कीवर्डहरू -

जेडटिइले लन्च गर्यो डुअल रियर क्यामेरा सहितको स्मार्टफोन ब्लेड भी ९ र भी ९ भिटा

जेडटिइले लन्च गर्यो डुअल रियर क्यामेरा सहितको स्मार्टफोन ब्लेड भी ९ र भी ९ भिटा

यहि फेब्रुवरी २५ बाट स्पेनको बार्सिलोनामा शुरु भएको बिश्वको सबै भन्दा ठुलो मोबाइल मेलामा बिभिन्न स्मार्टफोन निर्माता कम्पनिहरुले आफ्ना उच्च स्तरीय डिभाइसहरु सार्वजनिक गरिरहका छन् । यसै क्रममा सबैभन्दा ठुलो चाइनिज स्मार्टफोन कम्पनि जेडटिइले पनि उक्त मेलामा आफ्ना दुइवटा मिड रेन्ज स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनिले जेडटिइको ब्लेड भी ९ र ब्लेड भी ९ भीटा सार्वजनिक गरेको हो ।

उक्त दुइ स्मार्टफोनहरुले १८:९ एस्पेक्ट रेसियोको ट्रेण्डलाई पछ्याएको देखिएको छ । साथमा यसमा अन्य थुप्रै आकर्षक फिचरहरु पनि प्याक भएको छ । जेडटिइ ब्लेड भी ९ को कुरा गर्दा,यो डिभाइसको अगाडी पछाडी दुवै साइडमा ग्लासको प्रयोग गरिएको छ । यसको स्पेक्समा ५.७ इन्चको ठुलो एलसीडी डिस्प्ले फुलएचडी रेजोलुसन सहितको रहेको छ । यसका साथै तलदेखि माथि सम्मै बेजेललाई कम गरिएको छ । जेडटिइको मिडरेन्ज स्मार्टफोनमा १६ एमपी + ५ एमपी को डुअल रियर फेसीङ क्यामेरा छ । यसमा फेज डिटेक्सन तथा अटोफोकस २.० फिचर रहेको छ । फोनको अगाडी ८ मेगपिक्सेलको सेल्फि क्यामेरा राखिएको छ ।

\"\"

ब्लेड भी ९ मा ओक्टाकोर क्वालकम स्न्यापड्रागन ४५० प्रोसेसर रहेको छ । यसमा ३/४ जीबी र्याम तथा जेडटिइले यसमा ३२ जीबी र ६४ जीबी गरेर दुइवटा संस्करणमा यो स्मार्टफोन सार्वजनिक गरेको छ । गुगलले नयाँ ल्याएको ओरियो अपडेटमा यो फोन चल्छ । ३१०० एमएएच ब्याट्री भएको यो डिभाइसको मूल्य २६९ पाउण्डबाट शुरु छ ।

जेडटिइ ब्लेड भी ९ भिटाको कुरा गर्दा ब्लेड भी ९ मा भन्दा यसमा सानो डिस्प्ले रहेको छ । यसमा ५.४५ इन्च स्क्रिन साइज छ,जसमा १८:९ एस्पेक्ट रेसियो सहित एचडी रेजोलुसन रहेको छ । यो ब्लेडको हलुका भेरियन्ट हो । जेडटिइ ब्लेड भी ९ भिटामा ओक्टाकोर स्नापड्रागन ४३५ प्रोसेसर प्याक भएको छ । यसमा पनि ब्लेड भी ९ मा जस्तै ३ र २  जीबी र्याम भेरिएन्ट रहेको छ । ३ जीबी र्याममा ३२ जीबी को इन्टरनल मेमोरी रहेको छ,भने २ जीबी भेरिएन्टमा भने १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।

ब्लेड भी ९ भिटामा पनि ओरियो ८.१ अपरेटिङ सिस्टम राखिएको छ । यसमा क्यामेराको कुरा गर्दा यसमा पनि डुअल रियर क्यामेरा प्रयोग गरिएको छ । डुअल टन एलइडी फ्ल्याश सहितको  १३+२ मेगापिक्सेल को रियर क्यामेरा यसमा छ र ५ मेगापिक्सेलको फ्रन्ट फेसीङ क्यामेरा यसमा रहेको छ । साथै भी ९ भिटामा रियर माउन्टेड फिंगरप्रिन्ट स्क्यानर का साथमा ३२०० इमएएचको पावर ब्याट्रीको प्रयोग गरिएको छ ।