कीवर्डहरू -

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले पाए ई-पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले पाए ई-पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई-पेन्सन सेवा सञ्चालनमा आएपछि सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ । निजामती कर्मचारीका लागि पहिलोपटक ई-पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई-पेन्सन सेवा जुम्लामा समेत कार्यान्वयनमा ल्याइएको हो । गत वर्ष जुम्लाका चार जना सेवा निवृत्त कर्मचारीले ई-पेन्सन सेवा प्राप्त गरेको कोष नियन्त्रक अछामीले बताए ।

कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा ई-पेन्सन सेवा लिएका हुन् ।

स्थानीय तहमै ई-पेन्सन सेवा उपलब्ध हुन थालेपछि सेवा निवृत्त कर्मचारीलाई पेन्सनसम्बन्धी कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । यसले विशेष गरी दुर्गम तथा हिमाली क्षेत्रका सेवा निवृत्त कर्मचारीलाई समय र खर्च दुवै बचत हुने भएको छ ।