गण्डकी
गण्डकीमा रेडियो र टेलिभिजनको दर्ता नवीकरण अब अनलाइनबाटै
पोखरा । गण्डकी प्रदेशमा सञ्चालित रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रक्रिया अब अनलाइनबाटै गर्न सकिने भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले छुट्टै सफ्टवेयरमार्फत प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको हो ।
अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशमै नवीकरण प्रमाणपत्रसमेत प्रदान गरिएको छ । यससँगै प्रसारण संस्थाको इजाजतपत्र नवीकरणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रेस रजिष्ट्रार विमला भण्डारीले बताइन् ।
उनका अनुसार अब प्रसारण संस्थाले नवीकरणका लागि आवश्यक प्रक्रिया अनलाइनबाट पूरा गर्न सक्नेछन् । नवीकरण प्रमाणपत्र पनि अनलाइनबाटै प्राप्त गर्न सकिनेछ भने आवश्यक परे कार्यालयबाट समेत लिन सकिने व्यवस्था गरिएको छ ।
नयाँ प्रणालीले दर्ता तथा नवीकरण प्रक्रियामा लाग्ने समय र खर्च घटाउनुका साथै प्रशासनिक झन्झट समेत कम गर्ने कार्यालयको अपेक्षा छ । प्रेस रजिष्ट्रार भण्डारीले प्रसारण संस्थाको इजाजतपत्र नवीकरण तथा राजस्व बुझाउने कामका लागि प्रदेशमै रहेको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेकी छन् ।
यसैबीच, अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सेवा पनि प्रदेशबाटै सञ्चालन गर्न आवश्यक नीतिगत व्यवस्था मिलाउन प्रदेश समस्या समाधान समितिको बैठकमार्फत संघीय सरकारलाई अनुरोध गरिएको उनले जानकारी दिइन् ।
गण्डकी
सीपयुक्त युवा, उत्पादनमुखी अर्थतन्त्र र डिजिटल प्रदेश : गण्डकी बजेटको नयाँ लक्ष्य
पोखरा । हिमालका उकाली–ओरालीमा परम्परागत घुम्ती गोठ प्रणालीमा पालिँदै आएका चौपायदेखि शहरका डिजिटल से…
‘डिजिटल गण्डकी सम्वाद २०२६’ सम्पन्न, डिजिटल नेपालको नयाँ मार्गचित्र सार्वजनिक
पोखरा । नेपालको सूचना प्रविधि आइटी क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्…
छात्रवृत्तिमा कक्षा ११ अध्ययनका लागि पोखरा महानगरद्वारा आवेदन आह्वान
पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमार्फत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेक…
दुर्गम क्षेत्रका बासिन्दालाई राहत : अब नक्साका लागि सदरमुकाम जानु नपर्ने
तनहुँ । तनहुँ जिल्लामा डिजिटल प्रविधिको प्रयोगसँगै जग्गा सम्बन्धी सेवा प्रवाह सहज र आधुनिक बन्दै गएको छ । यसअघ…
स्थानीय तहमा डिजिटल फड्को : गाउँ-नगरमा भुक्तानी प्रणाली आधुनिक बन्दै
काठमाडौं । नेपालमा डिजिटल प्रणलीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आधारित यार्सा टेकले स्थानीय तहमा…
शुक्लागण्डकीको डिजिटल सेवा शंकाको घेरामा: सरकारी सिस्टम कि कपी गरिएको सफ्टवेयर ?
काठमाडौं । शुक्लागण्डकी नगरपालिकाले सुझाव तथा गुनासो संकलनका लागि हालै सार्वजनिक गरेको अनलाइन एप्लिकेसनलाई…
पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने
गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…
अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ
सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो च…
गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड
गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…
गण्डकी प्रदेशमा पहिलो पटक नेपाल पुलिस मोबाइल एपको सुरूवात
नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य…
गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना
नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…