कीवर्डहरू -

स्टार्टअप

एनसिआइटीमा ४ वर्षे अपडेटेड ‘बिसिए’ प्रोग्राममा भर्ना सुरु

नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिइरहेको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले हालै ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चालनमा ल्याएको छ ।

पाेखरा विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा आएको यो ८ सेमेस्टरको आइटी कार्यक्रम बिसिए एउटा अन्डरग्रयाजुएट कोर्श हो, जुन बिजनेस र म्यानेजमेन्टमा आइटीे समायोजन गरिएको उत्कृष्ट कोर्श हो ।

\"\"

आजको बहुआयमिक प्रविधिकोक्षेत्रमा दिनदिनै आइटी र कम्युनिकेशन सिस्टमका विज्ञ जनशक्तिहरुको माग बढिरहेको छ । कम्प्युटर साइन्सका सिद्धान्त प्रयोग गरी बिजनेश र टेक्नोलोजीसम्बन्धी समस्याको समाधान गर्ने यस्ता जनशक्तिको नेपालमै पनि उच्च माग बढेको छ ।

यही कुरालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले हालै ल्याएको ४ वर्षे बिसिए कार्यक्रमले विद्यार्थीलाई उच्चस्तरको आइटी प्रोफेसनल बनाई विभिन्न आइटी संगठन र उद्योगमा बिकाउ बनाउने सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

बिसिएको मूल उद्देश्य सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिष्टम तथा एप्लिकेशनहरूमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्नु हो ।

\"\"

करियर सम्भावना
बिसिए अध्ययन गर्ने विद्यार्थीका लागि उत्कृष्ट रोजगारीका सम्भावना छन् । आइटी क्षेत्रमा दिनदिनै नयाँ–नयाँ रोजगारी सिर्जना भइरहेका छन् । पछिल्लो ट्रेन्डलाई हेर्ने हो भने नेपाल र नेपालबाहिर सबैभन्दा धेरै वृद्धि हँुदै आएको रोजगारी वा क्षेत्र नै आइटी बनेको छ ।

यो कोर्शले विद्यार्थीलाई स्वतन्त्रपूर्वक कम्प्युटर र आइटीसम्बन्धी कामहरु सञ्चालन गर्न सहयोग गर्दछ । उनीहरुले आफ्नै भेन्चर सुरु गर्नका लागि पनि राम्रा सम्भावना र अवसरहरु छन् ।

वेब र इन्टरनेट प्रोगामिङ : वेब प्रोग्रामरले हाई–इन्ड प्रोग्रामिगं टेक्नोलोजीको प्रयोग गरी इन्टरएक्टिभ वेबबेस्ड एप्लिकेशन निर्माण गर्न सघाउ पु¥याउँछ ।
सफ्टवेयर एप्लिकेशन : शिक्षा, मेडिकल, यातायातजस्ता क्षेत्रहरुको समस्याहरुको समाधान गर्न पनि कम्प्युटिङ टेक्नोलोजीको प्रयोग हुँदै आएको छ ।
हार्डवेयर एन्ड नेटवर्किङ : सूचना प्रविधिमा आधारित व्यापार र संगठनमा कम्प्युटर नेटवर्क आर्किटेक्ट, सिस्टम इन्जिनियर, नेटवर्क स्पेसालिस्टको आवश्यकता पुरा गराउँदछ ।

\"\"
इन्फर्मेशन म्यानेजमेन्ट : यो कोर्शले व्यापार वा संगठनको इन्फर्मेशन सिस्टम निर्माण एवं व्यवस्थापन गर्न सहयोग गर्दछ ।
सिस्टम इन्जिनियिरिङ : सूचना प्रविधिमा आधारित संगठनहरुमा हार्डवेयर र सफ्टवेयर आवश्यकताहरुको अनुमान गर्न, योजना बनाउन, कार्यान्वयन र व्यवस्थापन गरी राम्ररी सञ्चालन गर्न सिस्टम इन्जिनियरहरुको माग बढिरहेको छ ।
सफ्टवेयर डेभलपमेन्ट : सफेटवेयरसम्बन्धी कम्पनीहरु, एनजिओ, आइएनजिओ, निजी र सरकारी संगठनमा सफ्टवेयर इन्जिनियरको माग बढिरहेको छ ।
मोबाइल एप्लिकेशन डेभलपमेन्ट : सुविधायुक्त, परिस्कृत र उत्कृष्ट मोबाइलमा आधारित एप्लिकेशन गर्न यो कोर्शले सहयोग पु¥याउँछ ।

\"\"

बिसिए नै किन ?

  • बिसिए र म्यानेजमेन्टसँग आइटीको मिश्रण
  • इन्टर्नसिप र प्रोजेक्टको अनिवार्य प्रणाली
  • ठूलो संख्यामा इलेक्टिभ (वैकल्पिक) कोर्शहरु
  • सेमेस्टर सिस्टम कोर्श
  • अन्तर्राष्ट्रिय मूल्याकंन प्रणाली
  • आन्टरपे्रनरसिप र बिजनेश डेभलपमेन्टका लागि उत्कृष्ट कोर्श

बिसिएको पाठ्यक्रम अत्याधुनिक छ

\"\" निरञ्जन खकुरेल
प्रिन्सिपल, एनसिआइटी

यो कोर्श कम्प्युटर ल्याङ्ग्वेजको अध्ययन गरेर सफ्टवेयरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको हो ।

कोर्शले विद्यार्थीलाई कम्प्युटर सिस्टम, इन्फर्मेशन सिस्टम र कम्प्युटिङ एप्लिकेशनमा आबद्ध गराउँछ । कम्प्युटर एप्लिकेशन र म्यानेजमेन्टसम्बन्धी महत्वपूर्ण क्षेत्रको अवधारणा र ज्ञान प्रदान गर्ने यो कोर्शले भिज्युअल प्रोगामिङद्धारा प्रभावकारी हुमन कम्प्युटर इन्टरएक्सन डिजाइन गर्न मल्टिमिडिया, मोबाइल नेटवर्क र वेबबेस्ड सिस्टममा आधारित भई एप्लिकेशन डेभलप गराउन महत्वपूर्ण सहयोग गराउँछ ।

स्टार्टअप

अंग्रेजी सिकाउने सफ्टवेयर !

अग्रेजीमा कमजोर भएकाहरुलाई लाग्न सक्छ, यदि मेरो अग्रेंजी राम्रो हुदो होत, अग्रेजीमै बोल्ने थिए, ईन्टरनेटमा भेटिएका साथीहरुसगँ अग्रेंजीमै च्याट गर्नेथिए, अग्…

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ ।

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…

१० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड

यो प्रविधिको पछिल्लो आविष्कार हो, जसले समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षा, स्वास्थ्य, सूचना, कृषि, यातायात, मौसम, वास्तुकला, रोबो…

स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?

श्रृषभ न्यौपाने

मोबाइलको बजार हरिणको चालमा बढिरहेका बेला मोबाइल खरिदकर्ताहरु पनि बढ्दै छन । र, बढ्दो खरिदकर्ताको आकर्षण…

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने…

यस्ता छन् सन् २०१६ का १० फ्लप प्रविधिहरु

यस वर्ष कतिपय प्रविधिहरुले नयाँ उचाई लिए भने केही प्रसिद्धी हासिल गरिसकेका केही कम्पनीहरुका प्रविधि नमज्जासँग फ्लप हुन पुगे । यस्तो फ्लप प्रविधिको सूचिमध्ये…