कीवर्डहरू -

कार्यक्रम

‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ मा हरित प्रविधिबारे छलफल

काठमाडौं । नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्रीको बढ्दो प्रयोगसँगै उत्पन्न हुने फोहोर (ई-वेस्ट) व्यवस्थापनका चुनौती, सम्भावना र दिगो समाधानबारे छलफल गर्न काठमाडौंमा ‘ग्रीन डिजिटल नेपाल ई-वेस्ट संवाद २०२६’ अहिले जारी छ ।

आहा नेपालको आयोजनामा तथा Doko Recyclers को सहआयोजनामा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान १० बजेदेखि सुरु भएको संवाद ‘Responsible Technology for a Sustainable Future’ अर्थात् ‘दिगो भविष्यका लागि जिम्मेवार प्रविधि’ भन्ने नारासहित सञ्चालन भइरहेको छ ।

null

कार्यक्रममा ई-वेस्ट व्यवस्थापनसम्बन्धी नीति, नियमन तथा कार्यान्वयन, उद्योग र प्रविधि क्षेत्रको भूमिका, विद्युतीय सवारी साधन तथा ब्याट्री व्यवस्थापन, हरित वित्त र सर्कुलर इकोनोमीलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै मोबाइल फोन, कम्प्युटर, ब्याट्री तथा अन्य विद्युतीय उपकरणको प्रयोग अवधि समाप्त भएपछि तिनको सुरक्षित व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता सामाग्रीको अव्यवस्थित विसर्जनले वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले सुरक्षित सङ्कलन, पुन:प्रयोग र पुनर्चक्रणलाई प्रोत्साहन गर्नुपर्नेमा संवादले जोड दिएको छ ।

कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, उद्योगी व्यवसायी, विकास साझेदार, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाबीच ई-वेस्ट व्यवस्थापनका विद्यमान समस्या र समाधानका उपायबारे विचार आदानप्रदान भइरहेको छ ।

null

नेपालमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको सन्दर्भमा ई-वेस्ट व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्नु, प्रभावकारी नीति निर्माणका लागि साझा धारणा विकास गर्नु र विभिन्न क्षेत्रबीच सहकार्यका सम्भावना पहिचान गर्नु संवादको प्रमुख उद्देश्य रहेको छ ।

आयोजकका अनुसार संवादले जिम्मेवार प्रविधि प्रयोगलाई प्रोत्साहन गर्दै वातावरणमैत्री डिजिटल विकास र हरित अर्थतन्त्र निर्माणका लागि आवश्यक पहललाई अघि बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम

सातौँ ‘नेपाल एआई स्कूल’का लागि आवेदन खुला, छात्रवृत्तिको पनि व्यवस्था

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा ज्ञान, सीप तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयो…

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ललितपुर । कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका क्षेत्रमा नवीनतम अनुसन्धान, वैज्ञानिक ज्ञान, प्राविधिक न…

नेपालको औद्योगिक क्षेत्रमा एआई र उद्योग ४.० को प्रयोगबारे छलफल हुने

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उद्योग ४.० को भूमिकाबारे छलफल …

टीम नेपाल दक्षिण कोरियामा हुने युवा रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको …

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालनमा, यात्रुलाई विशेष छुट र गिभअवे

काठमाडौं । नेपालको ट्राभल एप ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालन भइरहेको छ । सेप्टेम्बर २१ द…

डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न : डिजिटल रेजिलियन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रमाथि गहन बहस

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ ललित…

नेपाल टेक रोडशो युरोप २०२६ सम्पन्न, नेपाली प्रविधिलाई युरोपेली बजारसँग जोड्ने प्रयास

काठमाडौं । नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रो…

डिएनसी २०२६ : एआईमा आत्मनिर्भर नेपाल निर्माणका लागि पूर्वाधार र डेटा बलियो बनाउनुपर्नेमा जोड

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ मा नेपालको एआई (कृत्रिम बुद्धिमत्ता) इकोसिस्टम तथा डिजिटल क्षम…

वर्डक्याम्प काठमाडौं २०२६ सम्पन्न, एआईदेखि डिजिटल व्यवसायसम्मका विषयमा छलफल

काठमाडौं । नेपालमा वर्डप्रेस समुदायको प्रमुख प्रविधि सम्मेलनका रूपमा आयोजना गरिएको वर्डक्याम्प काठमाडौं २०२६ स…

आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल

काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुद…

बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न : नेपाली प्रविधि कम्पनीको क्षमता प्रदर्शन

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘ने…

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भ…

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न

काठमाडौं । एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ से…

काठमाडौंमा Konica Minolta Roadshow 2026 आयोजना हुँदै

काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागब…

‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६&rsqu…