सुदूरपश्चिम
दार्चुलामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा
काठमाडौं । एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरू प्रदान गर्न थालेको छ । यो टावरको सञ्चालन पश्चात मार्माको लट्टीनाथ क्षेत्रका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन् ।
स्थानीयहरूको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो । स्थानीय बासिन्दामात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ ।
‘यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानीयका साथै पर्यटकहरूलाई दिन सफल भएका छौं । यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको एक स्पष्ट प्रमाण हो,’ एनसेलकी हेड अफ नेटवर्क लेना केशरी कंसाकारले भनिन् ।
हाल एनसेलले देशभर ४५ सयभन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ ।
सुदूरपश्चिम
डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी
डोटी । बोगटान फुड्सिल गाउँपालिका १ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सञ्चालनमा आएको छ । सिमचौरअ…
धनगढी उपमहानगर ‘पेपरलेस’ बन्दै, अब अधिकांश सेवा घरबाटै अनलाइनमार्फत उपलब्ध
धनगढी । धनगढी उपमहानगरपालिकाले सेवा प्रवाहलाई डिजिटल बनाउँदै नागरिकले अधिकांश सेवा घरबाटै अनलाइनमार्फत प्…
डिजिटल युगतर्फ सुदूरपश्चिम : बजेटमा कृषि, सीप र प्रविधिको ‘टेक ट्रान्सफर्मेसन’
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट स…
सञ्चार पहुँचविहीन बन्दै दुर्गम बस्ती, गाउँहरू सम्पर्कविहीन
बाजुरा । सुदूरपश्चिमको दुर्गम जिल्ला बाजुरामा दूरसञ्चार सेवा गम्भीर रूपमा प्रभावित बनेपछि स्थानीय जनजीवन नै अ…
आजदेखि सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन
शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युव…
डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न
सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन न…
सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुँदै
सोमबार धनगढीमा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …
धनगढीमा आज स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आज अर्थात सोमबार सु…