साइबर सुरक्षा
‘फेक कल’ मार्फत प्रधानमन्त्री कार्यालयको नाममा धम्की, आरोपी पक्राउ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका १३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी राष्ट्रसेवक कर्मचारीलाई भय, त्रास तथा दबाब सिर्जना गर्ने उद्देश्यले अश्लील र अमर्यादित भाषा प्रयोग गर्दै धम्की दिएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । यसअघि उक्त घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा तथा अनुसन्धान निकायलाई निर्देशन दिएको थियो ।
वडासचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारी निकायको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, दबाब दिने तथा त्रास सिर्जना गर्ने कार्य निन्दनीय र अस्वीकार्य भएको जनाएको थियो ।
साथै, प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण (भेरिफिकेसन) गरेर मात्र आवश्यक प्रक्रिया अघि बढाउन सबै सरकारी निकाय तथा कर्मचारीलाई आग्रह गरिएको थियो ।
साइबर सुरक्षा
ठेक्का प्रणाली ह्याक गरी विवरण हेरफेर गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइट…
ईमेलमार्फत क्यूआर कोड फिसिङ स्क्याम तीव्र, माइक्रोसफ्टले जारी गर्यो चेतावनी
काठमाडौं । माइक्रोसफ्टका साइबर सुरक्षा विशेषज्ञहरूले हालै तीव्र गतिमा फैलिँदै गएको एक नयाँ स्क्यामबारे च…
भीपीएन: अनलाइन गतिविधि र डेटा सुरक्षित राख्ने नयाँ साइबर प्रोटेक्टर
काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरी प्रयोगकर्ताहरूले अनलाइन गतिविधि र आफ्नो जानक…
बैंक खाताबाट रकम गायब हुने घटना बढ्दै, कसरी सुरक्षित रहने ?
काठमाडौं । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा उल्लेख्य वृद्धि भएपछि नेपाल प्रहरी साइबर ब्यूर…
विद्युतीय माध्यमबाट ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ …
एआई र डीपफेकको दुरुपयोगले महिलामाथि अनलाइन हिंसा बढ्दै, सार्वजनिक मञ्चबाट पछि हट्न बाध्य
काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई सजिलो त बनाएको छ, तर यसको गम्भीर दुष्परिणाम पनि अब स्पष्ट रूपमा देख…
ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै हेरफेर, मुख्य आरोपीसहित १३ जना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्नमेन्ट प्रोक्योरमेन्ट (ई-जीपी) प्रणालीमा अनधिकृत …
ह्याक भएको व्हाट्सएप अकाउन्ट कसरी रिकभर गर्ने ?
काठमाडौं । व्हाट्सएप आज विश्वभर सबैभन्दा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यही कारणले यसलाई ह्याकर र स्क्यामरह…
सरकारी ईजीपी प्रणाली ह्याक : ९ जना पक्राउ, ठेक्का हेरफेरको आरोप
काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (Public Procurement Monitoring Office) को विद्युतीय खरीद प्रणाली…
होर्मुज संकटमा साइबर अपराधी सक्रिय : जहाजहरू निशानामा
काठमाडौं । होर्मुज जलडमरू (Strait of Hormuz) मध्य नजिकै सयौँ जहाज फसेको अवस्थाको फाइदा उठाउँदै …
भ्रामक रोजगारी विज्ञापनमा सरकारको कडा चेतावनी, सामाजिक सञ्जाल निगरानीमा
काठमाडौं । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका नाममा फैलिरहेका भ्रामक विज्ञापन नियन्त्रण गर्न सरकारले कडा …
नेपालमा साइबर हमला बढ्दो, र्यान्समवेयरबाट कसरी जोगिने ?
काठमाडौं । देशभर साइबर जोखिम बढ्दै गएको संकेत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइब…
सामाजिक सञ्जालमा बढ्दो खतरा : आफ्नै नाममा खुल्छन् नक्कली आइडी
काठमाडौं । सामाजिक सञ्जालमा पहिचान दुरुपयोगको समस्या दिनानुदिन गहिरिँदै गएको छ । प्रयोगकर्ताको नाम, फोटो र…
काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी
काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…
नक्कली आईटी जागिरको आडमा उत्तर कोरियाली ह्याकरहरूको ३.२५ करोडको ठगी, लीडरबोर्डमै राख्थे कमाइको स्कोर
उत्तर कोरियासँग जोडिएको एक ह्याकर समूहले नक्कली पहिचान र फर्जी आईटी जागिरको आडमा क्रिप्टो प्रोजेक्टहरूबाट करोडौँ डलर लुटेको खुल…