कीवर्डहरू -

स्टार्टअप

नेपालीको आफ्नै डिजिटल प्लेटफर्म ‘थोप्ला’ सार्वजनिक, सोशल मिडियादेखि डिजिटल सेवासम्म एकै ठाउँमा

काठमाडौं । विदेशमा रहेका नेपालीले देशको खबर खोजिरहेका हुन्छन्, नेपालमा रहेका परिवारले परदेशमा रहेका आफन्तसँग जोडिन चाहन्छन् । दूरी फरक भएपनि नेपाली समुदायबीचको सम्बन्ध, संस्कृति र अपनत्व भने एउटै छ । यही सम्बन्धलाई डिजिटल माध्यमबाट अझ नजिक ल्याउने उद्देश्यसहित नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’ सार्वजनिक गरिएको छ ।

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने लक्ष्यसहित विकास गरिएको थोप्लाको काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत औपचारिक सुरुवात गरिएको हो । यसको संस्थापक उज्जल खनाल हुन् । थोप्लाका अनुसार यो केवल सामाजिक सञ्जालका रूपमा सीमित नरहेर नेपाली समुदाय, संस्कृति, सिर्जना, मनोरञ्जन र आपसी सहकार्यलाई एउटै डिजिटल स्पेसमा जोड्ने प्रयास हो ।

विचारदेखि प्रतिभासम्म, एउटै प्लेटफर्ममा
विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई सहज रूपमा जोड्नु थोप्लाको प्रमुख उद्देश्य रहेको थोप्लाले जनाएको छ । प्रयोगकर्ताले आफ्ना विचार, सिर्जना तथा प्रतिभा प्रस्तुत गर्नुका साथै समुदायसँग निरन्तर सम्पर्कमा रहन सक्ने वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्लेटफर्ममा प्रयोगकर्ताका लागि नि:शुल्क अडिओ तथा भिडिओ कल, पोस्ट, भिडिओ र रिल शेयर गर्नेलगायतका सुविधा उपलब्ध छन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताको सहभागिता बढाउने उद्देश्यले आफ्नै ह्यासट्यागमार्फत विभिन्न प्रतियोगिता तथा टुर्नामेन्ट सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

null

सामाजिक सञ्जालसँगै डिजिटल कारोबारको सुविधा
थोप्लाले सामाजिक सञ्जालका सामान्य सुविधासँगै डिजिटल कारोबारलाई समेत आफ्नो प्लेटफर्ममा समेटेको जनाएको छ । यसका लागि डिजिटल क्वाइन, उपहार तथा वालेट प्रणाली समावेश गरिएको छ । यसले भविष्यमा प्रयोगकर्ताको सामाजिक गतिविधिलाई डिजिटल कारोबारसँग जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको थोप्लाले जनाएको छ ।

विपद्का बेला ‘म सुरक्षित छु’ भन्ने सन्देश
थोप्लाको अर्को विशेष पक्षका रूपमा ‘नेपाल क्राइसिस रेस्पोन्स सिस्टम’लाई अघि सारिएको छ । प्राकृतिक विपद् वा अन्य आपत्कालीन अवस्थामा मानिसको अवस्थाबारे परिवार तथा समुदायलाई तत्काल जानकारी दिन सकियोस् भन्ने उद्देश्यले यो प्रणाली विकास गरिएको थोप्लाले जनाएको छ ।

यसअन्तर्गत रहेको ‘म सुरक्षित छु’ (I am Safe) फिचरमार्फत प्रयोगकर्ताले आफू सुरक्षित रहेको जानकारी आफ्ना आफन्त तथा समुदायसम्म तत्काल पुर्‍याउन सक्नेछन् । नेपालजस्तो प्राकृतिक विपद्को जोखिम रहेको मुलुकमा यस्तो सुविधा आपत्कालीन अवस्थामा सूचना आदानप्रदानको वैकल्पिक माध्यम बन्न सक्ने थोप्लाको अपेक्षा छ ।

व्यवसायदेखि क्रिएटरसम्मलाई जोड्ने योजना
थोप्लाको योजना सामाजिक सञ्जालका सुविधामा मात्र सीमित छैन । आगामी दिनमा प्लेटफर्ममा व्यवसाय प्रवर्द्धन, स्थानीय कार्यक्रमको प्रचारप्रसार, सामुदायिक सेवा तथा क्रिएटरलाई सहयोग गर्ने सुविधा थप गर्दै लैजाने तयारी रहेको थोप्लाले जनाएको छ ।

यसले साना व्यवसाय, स्थानीय आयोजक, सामाग्री निर्माता तथा विभिन्न समुदायलाई एउटै डिजिटल प्लेटफर्ममा आफ्नो गतिविधि प्रस्तुत गर्ने अवसर दिने लक्ष्य राखेको छ ।

नेपाली पहिचानलाई डिजिटल संसारमा विस्तार गर्ने लक्ष्य
आज नेपाली समुदाय विश्वका विभिन्न देशमा फैलिएको छ । सामाजिक सञ्जालका कारण उनीहरूबीचको दूरी केही हदसम्म घटेको भएपनि नेपाली समुदायलाई केन्द्रमा राखेर सामाजिक सम्बन्ध, सिर्जना, संस्कृति र सहकार्यलाई एकै ठाउँमा समेट्ने प्लेटफर्मको आवश्यकता रहेको थोप्लाको बुझाइ छ ।

त्यसैले थोप्लालाई विश्वभरका नेपालीलाई एउटै डिजिटल समुदायमा जोड्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । आगामी दिनमा नयाँ डिजिटल सेवा थप गर्दै प्लेटफर्मलाई थप परिष्कृत गर्ने योजना रहेको थोप्लाले जनाएको छ ।

नेपाली संस्कृति, सिर्जना र सहकार्यलाई डिजिटल माध्यमबाट विश्वभर फैलाउने थोप्लाको प्रयास कति प्रभावकारी हुन्छ भन्ने कुरा भने यसको प्रयोगकर्ता सहभागिता र आगामी विस्तारले तय गर्नेछ ।

स्टार्टअप

आलोचना सहे, सपना छोडेनन्, अन्तत: लियांग बने विश्वकै धनी एआई उद्यमी

काठमाडौं । चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी डीपसीक (DeepSeek) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत…

युवा उद्यमशीलतालाई प्रोत्साहन : ६ स्टार्टअप व्यवसायी नगदसहित पुरस्कृत

काठमाडौं । नेपालमा सूचना प्रविधि र नवप्रवर्तनमा आधारित व्यवसाय विस्तार हुँदै गइरहेका बेला राष्ट्रिय युवा परिष…

स्टार्टअप कर्जाका लागि ९६६ परियोजना छनोट, बैंक शाखा पनि तोकियो

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ९६६ वटा परियोजनालाई कर्जा प्र…

स्टार्टअप कर्जा कार्यक्रम : ९६६ परियोजना सहुलियतपूर्ण ऋणका लागि छनोट (सूचीसहित)

काठमाडौं । सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत ९६६ वटा व्यवसायिक परियोजना सहुलियतपूर्ण…

कोशीबाट उठेको नयाँ स्टार्टअप सपना : ‘सफारी यात्री’ले बदल्न खोज्दैछ नेपालको सहरी यातायात

काठमाडौं । नेपालका शहरहरू तीव्र गतिमा विस्तार भइरहेका छन् । सहरी जनसंख्या बढ्दै जाँदा सडकमा सवारीसाधनको चाप…

क्लाउड साथीदेखि द भिजनरिज नेपालसम्म : बागमतीका पाँच स्टार्टअप पुगे फाइनलमा

काठमाडौं । बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट पाँच उत्कृष्ट स्टार्टअप टोली अ…

बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ का लागि कोशी प्रदेशबाट पाँच स्टार्टअप छनोट

काठमाडौं । बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत कोशी प्रदेशका पाँच उत्कृष्ट स्टार्टअप टोली अन्ति…

लोक सेवा, बैंकिङ तयारीका लागि नयाँ एडटेक ‘प्रगति’को वेबसाइट लन्च, मोबाइल एप छिट्टै आउने

काठमाडौं । नेपालका प्रतिस्पर्धी परीक्षा तयारीलाई डिजिटल, व्यवस्थित र अभ्यास–केन्द्रित बनाउन लक्ष्यसहित &lsq…

नेपाली युवाले बनाए ‘नम्बर ब्रेन’, खेल्दा खेल्दै गणित सिकाउने मोबाइल गेम

काठमाडौं । गणित धेरै विद्यार्थीका लागि चुनौतीपूर्ण विषय मानिन्छ । तर यदि गणितलाई रमाइलो खेलसँग जोड्न सकियो …

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउ…

नेपालमा आईटी पूर्वाधारमा लगानी बढ्दो, साढे २ अर्बको हाइपरस्केल डेटा सेन्टर घोषणा

काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) पूर्वाधार क्षेत्रमा लगानी भित्रिने क्रम बढ्न थालेको छ । पछिल्लो समय आई…

संघर्षदेखि सफलतासम्म: नेपाली एआई कम्पनी ‘टिङटिङ’को प्रेरणादायी यात्रा

काठमाडौं । “गन्तव्य ठूलो भए बाटो सानो भएपनि यात्रा रोकिँदैन” भन्ने उखानलाई पछ्याउँदै केही नेपाल…

स्टार्टअप उद्यम कर्जा २०८२ : प्रारम्भिक सूची सार्वजनिक, ७ दिनभित्र विवरण बुझाउन आग्रह

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले ‘स्टार्टअप उद्यम कर्जा २०८२’ अन्तर्गत प्राप्त प्…

अब दर्शकको प्रतिक्रियाबाट फिल्म निर्माण गरिने : ब्रिस्टल विश्वविद्यालयको ‘सिनेमा प्रयोगशाला’बाट नयाँ युगको सुरुवात

काठमाडौं । फिल्म हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित बेलायतको ब्रिस्टल विश्वविद्यालयले…