कीवर्डहरू -

स्टार्टअप

हल्ट प्राइज केयुको सेमिफाइनल सम्पन्न, डिजिटल भुक्तानीदेखि डिजिटल हेल्थसम्मका आईडिया प्रस्तुत

काठमाडौं विश्वविद्यालय (केयु) मा आयोजित यस वर्षको हल्ट प्राइजको सेमिफाइनल सम्पन्न भएको छ । कार्यक्रममा नवप्रवर्तन, उद्यमशीलता र उद्देश्यपूर्ण सोचले भरिएका २० टोलीले आफ्ना व्यवसायिक तथा सामाजिक प्रभाव केन्द्रित आइडियाहरू प्रस्तुत गरेका थिए ।

सहभागीले फोहोर व्यवस्थापनदेखि स्वास्थ्य, कृषि, शिक्षा, डिजिटल भुक्तानी, संस्कृति र जैविक विविधतासम्मका विविध क्षेत्रमा आधारित आइडियाहरूले प्रस्तुत गरेको बताइएको छ ।
नेपाल राइजिङले शीर्ष प्रायोजन गरेको केयु हल्ट प्राइजको इकोकन्सर्न र हाइलाइफको सहकार्य थियो । 

सेमिफाइनल चरणको मूल्यांकन कर्मयोग फाउन्डेसनका अध्यक्ष सौरभ रिमाल, नेपाल इन्टरप्रेन्योर हब तथा आईसीटी फाउन्डेसन नेपालका सह–संस्थापक हेम्पाल श्रेष्ठ र इन्जिनियरिङ तथा प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट देव राज गौतम सम्मिलित निर्णायक मण्डलले गरेका थिए। प्रविधि विकास, उद्यमशीलता, नवप्रवर्तन र सामाजिक नेतृत्वसम्बन्धी उनीहरूको अनुभवले मूल्यांकन प्रक्रियालाई थप विश्वसनीय बनाएको आयोजकको भनाइ छ।

सेमिफाइनलको सुरुवातमा साहारा टिमले ‘फ्लेक्स इट’ नामक उत्पादनमार्फत पुराना इभेन्ट ब्यानरलाई पुनः प्रयोग गरी वाटरप्रुफ र टिकाउ झोला बनाउने अवधारणा राखेको थियो भने अन्नपूर्ण एपि एराइजले मौरी परागसेचनमा केन्द्रित कृषि उत्पादकत्व वृद्धि र नैतिक मह उत्पादनको मोडेल प्रस्तुत गरेको थियो । 

null

फिडएक्सले कुखुरा पालन क्षेत्रका लागि सिन्बायोटिक फिड बुस्टर, ओउराले स्वचालित भुक्तानी प्रमाणीकरणसहितको भविष्यको पेमेन्ट गेटवे, र क्लिनइटले स्मार्ट सेन्सर र डेटा प्रयोग गरी पानीको प्रभावकारी प्रयोग सुनिश्चित गर्ने एग्रिटेक समाधान प्रस्तुत गरेको थियो । 

स्वास्थ्य क्षेत्रमा मेडिक्योरले डिजिटल हेल्थ असिस्टेन्ट, एडट्रेसले ब्लकचेनमा आधारित पारदर्शी सहायता वितरण प्रणाली, र सिन्याप्टिकले अटिजम भएका बालबालिकाका लागि एआर र एआई आधारित सिकाइ मोडेल प्रस्तुत गरेका थिए ।

संस्कृति र समाजमा केन्द्रित लोककथा, यातायात क्षेत्रका लागि डिजिटल प्लेटफर्म सवारी, महिलामैत्री फोहोर व्यवस्थापन मोडेल गिगो, पोषणयुक्त स्न्याक सत्तु बाइट्स, वित्तीय साक्षरतामा केन्द्रित फिनपाल, प्राकृतिक मच्छर भगाउने उत्पादन वनश्री, केराको डाँठबाट कागज उत्पादन गर्ने गुड पल्प डिल, एन्टिबायोटिक प्रतिरोध विरुद्ध एआई समाधान यक्ष, वाटर हायसिन्थबाट इको–फोम बनाउने इकोभेड, जेनेटिक डिसअर्डरका लागि एआई प्लेटफर्म पेरेंटकोड, विशेषज्ञ परामर्श सेवा मिल्याप र जैविक विविधता निगरानीका लागि गेमिफाइड प्लेटफर्म प्लान्टगोले आफ्ना आइडिया प्रस्तुत गरेका थिए।

सेमिफाइनल चरणले नेपालमा बढ्दै गएको नवप्रवर्तन, दिगोपन र समस्या समाधानको संस्कृतिलाई पनि उजागर गरेको आयोजकको निष्कर्ष छ । 
 

स्टार्टअप

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&nbs…

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…

स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजमा २० लाखसम्म कर्जा दिदै सरकार, २१ दिनभित्र आवेदन दिनुपर्ने

सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा बिना धितो २० लाख रूपैयाँसम्म कर्जा दिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठ…

मल्टिपल डेस्क: नेपालमै बनेको विश्वस्तरीय रिमोट डेस्कटप एप्लिकेसन

देश तथा विदेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूलाई सफ्टवेयर सेवा प्रदान गर्दै आएको आईटी कम्पनी जुनेली इंकले नेपालमै सुरक्षित र …

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चर…

यस्ता छन् आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न …

सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने

स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएक…

नेपाल बैंककी डिजिटल सारथी

१९ वर्षअघि बन्दना शर्मा नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइन्थ्यो । १९ वर्षको अन्तरालमा प्रविधि विकासक्रमले …

साधारण असाइनमेन्टबाट आविष्कार, भर्चुअल केमिस्ट्री ल्याबले विद्यालय विज्ञानलाई सजिलो बनाउने (भिडियो)

एक साधारण कलेज असाइनमेन्टले जन्मायो यस्तो प्रयोगशाला जसले परम्परागत स्कुल शिक्षालाई चुनौती दियो: सुरक्षित, सस्तो र रमाइलो–…

१५ वर्षदेखि अमेरिकाको एआई क्षेत्रमा काम गरिरहेकी डा. रोशा

सन् २०१० को सुरूवाततिर एआई, मेसिन लर्निङ, न्युरल नेटवर्क, इमेज प्रोसेसिङ, डेटा साइन्स भर्खर भर्खर लोकप्रिय हुन थालेको थियो । नया…

बाटो म्याप्सले शार्क ट्यांक नेपालबाट पायो २ करोड ४० लाख लगानी

नेपालको आफ्नै म्याप्स बाटो

६०० स्टार्टअपहरूलाई ८८ करोड ६६ लाख सहुलियतपूर्ण कर्जा प्रवाह

सरकारले ६०० परियोजनाहरूलाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०…

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी

स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले शार्क ट्यांक नेपालबाट ६ करोडको लगानी सुरक्षित गरेको छ । शार्क ट्यांक ने…

नेपाली मूलका दुई उद्यमीले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले पायो ४ अर्ब बढी लगानी

नेपाली मूलका उद्यमी नामी बराल र  नविन बास्कोटाले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले ३१ मिलियन अमेरिकी डलर अर्थात ४ …

नक्कलबाट उदाएको चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, कसरी बन्यो गेमिङमा लिडर ?

विश्वका ठूला प्रविधि कम्पनीको नाम लिनुपर्दा तपाई हाम्रो दिमागमा आउँछ, गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, सामसङ आदि । यही …