कीवर्डहरू -

यसरी प्रयोग गर्नुहोस् नेपाल टेलिकमको भीओएलटिई सेवा 

यसरी प्रयोग गर्नुहोस् नेपाल टेलिकमको भीओएलटिई सेवा 

नेपाल टेलिकमले सोमाबरबाट फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको छ ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण सुरूवात गरेको हो ।

प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ । भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस क्वालिटिमा कुराकानी गर्न सकिने छ ।

ग्राहकको माग अनुसार चौथो पुस्ताको फोरजीमा एलटिई प्रविधि अन्तर्गत भीओएलटीई (भ्वाइस ओभर एलटीई) सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

टेलिकमको भीओएलटिई सेवा देशभरका फोरजी कभरेज भएका क्षेत्रमा उपलब्ध रहेको छ । भीओएलटिईबाट कल गर्दा यसले कुनै डेटा उपयोग गर्दैन् । सामान्य कलहरु गर्दा लाग्ने शुल्क नै लाग्ने गर्दछ ।

कसरी प्रयोग गर्ने टेलिकमको भीओएलटिई सेवा ?

टेलिकमको भीओएलटिई सेवा प्रयोग गर्न सबैभन्दा पहिला तपाईको फोनमा भीओएलटिई सपोर्ट छ कि छैन् भने थाहा पाउनु पर्छ । यदी तपाईको फोनले भीओएलटिई सपोर्ट गर्छ भने टेलिकमको फोरजी कभरेज भएका ठाउँमा यो सेवा प्रयोग गर्न सकिन्छ ।

टेलिकमको भीओएलटिई सेवा हाल सामसङका ३१ वटा, साओमीका ५ वटा र नोकिया ३ वटा मोडेलमा प्रयोग गर्न सकिने छ । अन्य मोबाइलमा भीओएलटिई सेवा इनेबल गराउन टेलिकमको सप्लायरसँग काम गरिरहेको जनाएको छ ।

नेपाल टेलिकमका सेवाग्राहीले *४४४# डायल गरी प्राप्त निर्देशनको आधारमा सिममा भीओएलटिई एक्टिभेट गर्न सक्छन् ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटिईको संकेत देखापर्दछ ।

भीओएलटिईको संकेत देखापरेपछि *१११# डायल गरेर नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेटभीओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध हुनेछ ।

यी फोनमा चल्छ टेलिकमको भीओएलटिई

सामसङ

टेलिकमको भिओएलटिई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।

त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।

साओमी

साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए मोबाइलमा चल्नेछ ।

नोकिया

नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४ फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।