कीवर्डहरू -

समाचार

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि आवश्यक कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रिपरिषद्का दुई सदस्यले बताउनुभएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले भरतपुरमा स्थानीयवासीसँगको साक्षात्कार कार्यक्रममा नवप्रवर्तन, प्रविधिको उपयोग र कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो ।

मन्त्री पुनले नयाँ मन्त्रालय स्थापना भएको र आवश्यक कानुनको अभावमा प्रारम्भमा केही चुनौती भएपनि त्यसलाई पार लगाउँदै सरकार समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको बताउनुभयो ।

“कानून निर्माणका प्रक्रिया केही जटिल र समय लाग्ने भए पनि अध्यादेशबाट कानुनी बाटो खोलिएको छ । अब मन्त्रालयले आफ्ना योजना र अनुसन्धानका कामलाई तीव्रताका साथ अघि बढाउनेछ,” मन्त्री पुनले भन्नुभयो ।

मन्त्री गौतमले लोकतान्त्रिक शासन व्यवस्थामा जनता सर्वोपरि हुने र जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । सुशासन र विकासका खातिर चाँडोभन्दा चाँडो आवश्यक कानुन तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले १६५ वटा कानुन निर्माणको लक्ष्यसहित सदनलाई विवरण बुझाइसकिएको तथा ५४ वटा कानुनका मस्यौदा सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्तुत भएका जानकारी दिनुभयो । नवप्रवर्तनसम्बन्धी कानुन पनि चाँडै सदनमा प्रस्तुत गरिने मन्त्री गौतमले बताउनुभयो ।

समाचार

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त काली…

बोलपत्रमा एआईदेखि बैंक ग्यारेन्टी जाँचसम्म, नयाँ प्रणालीमा यस्ता छन् सुविधा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले पूर्वाधार विकास मन्त्…

वीरगञ्जमा डिजिटल मार्केटिङ तालिम सम्पन्न, विद्यार्थीलाई पारिश्रमिकसहित इन्टर्नसिपको अवसर

काठमाडौं । डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल व्यवस्थापन तथा कन्टेन्ट क्रिएसनसम्बन्धी छदिने तालिम वीरगञ्जमा सम्पन्न …

सन् २०३० को विश्वकप प्रसारण अधिकार नेटफ्लिक्सलाई

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले सन् २०३० मा स्पेन र एन्डोरामा आयोजना हुने विश्वकप फुटबल प्रसारण गर्ने …

राष्ट्रपति पौडेलद्वारा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान तथा नवप्रवर्तन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले &…

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ …

सरकारले ४२ जना सूचना प्रविधि विज्ञ तथा कर्मचारी माग्यो, मासिक तलब साढे २ लाखसम्म (सूचनासहित)

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टर (एसडीओसी) ले…

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नि…

कम्पनी रजिष्ट्रारको अनलाइन प्रणालीमा समस्या, सेवाग्राहीलाई सास्ती

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण कम्पनीका विवरण अद्या…

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्प…

सुनचाँदी व्यवसायको डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक

काठमाडौं । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यक…

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्…

नेपाल-भारतबिच व्यापार, लगानी र प्रविधिमा सहकार्य आवश्यक : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई उत्पादनमुखी, विविधतायुक्त र दिगो ब…

डिजिटल विज्ञापनदेखि क्लिन फिडसम्म, नियमन कसिलो बनाउँदै बोर्ड

काठमाडौं । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले डिजिटल विज्ञापनको प्रभाव…

विद्युतीय फोहोरलाई आर्थिक अवसरका रूपमा उपयोग गरौँ : प्रा.डा. सुदन झा

काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा.डा. सुदन झाले विद्युतीय …