कीवर्डहरू -

कार्यक्रम

नेपाली स्टार्टअपको विश्व बजार विस्तारमा अमेरिकी दूतावासको साथ, २० उद्यमी सम्मानित

काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गतको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न भएको छ ।

सातै प्रदेशका विभिन्न सहरमा आयोजित क्षेत्रीय कार्यशाला तथा भर्चुअल मास्टरक्लासमा सहभागी करिब २०० उद्यमीमध्ये प्रतिस्पर्धात्मक छनोटमार्फत २० जना उत्कृष्ट नवप्रवर्तक उद्यमी राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका थिए ।

काठमाडौंमा आयोजित तीन दिने आवासीय कार्यक्रमले सहभागी उद्यमीलाई व्यवसाय विस्तार, लगानी जुटाउने, बजार पहिचान तथा अन्तर्राष्ट्रिय बजारमा प्रवेशका लागि आवश्यक ज्ञान र व्यावहारिक सीप प्रदान गरेको आयोजकले जनाएको छ ।

null

लगानी र विश्व बजारमा केन्द्रित पिचिङ
कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ सञ्चालन गरिएको थियो । सहभागी उद्यमीहरूले आफ्ना व्यवसायको सम्भावना, नवप्रवर्तन, विस्तार क्षमता, निर्यात सम्भावना तथा लगानी आकर्षित गर्ने रणनीतिबारे प्रस्तुति दिएका थिए ।

व्यवसाय तथा उद्योग क्षेत्रका विज्ञ र अगुवासामु आफ्नो व्यवसायको योजना प्रस्तुत गरेका उद्यमीहरूले पिचिङपछि विज्ञहरूबाट व्यावहारिक सुझाव र मार्गदर्शनसमेत प्राप्त गरेका थिए । आयोजकका अनुसार यसले सहभागीलाई आफ्ना व्यवसायिक मोडल थप परिष्कृत गर्न सहयोग पुगेको छ ।

कार्यक्रममा ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ समेत आयोजना गरिएको थियो । अमेरिकी ‘मेन स्ट्रीट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीमा उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका थिए ।

शोकेसका क्रममा उद्यमीले लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अमेरिकी व्यावसायिक क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए । यसबाट नयाँ व्यावसायिक सम्बन्ध तथा सहकार्यका सम्भावना खोज्न सहयोग पुगेको आयोजकको भनाइ छ ।

null

आर्थिक साझेदारी बलियो बनाउने अवसर : अमेरिकी दूतावास
कार्यक्रमको समापन समारोहमा अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चिफ माइक हार्करले क्यापस्टोन शोकेसलाई एउटा कार्यक्रमको समापनभन्दा पनि नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीको उदाहरणका रूपमा व्याख्या गरे ।

उनले नवीन सोच भएका नेपाली उद्यमीमा लगानी, नवप्रवर्तनको प्रवर्द्धन तथा उद्यमी, उद्योग र लगानीकर्ताबीच सम्बन्ध विस्तारमार्फत आर्थिक कूटनीति र निजी क्षेत्रीय सहकार्यलाई बलियो बनाउन कार्यक्रमले सहयोग पुर्‍याएको बताए । नेपालको आर्थिक विकासमा सहकार्य गर्न पाउनु गर्वको विषय भएको उनको भनाइ थियो ।

कृषि, प्रविधिदेखि हस्तकलासम्मका उद्यम
क्यापस्टोन एक्सेलेरेटरमा छनोट भएका २० उद्यमले नेपालको विभिन्न आर्थिक क्षेत्रको प्रतिनिधित्व गरेका छन् । सहभागी उद्यममा कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, परामर्श, सहकारी तथा सामाजिक उद्यमलगायतका क्षेत्र समेटिएका छन् ।

null

उद्यमीलाई लगानी र बजारसँग जोड्ने लक्ष्य
आयोजकका अनुसार क्यापस्टोन एक्सेलेरेटरले सातै प्रदेशमा रहेका स्टार्टअप तथा उदीयमान उद्यमीलाई व्यावहारिक तालिम, मेन्टरिङ, बजार व्यवस्थापन, एआई प्रविधिको प्रयोग तथा लगानीका लागि तयारी गर्ने अवसर प्रदान गरेको छ ।

कार्यक्रमले उद्यमीलाई आफ्ना व्यवसायिक अवधारणालाई थप व्यावसायिक बनाउन, सम्भावित लगानीकर्तासँग सम्बन्ध स्थापित गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका लागि तयार हुन सहयोग पुर्‍याएको आयोजकको दाबी छ ।

नेपालमा स्टार्टअप र नवप्रवर्तनमा आधारित व्यवसायको विस्तार भइरहेका बेला सातै प्रदेशका फरक-फरक क्षेत्रका उद्यमीलाई एउटै मञ्चमा ल्याएर लगानी, प्रविधि र बजारसँग जोड्ने प्रयासले क्षेत्रीय उद्यमशीलताको विकास तथा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहुँच विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम

कक्षाकोठाबाट विश्व मञ्चसम्म: विद्यार्थीलाई रोबोटिक्स, एआई र नवप्रवर्तनसँग जोड्ने राष्ट्रिय अभियान सुरु

काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले…

‘ब्लु सर्ज २०२६’ मा सहभागी हुन यामाहा नेपालका साझेदार थाइल्यान्ड प्रस्थान

काठमाडौं ।  यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको…

आईटी करियरका लागि व्यावहारिक सिकाइ, न्यु समिट कलेजमा ‘वर्डप्रेस मिटअप’ आयोजना

काठमाडौं । वर्डक्याम्प काठमाडौं २०२६ को तयारीस्वरूप नयाँ बानेश्वरस्थित न्यु समिट कलेजमा आइतबार एक दिने &lsquo…

एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन

काठमाडौं । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्…

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्…

एआई र डिजिटल रूपान्तरणको एजेन्डासहित बुढानीलकण्ठमा ऐतिहासिक सम्मेलन

काठमाडौं । प्रविधि र सुशासनबीचको दूरी घटाउने उद्देश्यसहित नेपालमा पहिलोपटक नगरस्तरीय आर्टिफिसियल इन्टेलिजेन्स…

नेपाल-भारतबीच एआई र उदाउँदो प्रविधिमा सहकार्य विस्तार, काठमाडौंमा विशेष सेमिनार

काठमाडौं । नेपाल र भारतबीच उदाउँदा प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्न…

टेकस्किल्स आईटी स्कलरसिप २०२६ की विजेता बनिन् सोफिया तामाङ

काठमाडौं । टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि सोफिया तामाङले जितेकी छन् । काठमाडौंको भृकु…

साइबर सुरक्षा घटना पछि होइन, पहिले नै नियन्त्रण गर्ने क्षमता विकास गर्नुपर्छ : निर्देशक महर्जन

काठमाडौं । नेपालमा बढ्दो साइबर जोखिम र डिजिटल प्रणालीमाथि हुने आक्रमणको चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय साइ…

ब्रिटिश प्रोफेसनल कलेज–एसीसीए सहकार्यमा पोखरामा लेखा कार्यशाला

काठमाडौं । प्लाटिनम-स्तरको ACCA प्रदायक संस्था ब्रिटिश प्रोफेशनल कलेज (BPC), काठमाडौंले गण्डकी प्रदेशका स्थानीय…

एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, हप्पु ट्रीट्स बन्यो विजेता

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरद्वारा आयोजित ‘एनवाईईएफ स्टार्टअप अवार्ड&…

‘पल्सर आरपीएम’ शनिबार टोकामा : युवा, संगीत र राइडिङ संस्कृतिको भव्य संगम

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, स…

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स”लाई तीव्रता

काठमाडौं । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक गरिएका महत्वपूर्ण प्रविधिगत उपलब्…