कीवर्डहरू -

स्टार्टअप उद्यम कर्जा २०८२ : प्रारम्भिक सूची सार्वजनिक, ७ दिनभित्र विवरण बुझाउन आग्रह

स्टार्टअप उद्यम कर्जा २०८२ : प्रारम्भिक सूची सार्वजनिक, ७ दिनभित्र विवरण बुझाउन आग्रह

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले ‘स्टार्टअप उद्यम कर्जा २०८२’ अन्तर्गत प्राप्त प्रस्तावहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानले सूचना प्रकाशित गदै प्रारम्भिक चरणमा छनौट भएका स्टार्टअपहरुको सूची सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाह सम्बन्धी कार्यक्रम अन्तर्गत “स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन सहित)” अनुसार परियोजना प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावहरूमध्ये दफा ४ बमोजिम योग्य प्रस्तावकहरूको प्रारम्भिक सूची प्रतिष्ठानको वेबसाइटमा प्रकाशन गरिएको जनाइएको छ ।

प्रारम्भिक सूचीमा परेका प्रस्तावहरूको थप मूल्याङ्कनका लागि आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित प्रस्तावकहरूलाई आग्रह गरिएको छ । तोकिएको ढाँचामा विवरण भरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८२ वैशाख २३ गते बेलुका ५:०० बजेसम्म) अनिवार्य रूपमा पठाउनुपर्नेछ ।

उक्त विवरण WhatsApp नम्बरमार्फत पठाउन सकिने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । निर्धारित समयभित्र आवश्यक जानकारी नपठाएमा मूल्याङ्कन प्रक्रियामा असर पर्न सक्ने चेतावनी समेत दिइएको छ ।

प्रतिष्ठानका अनुसार यस कार्यक्रममार्फत नवप्रवर्तनशील स्टार्टअप व्यवसायलाई कर्जा सुविधा उपलब्ध गराई उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । साथै, प्रक्रिया पारदर्शी बनाउन र योग्य प्रस्तावहरूको छनोट सुनिश्चित गर्न प्रारम्भिक सूची सार्वजनिक गरिएको जनाएको छ ।