कीवर्डहरू -

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

कपिलवस्तुमा ब्रदर प्रिन्टरको नि:शुल्क सर्भिस तथा मर्मत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । ब्रदर प्रिन्टर प्रयोगकर्तालाई उपकरणको नियमित मर्मतसम्भार तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा दुईदिने नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त शिविर २०८३ साल मंसिर १३ र १४ गते आयोजना गरिनेछ ।

शिविरमा ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच गराउन सक्नेछन् । सेवा शिविरमा उपकरणको अवस्था मूल्याङ्कन, सामान्य प्राविधिक समस्याको पहिचान, आवश्यक मर्मत सम्भार तथा प्रिन्टरको उचित प्रयोग र हेरचाहसम्बन्धी परामर्श उपलब्ध गराइनेछ ।

प्रिन्टरको नियमित हेरचाह र समयमै प्राविधिक जाँचले उपकरणको दीर्घकालीन कार्यक्षमता कायम राख्न तथा सम्भावित समस्याको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यसैलाई मध्यनजर गर्दै स्थानीय प्रिन्टर प्रयोगकर्तालाई सहज रूपमा प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपालमा ब्रदरका उत्पादन तथा सेवाको पहुँच विस्तार गर्दै आएको सागर ग्रुपले ग्राहकलाई उत्पादन उपलब्ध गराउनुका साथै बिक्रीपछिको सेवा, प्राविधिक सहयोग र ग्राहकसँगको प्रत्यक्ष सम्पर्कलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ । 

स्थानीय स्तरमा सञ्चालन हुने यस्ता सेवा गतिविधिमार्फत ग्राहकको उपकरणसम्बन्धी समस्या, प्रयोग अनुभव तथा आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर समेत प्राप्त हुने सागर ग्रुपको भनाइ छ ।

राजहंस इन्फोसिस एण्ड आईटी सोलुसन्स र सागर ग्रुपले कपिलवस्तु तथा आसपासका ब्रदर ग्राहकहरूलाई आफ्नो प्रयोगमा रहेको उपकरणसहित सेवा शिविरमा सहभागी हुन आग्रह गरेका छन् ।

ग्राहकहरूले २०८३ साल मंसिर १३ र १४ गते शिवराज नगरपालिका ५ चन्द्रौटा, कपिलवस्तुमा उपस्थित भई उपलब्ध नि:शुल्क प्राविधिक सेवा, परामर्श तथा उपकरणसम्बन्धी जानकारी लिन सक्नेछन् ।