स्टार्टअप
विद्यार्थीलाई ब्याचलर्ससम्मका कोर्ष युट्युबमा निःशुल्क पढाउने ‘नेपाल अनलाइन स्कुल’
अहिलेको डिजिटल युगमा हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग अनिवार्य जस्तै भइसकेको छ । गाउँ गाउँसम्म इन्टरनेटको पहुँच पुग्न थालेको छ । सबैको हात हातमा स्मार्टफोन देखिन थालेको छ । यस्तो अवस्थामा पढ्ने विषयवस्तु पनि अनलाइनमै उपलब्ध हुन थालेका छन् ।
पहिले पहिले बच्चाहरू पढ्नका लागि विद्यालयसम्म पुग्नु पर्ने बाध्यता थियो । तर अहिले त्यो अवस्था विस्तारै अन्त्य हुँदैछ । विद्यालय नगएपनि घरमै बसेर विभिन्न कक्षाका पाठ्यक्रमहरू पढ्न सकिन्छ । यसका लागि विभिन्न अनलाइन लर्निङ प्लेटफर्म बजारमा उपलब्ध छन् ।
बजारमा उपलब्ध अन्य लर्निङ प्लेटफर्मभन्दा नेपाल अनलाइन स्कुल अलि विशेष छ । विशेष यस अर्थमा की, नेपाल अनलाइन स्कुलमा सबै निःशुल्क पढाइ हुन्छ ।
स्नातक (ब्याचलर्स) सम्मका कोर्ष नेपाल अनलाइन स्कुलको युट्युब च्यानल मा निःशुल्क उपलब्ध छन् । नेपालमा अनलाइन स्कुल युट्युबमा मात्रै उपलब्ध रहेको छ, जहाँ हजारौं विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।
‘सबैका लागि निःशुल्क शिक्षाको अभियान’ नारासहित नेपाल अनलाइन स्कुल सुरू गरेको संस्थापक नविन भट्टराईले बताए ।
‘अहिले शिक्षामा विभेद छ । देशभरका विद्यार्थीहरूले एकै किसिमको शिक्षा पाएका छैनन्,’ नेपाल अनलाइन स्कुलका संस्थापक भट्टराईले भने, ‘सबै वर्गका विद्यार्थीहरूलाई समान रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल अनलाइन स्कुल सुरू गरेका हौं ।’
नेपाल अनलाइन स्कुल, विद्यार्थीहरूका लागि विद्यार्थीहरू मिलेर बनाइएको एक गैर नाफामूलक डिजिटल लर्निङ प्लेटफर्म हो । नेपाल अनलाइन स्कुलको युट्युब च्यानलमा २९ हजार बढी लेक्चरहरू भिडियोको रूपमा राखिएको छ ।
लगभग ब्याचलर्ससम्मका कोर्ष, पुराना प्रश्नपत्रहरूको समाधान र मोडल प्रश्नहरूको समाधानसहित युट्युबमा राखिएको उनी बताउँछन् । यस बाहेक नेपाल अनलाइन स्कुलले विद्यार्थीहरूलाई सम्बन्धित विषयवस्तुका नोट्स समेत उपलब्ध गराउँदै आएको छ ।
नेपाल अनलाइन स्कुल ८ वर्ष अगाडि स्थापना भएको हो । सुरू सुरूमा प्रविधिको पहुँच खासै थिएन् । त्यो बेला अफलाइनमा विद्यार्थीहरूलाई निःशुल्क पढाउँदै आएको थियो ।
विस्तारै इन्टरनेट र सूचना प्रविधिको पहुँच बढ्दै गएपछि सन् २०१७ बाट युट्युबमा पढाउन सुरू गरेको थियो । युट्युब च्यानलमा युकेजीदेखि ब्यालर्ससम्मका कोर्ष मात्रै छैनन् ।
त्यसबाहेक अतिरिक्त विषयका ह्याण्डराइटिङ, ड्रइङ, चाइनिङ, कोरियण, जापानीज, अंग्रेजी, संस्कृत, नेपाली भाषा लगायतका भिडियोहरू पनि छन् ।
अहिले स्नातकोत्तर (मास्टर्स) तहका कोर्ष, आयुर्वेद, संगीत, कला, अध्यात्म, विशेष क्षमता भएका व्यक्तिहरूका लागि कक्षा बनाइरहेका उनले जानकारी दिए ।
उक्त कोर्षहरू जेठ १ गतेदेखि नेपाल अनलाइन स्कुलको युट्युब च्यानलमा आउन सुरू गर्नेछन् । सरकारले स्वीकृत गरेको पाठ्यक्रममा आधारित रहेर नै सबै भिडियोहरू बनाइएको छ ।
प्रत्येक दिन लाखौं विद्यार्थीले नेपाल अनलाइन स्कुलबाट पढिरहेका छन् । नेपाल अनलाइन स्कुलबाट प्रत्येक दिन २ लाख बढीले पढिरहेको तथ्यांक गूगल एनालाइटिक्समा देखिएको भट्टराई बताउँछन् ।
युट्युबमा नेपालबाट मात्रै होइन् विदेशमा बस्नेले पनि अध्ययन गरिरहेका छन् । पढ्ने विद्यार्थीको संख्यामा पुरूषको तुलनमा महिला कम छन् र पढ्नेमा अधिकांश १४ देखि २५ वर्ष उमेर समूहका छन् ।
नेपाल अनलाइन स्कुल कसैको प्रतिस्पर्धी नभएर विद्यार्थीको सहयोगी भएको उनको भनाइ छ । ‘हामी कसैलाई प्रतिस्थापन गर्न आएका होइनौं । कसैसँग प्रतिस्पर्धा गर्न आएका होइनौं,’ उनले आइसिटी समाचारसँह भने, ‘हामी त शिक्षक र विद्यार्थीलाई सपोर्ट गर्न आएका हौं ।’
नेपाल अनलाइन स्कुलले पाठ्यक्रममा आधारित विषय मात्रै पढाउँदैन् । सँगसँगै भाषा, लोकसेवा तयारी कक्षा, प्रवेश परीक्षा तयारी कक्षा लगायतका विषय समेत पढाइरहेको छ ।
‘हामी किताबी ज्ञान मात्र होइन् २१ औं शताब्दीमा विद्यार्थीलाई आवश्यक पर्ने शिक्षा पनि दिन खोजिरहेका छौं,’ उनी अगाडि भन्छन् ।’
नेपाल अनलाइन स्कुलमा हाल देश तथा विदेशबाट ५०० बढी स्वंयसेवकले निस्वार्थ भावानाका साथ पढाइरहेका छन् । यदी पढाउने कुनै शिक्षकलाई आर्थिक संकट भए सहयोग समेत गर्दै आएको छ ।
कुनै विद्यार्थीलाई व्यक्तिगत रूपमा पढ्नुपर्ने छ भने शिक्षक र विद्यार्थीलाई जोड्ने काम पनि नेपाल अनलाइन स्कुलले गर्दै आएको छ । यसमा स्वंमसेवक हुनुपनि मापदण्ड तोकिएको छ, स्वंमसेवक छनौट गर्ने एउटा छुटै टिम छ ।
माइक्रोसफ्ट टिम्स, गूगल मिट, जुम, गोटु मिटिङ, वाकम जस्ता प्रविधिलाई प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन् । प्रविधिलाई व्यवस्थापन गर्न मात्रै ६ जनाको टिम छ ।
नेपाल अनलाइन स्कुलले देशभरका विद्यालयसँग मिलेर काम पनि गरिरहेको छ । विद्यालयको वेबसाइटमा भिडियो एकीकृत गर्नेदेखि दुर्गम क्षेत्रका विद्यालयलाई पेनड्राइभ र हार्डडिस्कमा कोर्षहरू उपलब्ध गराउँदै आएको छ ।
स्टार्टअप
स्टार्टअपलाई ३ वर्ष आयकरमा शतप्रतिशत छुट, असफल हुने अवस्था आए सरकारले लगानी सुरक्षित गर्ने
सरकारले स्टार्टअपलाई ३ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने गरी कानुन बनाउन लागेको छ…
स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने
स्टार्टअप सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सरकारले छुट्टै ‘स्टार्टअप पोर्टल’ सञ्चालन गर्ने भ…
स्टार्टअपको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद् गठन हुने
सरकारले स्टार्टअप उद्यम व्यवसायको प्रवर्द्धन र विकास गर्न नेपाल स्टार्टअप परिषद बनाउने …
के हो स्टार्टअप व्यवसाय ? यस्तो छ सरकारको परिभाषा
सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टा…
नेपाली आर्टहरू किनबेच गर्न मिल्ने अनलाइन प्लेटफर्म ‘अन्नपूर्ण ग्यालरिज’
अब अनलाइनबाटै नेपाली आर्टहरू किनबेच गर्न सकिने भएको छ । यसका लागि एआईटीसी इन्टरन…
विदेशी कम्पनीलाई एसईओ सेवा दिने ‘ओर्का सोसल्स’, अब नेपालीलाई एसईओ सिकाउने
तपाई हामी प्राय सबैलाई लाग्छ, आफ्नो विवरण पनि गूगलको पहिलो पेजमै भेटियोस् । रौतहट…
कार र बाईकको सबै जानकारी दिने वानकार्ज डटकम, अनलाइन बुकिङदेखि बीमा खरिदसम्मको सुविधा
अहिले नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी लिन शोरूमसम्मै प…
यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट …
१०० बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागितामा सुरू भयो स्टार्टअप एण्ड आईडिया फेस्ट
लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको…
सातै प्रदेशका स्टार्टअपहरुको लागि किङ्स कलेजमा बुटक्याम्प सुरू
सातै प्रदेशका ४० बढी स्टार्टअप तथा आईडियाका लागि राजधानीको किङ्स कलेजमा ३ दिने बु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् । …
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् । आइसिटी अवार्ड…
काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै
काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हु…
यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विध…
डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट
डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्त…