कीवर्डहरू -

डिजिटल नेपाल

दक्ष जनशक्ति, रोजगारी र उद्यमशीलताको केन्द्र बन्दै टेकस्पायर कलेज

काठमाडौं । नेपालको शिक्षा र आईटी क्षेत्रसँग विगत दुई दशकदेखि सक्रिय लक्ष्मण पोखरेल र उनको टिमले सुरु गरेको यात्रा केवल एउटा कलेज खोल्ने योजनामा सीमित थिएन, त्यो देशमै दक्ष आईटी जनशक्ति उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने दीर्घदृष्टि थियो । उनीहरूले सञ्चालन गरेका आईटी कम्पनीहरूबाट ४०० भन्दा बढीले रोजगारी पाइसकेका थिए । तर, प्रत्यक्ष आईटी उद्योगमै काम गर्दा दक्ष जनशक्तिको अभावले कम्पनीहरूको ग्रोथमै असर गर्न थालेपछि पोखरेलसहितको टिमले समाधानका लागि शिक्षातर्फ मोडिए ।

सुरुमा उनीहरूको योजना नयाँ आईटी कलेज खोल्ने थियो । तर सरकारले नयाँ कलेजका लागि अनुमति रोकेपछि टिमले वैकल्पिक उपाय अपनायो, पुरानो कलेज किनेर त्यसलाई आईटी केन्द्रित संस्थामा रूपान्तरण गर्ने । खोज्दै जाँदा टिम मैतिदेवीस्थित कलेज अफ प्रोफेसनल स्टडिजसम्म पुगे । संयोगवश, लक्ष्मण पोखरेलले सन् २०१० मा त्यही संस्थामा कार्यक्रम संयोजकका रूपमा काम गरेका थिए । यही ऐतिहासिक संयोग र उद्योगीय आवश्यकता मिसिँदा टेकस्पायर कलेजको बीजारोपण भयो ।

सन् २०८० मा कलेज अफ प्रोफेसनल स्टडिज खरिद गरेपछि कोड हिमालयका स्मरण दवाडी, ईसेवाका सह-संस्थापक सुवास सापकोटा र लक्ष्मण पोखरेलसहितको टिमले त्यसलाई नयाँ पहिचानसहित टेकस्पायर कलेजका रूपमा रिब्रान्डिङ गरेर सञ्चालनमा ल्यायो । नयाँ बानेश्वरमा रहेको यो कलेजले आफ्नो नाममै “टेक्नोलोजी” र “इन्स्पायर”को भावना समेटेको छ । पोखरेलका अनुसार, आईटी उद्योगले सञ्चालन गरेको यो सम्भवतः पहिलो आईटी कलेज हो, जहाँ पढाइसँगै सिकाइ र कामको अभ्यासलाई समान महत्व दिइन्छ ।

२३ वर्षदेखि सञ्चालनमा रहेको कलेजलाई २०८० सालबाट गुणस्तरीय आईटी शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सीपल लक्ष्मण पोखरेलले बताए । 

null

‘२३ वर्षदेखि सञ्चानमा रहेको कलेज अफ प्रोफेसनल स्टडिजलाई रिब्राण्डिङ गरेर एक वर्ष अगाडि टेकस्पायर कलेजको नामबाट सञ्चालनमा ल्याएका हौं,’ उनले आईसीटी समाचारसँग भने, ‘हामीले आईटी कम्पनीमा सञ्चालन गर्दा दक्ष जनशक्तिको अभाव पायौं । त्यसले कम्पनीको वृद्धिमै असर गर्‍यो । त्यसपछि देशमै दक्ष आईटी जनशक्ति उत्पादन गर्न कलेज तर्फ मोडिएका हौं ।’

आज टेकस्पायर कलेजको, “Unlocking potential, Igniting future” भन्ने मूल नारासहित कलेजले एपीयू-एलाइनड एकेडेमिक्स, उद्योगसँग जोडिएको प्राक्टिकल लर्निङ र करियर-रेडी क्याम्पस संस्कृतिलाई आफ्नो पहिचान बनाएको छ । कलेजले एशिया प्यासिफिक युनिभर्सिटीसँगको अकाडेमिक कोलाबोरेसन, कोड हिमालयसँगको उद्योग-आधारित सिकाइ, र विद्यार्थीलाई उद्यमशीलता तथा नेतृत्वतर्फ उन्मुख गर्ने वातावरणलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरेको छ । 

टेकस्पायर अहिले बीएससी (अनर्स) इन इन्फर्मेसन टेक्नोलोजी र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ । बीएससी आईटी र एमबीए दुवै कार्यक्रम एशिया प्यासिफिक युनिभर्सिटीको अकाडेमिक कोलाबोरेसनमा आधारित छन् । कलेजले २५ भन्दा बढी नन-क्रेडिट प्राक्टिकल टेक लर्निङ सेसन, विद्यार्थीका लागि १ करोडको सिड फन्ड, ९५ प्रतिशत इम्प्लोइड ग्र्याजुएट्स, र १४०० भन्दा बढी वर्तमान विद्यार्थीको तथ्यांक पनि सार्वजनिक गरेको छ ।

null

लक्ष्मण पोखरेलको भनाइमा, टेकस्पायरको पाठ्यक्रम दुई धारमा अघि बढ्छ; एक विश्वविद्यालयको औपचारिक पाठ्यक्रम, अर्को उद्योगले तयार गरेको नन-क्रेडिट पाठ्यक्रम । यसअन्तर्गत मेसिन लर्निङ, क्लाउड कम्प्युटिङ, ब्लकचेन, साइबर सेक्युरिटी, डेटा एनालिटिक्स, एआई, आईओटी, फुल स्ट्याक डेभलपमेन्ट, डेभअप्स, डिजिटल मार्केटिङ, क्वालिटी अस्योरेन्स र मोबाइल एप डेभलपमेन्टजस्ता क्षेत्रमा विद्यार्थीलाई सीपमूलक प्रशिक्षण दिइन्छ । पहिलो र दोस्रो सेमेष्टरमा आधारभूत ज्ञान, तेस्रो सेमेष्टरदेखि एडभान्स सिकाइ, र दोस्रो वर्षदेखि इन्टर्नसिपमा पठाउने अभ्यासले विद्यार्थीलाई कक्षा, प्रयोगशाला र उद्योग तीनै तहमा तयार पार्ने उद्देश्य राखेको छ ।

पोखरेलका अनुसार, कलेजमा पढ्ने विद्यार्थीले प्रमाणपत्र मात्रै होइन, सीप र अनुभव समेत एकैसाथ प्राप्त गर्नुपर्छ । यही सोचलाई संस्थागत गर्न टेकस्पायरले “पढाइ, सिकाइ र कमाइ”लाई सँगसँगै लैजाने मोडल अघि सारेको छ । कलेजको दाबी अनुसार, आफ्नै कम्पनीहरूमा पनि हरेक वर्ष २०० भन्दा बढी इन्टर्न आवश्यक पर्छन्, त्यसैले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, सहकार्य गर्ने र काम गर्ने अवसर सिर्जना गर्ने कामलाई कलेजले प्राथमिकता दिएको छ ।

null

टेकस्पायर कलेजबाट ग्राजुएट हुँदा विद्यार्थीसँग एकेडेमिक प्रमाणपत्र, सीप र अनुभव ३ वटै कुरा हुने पोखरेल बताउँछन् । ‘प्रमाणपत्र, सीप र अनुभव भएपछि विद्यार्थी जहाँ गएर पनि आफ्नो अब्बलता प्रदर्शन गर्न सक्छन्,’ पोखरेल भन्छन्, ‘विद्यार्थीको धेरै समय कलेजमै बित्छ । त्यसकारण उनीहरूले सिक्ने कुरा पनि यही सिक्नुपर्छ । यहाँ पढेर बाहिर गएर ट्रेनिङ लिएर सिक्ने होइन ।’ 

यही उद्देश्यलाई अझ प्रभावकारी बनाउन टेकस्पायरले ‘आईस्प्राउट’ नामक उद्यमशीलता कार्यक्रम सुरु गरेको छ । यसअन्तर्गत विद्यार्थीलाई पहिलो सेमेष्टरदेखि नै आइडिया विकास गर्न लगाउने, मेन्टरसिप प्रदान गर्ने, प्रतिस्पर्धामार्फत छान्ने र इन्क्युबेसन प्रक्रियासम्म पुर्‍याउने व्यवस्था गरिएको छ । कलेजले उद्यमशीलतामै आधारित भविष्य देखेको छ, वर्षमा कम्तीमा १५ जना उद्यमी र सीईओ जन्माउने लक्ष्यसहित पहिलो चरणमै बिउ पुँजीका लागि ५ वटा आइडिया छानिइसकेको र १ करोडको सिड फन्ड छुट्याइएको जानकारी कलेजले दिएको छ ।

आईटी क्षेत्रमा दिनदिनै परिवर्तन आइरहेको हुन्छ । यसलाई बुझ्न उद्योगको पाठ्यक्रमले सघाउने कलेजले जनाएको छ । कलेजले विद्यार्थीलाई दोस्रो वर्षदेखि नै इन्टर्नसीपमा पठाउने गरेको छ । किनभने पहिलो वर्षमा विद्यार्थीले निश्चित सीप हासिल गरिसकेका हुन्छन् । आफुहरूकै कम्पनीमा पनि हामीलाई प्रत्येक वर्ष २०० बढी इन्टर्न आवश्यक पर्ने पोखरेल बताउँछन् ।

‘हाम्रै कम्पनीमा २०० बढी इन्टर्न चाहिएको हुन्छ । राम्रो गर्नेले जब नै पाउँछन् । ५० वटा बढी आईटी कम्पनीसँग सहकार्य गरेका छौं । भारतको कम्पनीसँग सहकार्य गर्ने छौं । नास आईटीसँग पनि सहकार्य गरेका छौं,’ उनी भन्छन् । 

टेकस्पायरले केवल कक्षा मात्र होइन, क्याम्पस जीवनलाई पनि उद्यम, नेतृत्व र सहकार्यको अभ्यासस्थल बनाएको छ । ए.डब्ल्यू.एस. एकेडेमी, टेडएक्स, कम्पटिया, माइक्रोसफ्ट लर्न फर एजुकेटर्स, टोस्टमास्टर्स इन्टरनेसनल र ओराकल एकेडेमीजस्ता अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राविधिक साझेदारीहरू पनि कलेजले गर्दै आएको छ । यस्तै, विद्यार्थी क्लबहरू, वर्कसप, गेस्ट टक, प्रोजेक्ट शोकेस, रोबोटिक्स, पब्लिक स्पिकिङ र टेक कम्युनिटीहरूले कलेजलाई साधारण पढाइको केन्द्रभन्दा फरक, उद्योग-उन्मुख र भविष्य केन्द्रित संस्थाका रूपमा स्थापित गर्दै लगेका छन् । 

पोखरेलले अगाडि भने, ‘वर्षमा कम्तिमा १५ वटा उद्यमी र सीईओ जन्माउने योजना छ । १५ कम्पनीमा रोजगारीका लागि कलेजकै विद्यार्थीलाई प्राथमिकता दिइन्छ । मेन्टरसीप र सपोर्ट गराउने कलजेको काम हुन्छ ।’ आईस्प्राउटपछि भेञ्चर स्थापना गर्ने गरी अर्को कार्यक्रम ल्याउने कलेजको तयारी छ ।

अन्ततः टेकस्पायर कलेजको कथा नेपालमा उद्योग र शिक्षाबीचको दूरी घटाउने, आईटी जनशक्ति देशमै उत्पादन गर्ने, र विद्यार्थीलाई जागिर खोज्ने मात्र होइन, जागिर दिने हैसियतमा पुर्‍याउने प्रयासको कथा हो । लक्ष्मण पोखरेल र उनको टिमले सुरु गरेको यो पहलले “टेक्नोलोजी” लाई “इन्स्पिरेसन”सँग जोडेर नेपाली आईटी शिक्षामा नयाँ मोड दिएको छ । 

डिजिटल नेपाल

शैक्षिक परामर्श नियमावली २०८३ : सुधारको प्रयास कि व्यवसायीमाथि बढ्दो दबाब ?

काठमाडौं । सरकारले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी …

सरकारको नयाँ व्यवस्था : बढुवा र सरुवामा अब आचरण पनि आधार, डिजिटल ट्र्याकिङ सुरु

काठमाडौं । सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु गरेको छ । प्रधानमन्…

२५ लाख धरौटी' विरुद्ध राष्ट्रिय शैक्षिक परामर्श संघ, नियमावली सच्याउन सरकारसँग माग

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको "…

पोखरा विश्वविद्यालयले ल्यायो एआई र डेटा साइन्समा नयाँ ब्याचलर कोर्स, ९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा साइन्स क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित पोखरा…

उद्यमशील सोचलाई केन्द्रमा राखेको किङ्ग्स कलेज : एआईदेखि डिजिटल मार्केटिङसम्म आधुनिक शिक्षाको गन्तव्य

काठमाडौं । काठमाडौंको बबरमहलस्थित किङ्ग्स कलेज नेपालमा उद्यमशीलता, नवप्रवर्तन र आधुनिक शिक्षालाई जोडेर उ…

भूमि मन्त्रालयको एकीकृत ड्यासबोर्ड सार्वजनिक, सेवा र कार्यप्रगति अब एकै ठाउँमा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्ना सेवा तथा कार्य प्रगतिको विवरण सार्वजनिक रू…

ग्रेड सुधार परीक्षार्थीले पनि बीटेक फुड टेक्नोलोजीको प्रवेश परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले स्नातक तह बीटेक इन …

विदेशी सम्बन्धनका कलेज र शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाइ, नयाँ नियमावली लागू

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज तथा शैक्षिक परामर्श (कन्सल्टेन्सी) सं…

नेपालमै अमेरिकन डिग्री : एमआईटी कलेजको ‘स्टडी इन नेपाल, ग्राजुएट फ्रम यूएसए’ अभियान

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढिरहेको छ । कक्षा १२ पूरा गरेपछि उच्…

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत…

एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ, मन्त्री पोखरेल र एडीबी अध्यक्षद्वारा अवलोकन

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप सुदृढ बनाउने उद्देश्यसहित शिक्षकहरूका लागि तयार गरिएको &lsqu…

सरकारको १०० दिन : ऊर्जा मन्त्रालयका ७५ उपलब्धि, सेवा सुधारदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्म

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, विद्युत्…

कृषि मन्त्रालयको १०० दिने रिपोर्ट : किसानलाई राहतदेखि डिजिटल सेवासम्म

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, किसानलाई …

शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिने कार्यप्रगति सार्वजनिक, यी हुन् प्रमुख उपलब्धि

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान सरकार गठनपछि पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कामहरूको वि…