स्टार्टअप
घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’
काठमाडौंमा कोठा भाडामा लिएर लाखौं मानिस बस्दै आएका छन् । उनीहरूबाट घरधनीले भाडा, पानी, बिजुली लगायतको शुल्क उठाउनु पर्ने हुन्छ । यी सबै शुल्क कुनै ढड्डा वा कापिमा राख्ने चलन छ ।
यो हिसाब राख्ने मात्र नभई समयमै भाडा र विद्युतको महसुल नतिर्ने, तिरे पनि आंशिक तिर्ने, मिटर छेडछाड गर्ने, अनुचित बिल विभाजनको गुनासो नदिने वा दिएपनि कम दिने समस्या घरधनीले भोग्दै आएका हुन्छन् ।
यही समस्यालाई ध्यानमा राख्दै १ वर्ष अगाडि सुरू भएको स्टार्टअप मेटासेप्ट इन्कर्पोरेसनले बनाएको एप हो, ईज्यालो । ईज्यालोका सीईओ महेश महर्जनले बहालमा लगाएको हरेकको घरभाडा र बिजुलीको बिल मोबाइल एपबाटै हेर्न मिल्ने र महसुलको बिल एसएमएस र इमेल मार्फत बहालवालालाई पठाउन सकिने बताए ।
‘घरधनीले इज्यालो एपबाट बहालवालाको बिजुलीको बिल हेर्न मिल्छ,’ उनले आईसीटी समाचारसँग भने, ‘ ‘यदि लामो समय सम्म पनि पैसा नतिरेको वा बिल रकम धेरै भएको खण्डमा घरधनी र बहालवाला बिचको पुर्व सम्झौता अनुसार जरिवाना स्वरुप घरबेटीले आफैले मोबाइलको माध्यबाट एक क्लिकमा बत्ति अफ गर्न पनि सकिन्छ ।’
ईज्यालो एपले घरभाडा र बिजुली खपतको रेकर्ड राख्न, बिल बनाउन र भुक्तानी स्थिति ट्रयाक गर्न मद्दत गर्छ । प्रयोगकर्ताले सजिलैसँग आफ्नो वा आफ्नो भाडामा लिनेहरूको बिजुली खपत ट्रयाक गर्न र स्वचालित रूपमा बिलहरू गणना गर्न सक्ने छन् ।
ईज्यालोबाट बहालवालाको बिल कति उठ्यो, कहिलेसम्मको पैसा तिर्न बाँकी छ सबै हेर्न मिल्छ । यसबाट बिजुलीको प्रयोगलाई एपमा सजिलैसँग रेकर्ड राख्न र बिलहरु गणना गर्न सकिने उनको भनाइ छ । बिलको विवरण एसएमएसमार्फत सहि समयमा बहालवालाहरुलाई पनि पठाउन सकिन्छ । यसका लागि एपमा घरधनीले पहिलो एकपटक आफ्नो आवश्यकता अनुसार सेटिङमा मिलाउनु पर्ने हुन्छ ।
महर्जनका अनुसार एपले सबै भाडावालालाई कोठा–कोठामा गई बिलहरू वितरण गर्न हुने कठिनाइ तथा ढिलाइलाई मात्र सहज नबनाई बहालवालालाई उनीहरूको भाडासंग सम्बन्धित बिलहरूको बारेमा तुरुन्तै सूचना दिने र समयमा नै बिल तिर्ने बानीको विकास गराउने अपेक्षा राखेको छ ।
सुरूवाती दिनमा सर्वसाधारणलाई डिजिटलाइजेसनको आवश्यकता र फाईदाहरु बुझाउन समस्या परेता पनि पछिल्लो समयमा धेरैले यसको उपयोगिता बुझ्न थालेका छन् । अब एपमा पेमेन्ट गेटवे जोडेर यसबाटै बिजुलीको बिल भुक्तानी गर्ने सुविधा ल्याउने समेत कम्पनीको योजना छ ।
इज्यालो एप चलाउन पनि सजिलो छ । यो एप निःशुल्क तथा सःशुल्क दुबै भर्सनमा उपलब्ध छ । निःशुल्क भर्सनमा सिमित सुविधाहरु मात्र उपलब्ध छन् भने सःशुल्क भर्सनमा बिल एस एम एस मा जाने देखि पुर्ण स्वचालित सुविधाहरु रहेका छन् ।
सःशुल्क भर्सनको महिनाको शुल्क ३५० रूपैयाँदेखि सुरु हुन्छ । तर यदी तपाईले एकै पटक एक वर्षको शुल्क भुक्तानी गर्नुभयो भने २ महिना निःशुल्क सेवा पनि पाउनु हुनेछ । यो शुल्क अनलाइनबाटै तिर्न सकिन्छ ।
६ जनाको टिमले एक वर्ष अघि पूर्ण रुपमा सञ्चालनमा ल्याएको इज्यालोमा हालसम्म ५०० बढीले घरधनीले प्रयोग गरिरहनु भएको छ ।
महिना पुग्ने बित्तिकै बिल तिर्न थप शुल्क नलागोस भनेर घररधनीलाई महिना पुग्ने समयमा नोटिफिकेसन पठाउने तथा आवश्यकता अनुसार सुविधा ल्याउने योजना कम्पनीको रहेको छ ।
स्टार्टअप
सवारीसाधनको रियल टाइम ट्रयाकिङ गर्ने प्रविधि ‘जियोमेट’
आफ्नो गाडी कता छ ? कहाँ आईपुग्यो ? कतै दुर्घटनामा त परेको छैन् ? कति भाडा उठ्यो ? दैनिक जसो गाडी धनीको मनमा उठ्ने प्रश्न हुन्, य…
एनवाईईएफ स्टार्टअप अवार्ड्सका उत्कृष्ट २० स्टार्टअप सार्वजनिक, अब कस्तो हुन्छ प्रक्रिया ?
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको
काठमाडौँ विश्वविद्यालय (केयु) का विद्यार्थीहरुले फर्मुला थ्री रेस विद्युतीय कारको निर्माण गरेका छन् । काठमाडौँ विश्वविद्यालयको टिम…
केयुका विद्यार्थीले बनाए विद्युतीय कार, फर्मुला भारत च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्दै
पुस ७ गते सिएनआइवाइइएफ स्टार्टअप फेस्ट हुँदै, लगानीको समेत अवसर
नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुस ७ गते स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ ।
…
विद्यार्थीले बनाए नेपालको आफ्नै प्राइभेट ब्लकचेन नेटवर्क
सगरमाथा कलेजमा पढ्ने ४ जना विद्यार्थीको समूहले तयार पारेको परियोजना हो, ब्लकचेन नेटवर्क फर ई–गभर्नेन्स । ललितपुरको सानेप…
मोफसलबाट उदाउँदै गरेको डेलिभरी तथा राइड शेयरिङ स्टार्टअप ‘जाऔं’, सुपर एप बन्ने लक्ष्य
कुनै समय थियो, स्टार्टअपहरू राजधानीमा मात्रै केन्द्रित हुन्थे । तर समय, परिवेश र प्रविधिको विकासले पछिल्लो समय मोफसलमा समेत स्टा…
विद्यार्थीले बनाए रियल टाइममा सवारीसाधनको गती थाहा पाउने प्रविधि
नेपालमा सवारी दुर्घटनामा परेर वर्षेनी हजरौले ज्यान गुमाइरहेका छन् । त्यसको एउटा प्रमुख कारण हो, तीव्र गतीमा सवारीसाधन चलाउनु ।…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन, कसरी गर्ने भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…
सस्तो शुल्कमा वेबसाइट होस्टिङ सुविधा दिने ‘इपिसेन्टर होस्टिङ’
पछिल्लो समय नेपालमा पनि स्टार्टअप कल्चर बढ्दै गएको छ । कुनै पनि स्टार्टअप वा व्यवसायका लागि वेबसाइट महत्त्वपूर्ण हुन्छ । वेबसाइटका …
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सघाउने प्रणाली ‘ओम्निकल’
नेपालको सार्वजनिक यातायात सेवा व्यवस्थित छैन् । देशको राजधानी काठमाडौंको हालत पनि उस्तै छ । कतै जान पर्यो जाम त खानै पर्छ…
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १४ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …
यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप, कसरी गर्ने अनलाइन भोटिङ ?
आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १२ स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…
लोकेसन म्यापिङसँगै प्रडक्ट खरिद, बिक्री गर्न सकिने एप ‘कहाँ’
पछिल्लो समय प्रविधिले हरेक काममा सहज बनाइरहेको छ । कतै नयाँ ठाउँ जानुपर्यो भने अहिले हामी मोबाइलमा प्रायले गूगल म्याप ख…
गाईको हरेक गतिविधि परिक्षण गर्ने क्याटल मोनिटरिङ सिस्टम
हामीले दूध दिनहुँ उपभोग गर्छौ । चियाँ खान होस् वा दूध पिउन नै किन नहोस् दूधको प्रयोग हरेक घरमा हुन्छ । तर, हामी बजारमा जस्तो …
नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक
हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि …