काठमाडौं । काठमाडौं युनिभर्सिटीमा EEPEX कार्यक्रम सुरु भएको छ । यो कार्यक्रमलाई प्रविधि, इनोभेसन र इन्जिनियरिङको ठूलो संगमको रूपमा हेरिएको छ, जहाँ रोबोवार, टेक इभेन्ट, स्टल प्रदर्शन र विभिन्न इनोभेसनका गतिविधिहरू समावेश हुनेछन् ।
कार्यक्रममा परिचित इन्जिनियरहरू, विशेषज्ञहरू र विभिन्न क्षेत्रका प्रख्यात व्यक्तिहरुको सहभागिता रहनेछ । साथै, देशभरिका बहु-प्रतिभाशाली विद्यार्थीहरूबीच विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । आयोजकका अनुसार कार्यक्रम मे ५ र ६ मा हुनेछ ।
EEPEX लाई नेपालभरिका इन्जिनियरिङ टिमहरूका लागि आफ्नो प्रतिभा, आइडिया र ब्रान्ड प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ । कार्यक्रममा २० भन्दा बढी विभिन्न टेक्निकल तथा क्रिएटिभ इभेन्टहरू समावेश हुनेछन्, जसले नवप्रवर्तन र प्रविधि विकासलाई थप प्रोत्साहन गर्नेछ ।
यो भव्य कार्यक्रम काठमाडौं युनिभर्सिटीमा आयोजना हुँदैछ । आयोजकहरूले यसलाई विद्यार्थी र इन्जिनियरहरूका लागि सिकाइ, प्रतिस्पर्धा र नेटवर्किङको उत्कृष्ट प्लेटफर्म हुने बताएका छन् ।
आईसीटी समाचार