कीवर्डहरू -

टेलिकम

एसईई दिएकालाई १ रूपैयाँमा एनसेलको पहिलो सीम, रिचार्जमा बोनस ब्यालेन्स र डेटा सुविधा

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि ‘पहिलो सिम’ योजना ल्याएको छ ।

यस योजनामा एसईईका विद्यार्थीले एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यो योजना मंगलबारबाट संचालनमा आएको छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट पहिलो सिम लिन सक्नेछन् ।

यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सातदिन भित्र एक सय वा सो भन्दा बढिको पहिलो रिचार्जमा २० रूपैयाँमा मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउने छन्।

त्यसैगरी ५० रूपैयाँ वा सो भन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् ।

यस्तो रिचार्जमा विद्यार्थीहरुले तीन दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कलगर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् ।

विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्नेछ ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइ फाइभ सेवा पनि रहेको कम्पनीले जनाएको छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समुहमा सेट गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार  नम्बरहरु माइ फाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म तीन वटा मोबाइल नम्बरमा मात्र ५० पैसा प्रतिमिनेट शुल्कमा कुराकानी गर्न सक्छन्। तीस दिनपछि सय रुपैयाँ वा सो भन्दामाथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउने कम्पनीले जनाएकोछ ।

कम्पनीका अनुसार विद्यार्थीहरुले *१७१६४# डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइ फाइभ समुहमा राख्न सक्नेछन् ।

माइ फाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक पाँच रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

टेलिकम