होम अप्लाइन्सेस
बर्ली एयर कूलर नेपालमा सार्वजनिक
भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भए ।
कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरिएको थियो । कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरेका थिए ।
बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन्। बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ।
यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।
यो कार्यक्रम बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको छ ।
होम अप्लाइन्सेस
बीएलडीसी सिलिङ फ्यान बजारमा, ४३ प्रतिशत विद्युत बचत गर्ने
चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान बजारमा ल्याएको छ ।
टिसीएलका वायरलेस साउन्डबार नेपाली बजारमा
घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ । टिसीएलका साउन्डबारहर…
भूकम्पबाट प्रभावित २०० परिवारलाई सुबिसुले वितरण गर्यो सोलार
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ …
क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका उपकरण किन्न सकिने
सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै…
सामसङको दशैं तिहार अफर, टिभी र होम अप्लायन्स खरिदमा ४१ प्रतिशतसम्म छुट
२०८० सालको दशैं-तिहारको मौकामा सामसङ नेपालले “रमाइलो दशैं तिहार, मायाले भरौ घ…
स्काईवर्थको बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा
केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्ल…