कार्यक्रम
नबिल बैंकको नबिल एसएसई फेलोशिपको आवेदन खुला, यसरी दिनुहोस् अनलाइन आवेदन
नबिल बैंकले नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसीप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो ।
सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निशुल्क तालिमको लागि आवेदन खुला गरेको हो ।
इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।
यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।
हालसम्म, नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।
यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैंकले जनाएको छ । साथै उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको महशुस बैंकले गरेको छ ।
कार्यक्रम
हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?
आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल का…
वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्प…
विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध
नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किट…
नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान
वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेना…
डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै
सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस …
एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी
ब्लकचेन कम्युनिटी नेपालले एनएफटी एण्ड आर्टमा एक्सक्लुसिभ भर्चुअल इभेन्ट गर्ने भएको छ । आगामी १४ जुनमा ‘द इन्टरसेक्सन अफ आर्ट एण्ड ब्लकचेनः हाउ एनएफटिज आर …
ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’को आवेदन खुला
ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seed…
आईटीमा रूची भएका केटीहरूलाई लक्षित गर्दै अल गर्ल्स मिटअप हुँदै
आगामी जेठ १३ गते आईतबार काठमाडौंमा पहिलो अल गर्ल्स मिटअप हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा रूची भएका केटीहरूलाई लक्षित …
वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै
अनलाइनमा वेबसाइट र मोबाइल एप डेभलबमेन्ट सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनी…
डिजिटल नेपाल कन्क्लेभको तेसो संस्करण जेष्ठ २५ गते आयोजना हुने
जेष्ठ २५ गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल …
बिहीबार नेशनल आईसीटी दिवस, यी सात विधामा अवार्ड प्रदान गर्दै सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २० गते बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) वितरण…
दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न
दोस्रो एडब्लुएस कम्युनिटी डे सम्पन्न भएको छ । अप्रिल २१ तारिखका दिन काठमाडौँ मैतीदेवीस्थित सनवे कलेजमा दोस्रो एडब्लुएस कम्यु…
चितवनमा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुँदै
चितवनमा अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहर…
गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी
सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला&nbs…
काठमाडौँमा एडब्लुएस कम्युनिटी डे मनाइंदै, यसरी हुनुहोस् सहभागी
एडब्लुएस युजर ग्रुप नेपालको आयोजनामा आउँदो २१ अप्रिलका दिन दोश्रो ‘एडब्लुएस सामुदायिक दिवस’ मनाउन लागिएको छ ।&nb…