गण्डकी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू गरिँदै
गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
हाल यस विमानस्थलमा ‘भिओआर/डिएमई’ तथा ‘आइएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागू भएपछि कम दृश्ययता (भिजीबिलिटी) हुँदा पनि हवाई उडान हुने बताए ।
अहिले पोखरामा तीन हजार १०० मिटर दृश्यतामा विमान उडान तथा अवतरण भइरहेकामा उक्त प्रणाली लागू भएपछि दुई हजार मिटर दृश्यतामा उडान हुने उनको भनाइ छ । “यो प्रणाको मुख्य फाइदा भनेको नै कम भिजीबिलिटीमा उडान अवतरण हुनु हो, यसबाट उडान रद्द हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ”, उनले भने ।
आगामी चार महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउने गरी प्राधिकरणले प्रक्रिया अगाडि बढाएको महाप्रबन्धक निरौलाले बताए । उक्त प्रणाली सञ्चालनका लागि जहाजमा पनि सोहीअनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उनको भनाइ छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप सहज हुने जनाइएको छ । आवश्यक प्राविधिक तथा नियमाकीय प्रक्रिया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ ।
यसबाट हवाई उडान सञ्चालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ । कम दृश्यताका कारण हवाई उडान सञ्चालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ ।
गण्डकी
म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु, बेनी-जोमसोम सडक अवरुद्ध
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चाल…
सीपयुक्त युवा, उत्पादनमुखी अर्थतन्त्र र डिजिटल प्रदेश : गण्डकी बजेटको नयाँ लक्ष्य
पोखरा । हिमालका उकाली–ओरालीमा परम्परागत घुम्ती गोठ प्रणालीमा पालिँदै आएका चौपायदेखि शहरका डिजिटल से…
‘डिजिटल गण्डकी सम्वाद २०२६’ सम्पन्न, डिजिटल नेपालको नयाँ मार्गचित्र सार्वजनिक
पोखरा । नेपालको सूचना प्रविधि आइटी क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्…
छात्रवृत्तिमा कक्षा ११ अध्ययनका लागि पोखरा महानगरद्वारा आवेदन आह्वान
पोखरा । पोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमार्फत अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन आह्वान गरेक…
दुर्गम क्षेत्रका बासिन्दालाई राहत : अब नक्साका लागि सदरमुकाम जानु नपर्ने
तनहुँ । तनहुँ जिल्लामा डिजिटल प्रविधिको प्रयोगसँगै जग्गा सम्बन्धी सेवा प्रवाह सहज र आधुनिक बन्दै गएको छ । यसअघ…
स्थानीय तहमा डिजिटल फड्को : गाउँ-नगरमा भुक्तानी प्रणाली आधुनिक बन्दै
काठमाडौं । नेपालमा डिजिटल प्रणलीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आधारित यार्सा टेकले स्थानीय तहमा…
शुक्लागण्डकीको डिजिटल सेवा शंकाको घेरामा: सरकारी सिस्टम कि कपी गरिएको सफ्टवेयर ?
काठमाडौं । शुक्लागण्डकी नगरपालिकाले सुझाव तथा गुनासो संकलनका लागि हालै सार्वजनिक गरेको अनलाइन एप्लिकेसनलाई…
पूर्ण अटोमेशनमा पृथ्वी यातायात, यात्रुले अब अनलाइनबाट टिकट काट्न सक्ने
गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछि…
अब अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने, गण्डकी प्रदेशबाट सुभारम्भ
सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । पहिलो च…
गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड
गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…
गण्डकी प्रदेशमा पहिलो पटक नेपाल पुलिस मोबाइल एपको सुरूवात
नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य…
गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना
नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…