कीवर्डहरू -

साइबर सुरक्षा

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टीपी-लिंक राउटरमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

राष्ट्रिय सुरक्षाको जोखिम देखाउँदै अमेरिकी वाणिज्य विभागले टीपी-लिंक राउटरहरूमा प्रतिबन्ध लगाउने सम्भावित कदमको बारेमा जानकारी बाहिर आएको छ । द वाशिङटन पोस्टका अनुसार, यो निर्णयबारेका आन्तरिक छलफलहरूमा संलग्न थुप्रै स्रोतहरूले नाम नखुलाउने सर्तमा जानकारी दिएका छन्, जसमा अमेरिकी रक्षा मन्त्रालयका एक पूर्व वरिष्ठ अधिकारी पनि सामेल थिए ।

यो वर्षको गर्मीमा गृह सुरक्षा, न्याय र रक्षा मन्त्रालयहरूबीच लामो अन्तरसंस्थागत प्रक्रिया चलेको थियो, जसले यस्तो व्यापक कदमबारे विचार गरेको बताइन्छ । टीपी-लिंकसँग सम्बन्धित राष्ट्रिय सुरक्षासम्बन्धी अनुसन्धानहरू कम्तीमा गत वर्षदेखि नै भइरहेको पनि रिपोर्टमा जनाइएको छ ।

संभावित प्रतिबन्धको केन्द्रमा रहेको मुख्य चिन्ता भनेको टीपी-लिंकले अझै पनि चीनसँग सम्बन्ध कायम राखेको हो कि भन्ने हो । यद्यपि कम्पनीले सन् २०२२ मा चिनियाँ कम्पनी टिपी लिंक टेक्नोलोजीजबाट अलग भई स्वतन्त्र इकाइका रूपमा आफूलाई पुनर्संरचना गरेको दाबी गरेको छ । 

टीपी-लिंकका प्रवक्ताले भनेका छन्, ‘टीपी-लिंकविरुद्ध कुनै प्रतिकूल कदम चालिए पनि त्यसले चीनमा कुनै असर पार्दैन, बरु अमेरिकास्थित कम्पनीलाई हानि पुर्‍याउँछ ।’ अमेरिकी अधिकारीहरूका अनुसार, चिनियाँ कानुनअन्तर्गत टीपी-लिंकले त्यहाँका गुप्तचर निकायका निर्देशनहरू पालना गर्नुपर्ने हुन सक्छ र चीनले कम्पनीमाथि दबाब सिर्जना गरी यसको उपकरणमा हानिकारक सफ्टवेयर अपडेट पठाउन पनि लगाउन सक्छ । 

तर, अमेरिकास्थित टीपीलिंक सिस्टमले भने आफूहरू चीनको सुरक्षा एजेन्सीको प्रभावमा छैनौं भन्ने स्पष्ट प्रतिक्रिया दिएको छ । टीपी-लिंकका राउटरहरू अहिले अमेरिकामा सबैभन्दा लोकप्रियमध्ये पर्छन् । कम्पनीका अनुसार, यसले ३६ प्रतिशत अमेरिकी बजार हिस्सा ओगटेको छ ।

टीपी-लिंकका उत्पादनमा प्रतिबन्ध लगाउने सम्भावना अमेरिका र चीनबीच चलिरहेका व्यापार वार्ताहरूको पृष्ठभूमिमा देखा परेको अर्को कदम हो । यद्यपि बिहीबारको वार्तामा केही प्रगतिका संकेत देखिएका छन् ।

द वाशिङटन पोस्टका स्रोतका अनुसार, टीपी-लिंक प्रतिबन्ध अझै अमेरिकी प्रशासनको ‘बार्गेनिङ चिप’ (सम्झौताका लागि दबाबको औजार) को रूपमा कायम छ ।
 

साइबर सुरक्षा

रिप्लिट एआई एजेन्टको असफलता : कम्पनीको सबै डेटा मेटायो, सीईओले मागे माफी

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आजकल हरेक ठाउँमा प्रयोग हुँदैछ। एआई एजेन्टहरू त झनै अगाडि छन्। एआईले काम जति सजिलो बनाइरहेको छ…

शेयरप्वाइन्ट सर्भरमा ‘टुलशेल’ नामक जिरो-डे एक्स्प्लोइट पत्ता लागेपछि माइक्रोसफ्टद्वारा आपतकालीन सतर्कता जारी

माइक्रोसफ्टले आफ्नो चर्चित शेयरप्वाइन्ट सर्भर सफ्टवेयरमा एक खतरनाक सुरक्षा कमजोरी (भल्नरेबिलिटी) सम्बन्धी आपतकालीन सतर्कता जारी गरेक…

साइबर सुरक्षा सेवा प्रदान गर्न अब राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा सूचीकृत हुनुपर्ने

साइबर सुरक्षा सेवा प्रदान गर्न अब राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा सूचीकृत हुनुपर्ने भएको छ । संसदमा दर्ता भएको सूचना प्रविधि तथा…

एसएमएसबाट फिशिङ लिंक पठाएर ४ हजार बढी ईसेवा अकाउन्टमा पहुँच, १ करोड रूपैयाँ चोरी

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले फिशिङ लिंक पठाइ ईसेवाको रकम चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा …

अमेरिकामा आईटी इन्जिनियर थिए, छुट्टीमा नेपाल आउँदा क्रिप्टो कारोबार गरेको आरोपमा समातिए

जिल्ला प्रहरी कार्यालय कास्कीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाईन जुवा/सट्टावाजी गरेको आशंकामा ५ जनालाई पक्राउ गरेक…

नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली फेसबुक आइडी…

साइबर सुरक्षामा क्रियाशील संस्था एनपी-सर्टमा डा. राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी-सर्ट) ले नयाँ नेतृत्व चयन गर…

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । साइबर ब्यूरोले सामाजिक सञ्जालमा धार्मिक सहिष्…

सानेपामा घर भाडामा लिएर ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा खेलाउने २४ जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने समूह पक्राउ गरेको छ…

सरकारी कार्यालयलाई साइबर सुरक्षा एडभाइजरी: ३-३ महिनामा पासवर्ड चेन्ज गर्नुपर्ने, एसएसएल अनिवार्य

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई सुरक्षित बनाउन एड्भाइजरी जारी गरेको छ । 

…

साइबर ब्यूरोले भन्यो: झुटा इमेलको विश्वास नगर्नु, रिप्लाई पनि नदिनु

नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर ब्यूरोबाट पठाइएको भनिएको झुटा इमेलमा कुनै पनि रिप्लाई नगर्न अनुरोध गरेको छ । 

…

कल सेन्टर खोलेर अवैध अनलाइन सट्टेबाजी, २ भारतीयसहित ५३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध कल सेन्टर सञ्चालनमा संलग्न दुई भारतीयसहित ५३ जनालाई पक्राउ गरेको छ ।&n…

साइबर आक्रमणको बढी जोखिममा छन् नेपालका वित्तीय क्षेत्र

नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी स…

प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ

डिजिटल वालेट खल्तीका तीन जना कर्मचारीले प्रयोगकर्ताको व्यक्तिगत विवरण आपराधिक गिरोहलाई उपलब्ध गराएको तथ्य खुलेको छ । 

…

साइबर ठगीमा युवाहरूको संलग्नता बढी, बायोमेट्रिकसहितको केवाईसी लागु गर्न सुझाव

साइबर प्रविधिमा आधारित शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकको व…