
यसअघि नै स्वास्थ्य बीमा गराइसकेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी पोर्टलमा प्रवेश गरेर केवाईसी विवरण अद्यावधिक तथा बीमालेख नवीकरण गर्न सक्नेछन् ।
कार्यालय वा संगठित क्षेत्रबाट एकैपटक धेरै परिवारको विवरण दर्ता तथा नवीकरण गर्न मिल्ने बल्क इनरोलमेन्ट र बल्क रिन्युअलको सुविधा पनि प्रणालीमा राखिएको बोर्डले जनाएको छ ।
स्वीकृतिपछि डिजिटल स्वास्थ्य बीमा कार्ड
नयाँ प्रणालीमा जिल्ला तथा प्रदेश तहबाट विवरण प्रमाणीकरण र स्वीकृतिको व्यवस्था गरिएको छ । सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुने बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अनलाइन प्रणाली सञ्चालनमा आएपछि स्वास्थ्य बीमामा आबद्धता र नवीकरणका लागि कार्यालय धाउनुपर्ने अवस्था कम हुनेछ । यसबाट सेवाग्राहीको समय तथा खर्च बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता र सहजता बढ्ने अपेक्षा गरिएको छ ।
केवाईसी अद्यावधिक सुविधाले बीमितका पुराना विवरण सच्याउन तथा स्वास्थ्य बीमा कार्यक्रमको तथ्याङ्कलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने बोर्डको विश्वास छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमश: पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने सरकारको योजनाअन्तर्गत एचआईबी ई-पोर्टल महत्वपूर्ण कदम भएको बोर्डका प्रवक्ता डा. पवनकुमार साहले बताएका छन् ।
डिजिटल नेपाल
कागेश्वरी मनोहरासँग सहकार्य गर्दै टेक्स्पायर कलेज, सामुदायिक विद्यालयमा टेक मेन्टरसिप
काठमाडौं । टेक्स्पायर कलेजले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रविधिमूलक शिक्षा, करियर परामर्श र उद्योग क्षेत्…
विदेशमा अधुरो पढाइ अब नेपालमै पूरा गर्न सकिने, क्रेडिट ट्रान्सफरको बाटो खुल्यो
काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले बीचमै नेपाल फर्किनुपरे अब त्यहीँसम्मको पढाइ…
एकेडेमिया इन्टरनेसनल कलेज: नेपालको डिजिटल भविष्य निर्माण गर्ने आइटी शिक्षाको गन्तव्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सूचना प्रविधि (आइटी) शिक्षाप्रति युवाहरूको आकर्षण तीव्र र…
मधेशमा स्थगित त्रिविको परीक्षा भदौ १५ गते सञ्चालन हुने
काठमाडौं । मधेश प्रदेशमा उत्पन्न अशान्त परिस्थितिका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्…
विश्वविद्यालयको ढिलासुस्ती रोक्न सरकारको नयाँ कदम, परीक्षा र नतिजाको समयसीमा तोकियो
काठमाडौं । विश्वविद्यालयको परीक्षा कहिले हुने, नतिजा कहिले आउने र अर्को तहको पढाइ कहिले सुरु हुने भन्ने अनि…
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्ष…
समकक्षता सेवामा नयाँ व्यवस्था, आवेदनदेखि प्रमाणपत्रसम्म अनलाइन
काठमाडौं । विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक योग्यताको समकक्षता (इक्विभ्यालेन्स) सेवा अब विश्वविद्यालय अनुदा…
लर्डबुद्धले सुरू गर्यो नेपालमै ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम
काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित ‘एम…
घरजग्गा कारोबार अब डिजिटल, विभागले अनलाइन लाइसेन्स आवेदन खुलायो
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फ…
उद्योग विभागका अधिकांश सेवा अब डिजिटल, भौतिक आवेदन बन्द
काठमाडौं । उद्योग विभागले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत आज (१८ साउन) देखि अधिकांश…
२५ वर्षपछि नयाँ यातायात नीति : डिजिटल, स्मार्ट र हरित यातायात प्रणाली निर्माणमा सरकारको जोड
काठमाडौं । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिमा व्यापक संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति…
मधेशका ११ परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा साउन १५ गते सञ्चालन हुने त…
एसीसीए परीक्षामा ब्रिटिस प्रोफेसनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) का विद्यार्थीहरूले ए…
हुलाकको डिजिटल रूपान्तरण : अब राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरमै
काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्दै सरकारले ‘स्मार्…
कृषि बजारको दैनिक थोक मूल्य अब ‘एएमपिआइएस नेपाल’ मोबाइल एपबाटै
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले पहलमा कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्…