टेलिकम
अब नेपाल टेलिकमको एनटीटीभी टेलिभिजन सेवा भर्चुअल सेट-टप बक्समार्फत् हेर्न लिन सकिने
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरुले सेट टप बक्स बिना नै सेवा प्रयोग गर्न सक्ने भएका छन् ।
कम्पनीले आजदेखि हाललाई एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो । ग्राहकहरुले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्ने छन् ।
कम्पनीका अनुसार ग्राहकहरुले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्ने छन् । साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरुमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ । नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिएमा १००० छुट उपलब्ध हुने व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमको एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्स सहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजहरुमा मोबाइल डाटा सुविधा समेत उपलब्ध छ ।
टेलिकम
यूटीएलको लाइसेन्स रद्द, ८ अर्ब बक्यौता कसरी उठाउला सरकार ?
काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को दूरसञ्चार सेवाको लाइसेन्स स्वत: रद्द भएपछि कम्पनीबाट सरकारला…
युटीएलको लाइसेन्स खारेज, सम्पूर्ण पूर्वाधार सरकारलाई बुझाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नवीकरण हुन नसकेपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल) को अनुमतिपत्र स्वत: खारेज भएको छ । तोकिएक…
नक्कली बैंकिङ एसएमएस र फिशिङ लिंकबाट सावधान रहन टेलिकमको आग्रह
काठमाडौं । नेपाल टेलिकमले बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम दुरुपयोग गरी ग्राहकलाई ठगी गर्ने उद्देश्यले न…
म्याद सकियो, नवीकरण भएन : यूटीएलको लाइसेन्स खारेजीतर्फ
काठमाडौं । तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को आधारभूत टेलिफो…
बाढीको क्षतिपछि नेपाल टेलिकमको सेवा पुन:लयमा, १,०९३ लाइन सञ्चालनमा
काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फा…
बाढी प्रभावितलाई एनसेलको राहत : नि:शुल्क सेवा अवधि थप ७ दिन थप
काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको नि:शुल्क सेवाको …
भोटेकोशी बाढीको चपेटामा एनसेल, एक टावर पूर्ण रुपमा नष्ट
काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेक…
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क सेवा पुन: सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका मोबाइल बीटीएस …
बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुन: सञ्चालनमा ल्याएको छ । टे…
नेपाल–चीन सीमासम्म मोबाइल सेवा पुन: सञ्चालन, थप ७ बीटीएस साइट सञ्चालनमा
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा थप सात स्थानमा मोबाइल सेवा पुन: सञ्चालनमा ल्याएको जनाएको छ…
नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुन: सुचारु
काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ…
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुन: सञ्चालनमा तीव्रता
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुन…
बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलको नेटवर्क सेवा पुन:स्थापना
काठमाडौं । बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध एनसेलका मोबाइल टावर पुन: सञ्चा…
बाढी प्रभावितलाई टेलिकमको राहत प्याकेज, ३ दिन थपियो नि:शुल्क सञ्चार सुविधा
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस …
नेपाल टेलिकमले ल्यायो हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउने Outbound IVR सेवा
काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेट सम्मको Pre-Rec…