कीवर्डहरू -

कर्णाली

कर्णालीमा भित्रिए अत्याधुनिक बीएस ६ प्रविधिका बस, चालकलाई गाडीले आफैँ दिन्छ खराबीको संकेत

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ । कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए ।

‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठओटा बस ल्याएका छौँं । थप तीनवटा बस आइरहेका छन् । यी बसहरुको कुल लागत एक करोड ५० लाख पर्न गएको छ,’ अध्यक्ष खड्काले भने, ‘सुर्खेत-काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई आरामदायी यात्रा गराउने योजनाअनुरुप कम्पनी सधैं लागि परेको छ ।’

उनका अनुसार गाडीमा खराबी आएमा, वा अन्य कुनै समस्या देखिएमा उक्त गाडीले चालकलाई जानकारी दिने गर्दछ । गाडीमा ४५ वटा आरामदायी सिट र स्लिपर नाैवटा छन् । यी गाडीहरुमध्ये चारवटा गाडी सुर्खेत बसपार्कबाट दुईवटा क्युमा छुट्ने छन् ।

कोहलपुर हुँदै बुटवल काठमाडौं जाने रुटका लागि बसपार्कबाट साढे चार र साढे पाँच बजेका लागि बस छुट्ने समय तोकिएको छ भने विएस ३ बसहरु सुर्खेतको मालारानी, लमही हुँदै काठमाडौं जाने रुटका लागि साढे दुई बजे गाडी छुट्ने समय तालिका बनाइएको छ ।

यसैबीच कम्पनीले सञ्चालन गर्दै आएका रुटहरुका उत्कृष्ट चालकलाई सोमबार एक कार्यक्रमबीच नगद पुरस्कार र सम्मान गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्काको उपस्थितिमा जुम्ला, दैलेख, काठमाडौंलगायतका रुटमा गाडी चलाउने उत्कृष्ट चालकलाई जनही नगद पाँच हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

कर्णाली

जुम्लाको सिँजामा नेपाल टेलिकमको फोर-जी, पाँचभन्दा बढी वडाका बासिन्दा लाभान्वित

काठमाडौं । नेपाली भाषाको उद्गमस्थलका रूपमा परिचित जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमले फोर-जी मोबाइल…

नगरपालिकामा धाउनुपर्ने झन्झट अन्त्य, वीरेन्द्रनगरका सेवा अब अनलाइनमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर अब डिजिटल प्रशासनतर्फ तीव्र गतिमा अघि बढ्ने भएको छ । आगामी आर्थि…

कर्णालीको बजेटमा नयाँ दृष्टिकोण : कृषि आधुनिकीकरण, एआई प्रयोग र डिजिटल प्रशासनको योजना

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको …

सञ्चार र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने कर्णाली सरकारको घोषणा

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीहरूको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा …

कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा अब एनलसेलको फोरजी सेवा

मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड स…

कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

राष्ट्रिय सूचना प्रविधि केन्द्रले कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता क…

कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू…

डिजिटल कर्णालीका लागि केबिसीएफ र वर्ल्डलिंक कम्युनिकेशन्स बीच सहकार्य

डिजिटल कर्णालीका लागि कर्णाली बेसिन संरक्षण फाउन्डेशन  (केबिसीएफ) र वर्ल्डलिङ्क कम्यु…

नेपाल टेलिकमको एफटिटिएच सेवा कर्णाली प्रदेशमा

कर्णाली। नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विध…