कीवर्डहरू -

नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट

नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट

नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) २६ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंमा ग्राण्ड होटलमा भव्य कार्यक्रम गर्दै फाउन्डेसनले आफ्नो रजतजयन्ती मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपराष्ट्रपति रामसाहय प्रसाद यादवको उपस्थिति रहेको थियो भने यस्तै विशेष अतिथिको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहेको थियो ।

यस्तै अतिथिको रूपमा एपिट एजुकेसन ग्रुपका सीईओ दातुक प्रमजित सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, पूर्व राजदुत प्रा.डा. महेन्द्र सिंह, खेतान ग्रुका अध्यक्ष राजेन्द्र खेतान, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लगायत शिक्षा क्षेत्रमा काम गर्दै आएको सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो ।

एलबीईएफका अध्यक्ष पंकज जलानको सभापतित्वबाट सुरू भएको कार्यक्रममा स्वागत मन्त्व्य एलबीईएफका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले दिएका थिए ।
युवा सोचलाई अगाडि बढाउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न र आईटी लिडर तयार पार्न एलबीईएफ स्थापना भएको कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले बताए । थुप्रै उतार चढाव र संघर्षकाबीच कलेज २५ औं वर्षसम्म आईपुगेको उनले बताए ।

\"\"

यस्तै कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति यादवले नेपाल डिजिटल युगमा प्रवेश गरिसकेकोले मुलुकको भविष्य सूचना प्रविधिसँग जोडिएको बताएका थिए । ‘दुई दशक यता सूचना प्रविधि क्षेत्रमा मुलुकले प्रगति हासिले गरेपनि त्यसैमा सन्तोष मानेर बस्नुहुन्न,’ उनले भने, ‘यो क्षेत्रलाई थप परिस्कृत गर्ने र उन्नत प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्छ ।’

प्रमुख अतिथि यादवले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले २५ औं वार्षिकोत्सवको अवसर तयार पारेको स्मारिका समेत लोकार्पन गरेका थिए ।

यस्तै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको योगदान रहेको बताइन । ‘शिक्षामा सैद्धान्तिकभन्दा प्रयोगात्मकले बढी महत्व राख्छ,’ उनले भनिन, ‘जुन शिक्षामाथि लर्ड बुद्ध एजुकेसन फाउन्डेसन केन्द्रित रहेको छ ।’

कारयक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, पूर्व राजदुत प्रा.डा. महेन्द्र सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान, एपिट एजुकेसन ग्रुपका सीईओ दातुक प्रमजित सिंहले समेत आफ्नो मन्तव्य दिएका थिए ।

कार्यक्रमको अन्त्यमा एलबीईएफका अध्यक्ष तथा कार्यक्रमका सभापति पंकज जलानले केही विषय बाहेक गुणस्तरीय उच्च शिक्षा दिन नेपाल तयार रहेको बताए । ‘अहिले पढ्न पनि पाइने र काम पनि गर्न पाइने भन्दै विद्यार्थीहरू विदेश गइरहेका छन्,’ उनले भने, ‘अब हामीले पनि नीति बनाएर नेपालमा पार्टटाइम रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । यसले विदेश जाने विद्यार्थीको संख्यामा कमी ल्याउन सक्छ ।’

\"\"

यसका साथै उनले नेपालमा विदेशबाट विद्यार्थीहरू पढ्न आउन थालेको र सरकारले विद्यार्थी भिसाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । नेपालमै गुणस्तरीय शिक्षा दिन सन् १९९८ मा स्व. प्रमानन्द केजरीवालले लर्ड बुद्ध एजुकेसन फाउन्डेसन स्थापना गरेका थिए ।

नेपालमा सूचना प्रविधि (आईटी) भर्खर भर्खर भित्रिरहेको बेला कलेज स्थापना गरेर नेपालमै आईटी दक्ष जनशक्ति उत्पादन गर्न स्व. प्रमानन्द केजरीवालले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको खेलेको भूमिका नेपालको सूचना प्रविधि विकासमा प्रशंसनीय रहेको छ ।

कलेजले हालसम्म १० हजार बढी महिलालाई कम्प्युटर सम्बन्धि निःशुल्क तालिम दिइसकेको छ । कम्प्युटर एप्लिकेसन र इन्फर्मेसन टेक्नोलोजीले सम्बन्धि स्नातक तहको कोर्ष सुरू गर्ने एलबीईएफ निजी क्षेत्रको पहिलो कलेज हो । फाउन्डेसनबाट अहिलेसम्म १२ हजार बढी विद्यार्थी ग्राजुएट भइसकेका छन् । ग्राजुएटहरू देश तथा विदेशका विभिन्न संस्थाहरूमा काम गरिरहेका छन् ।

यसका साथै संस्थाले विगत ४ वर्षदेखि क्यान महासंघसँगको सहकार्यमा सातै प्रदेशका ४९ जनालाई आईटी पढ्न छात्रवृत्ति दिदै आएको छ । यसमा सातै प्रदेश एक एक जना छात्रालाई पूर्ण छात्रवृत्तिलाई अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति दिदै आएको छ ।