कीवर्डहरू -

साइबर सुरक्षा

सरकारी कार्यालयलाई साइबर सुरक्षा एडभाइजरी: ३-३ महिनामा पासवर्ड चेन्ज गर्नुपर्ने, एसएसएल अनिवार्य

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई सुरक्षित बनाउन एड्भाइजरी जारी गरेको छ । 

पछिल्लो समय सरकारी प्रणालीहरूमा साइबर आक्रमणका घटना बढ्दै गएपछि केन्द्रले ८ पेजको एभाइजरी जारी गरेको हो । 

केन्द्रले सरकारी कार्यालयलाई वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज, नेटवर्क सुरक्षा, डेक्स्टप, ल्यापटप, प्रिन्टर पासवर्ड व्यवस्थापन, इन्टरनेट ब्राउजिङ, इमेल तथा फिसिङ अट्याक, रिमुभेबल मिडिया, सामाजिक सञ्जाल र मोबाइल सुरक्षा सम्बन्धि एडभाइजरी जारी गरेको छ । 

एड्भाइजरी अनुसार सूचना प्रविधि प्रणाली अपडेट गर्ने र समयानुकूल सुरक्षित फ्रेमवर्क व्यवस्थापन गर्ने, सेक्युरिटी अडिट गर्ने, जेनियुन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयहरू मात्र प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेछ । 

डेटाको नियमति ब्याकअप राख्ने, बिजनेस कन्टिन्युटी प्लान तयार गर्न, सोर्स कोड अध्यावधिक गर्न, वेबसाइटमा र एप्लिकेसनमा अनिवार्य एसएसएल इन्स्टल गर्न, आईपी क्यामेरासहितको सर्भिलेन्स प्रणाली जडान गर्न, पाइरेटेड सेफ्टवेयर तथा एप्लिकेसन प्रयोग नगर्न केन्द्रले भनेको छ । 

यस्तै पासवर्ड सुरक्षासम्बन्धि एड्भाइजरीमा प्रत्येक ३-३ महिनामा पासवर्ड परिवर्तन गर्न, मिश्रित क्यारेक्टतसहितको सहजै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, मल्टी फ्याक्टर अथेन्टिकेसन राख्न, एउटै पासवर्ड धेरै ठाउँमा प्रयोग नगर्न पनि एड्भाइजरीमा भनिएको छ । 

यस बाहेक पाइरेटेड कन्टेन्ट डाउनलोड नगर्न, अपरिचित व्यक्तिबाट आएको इमेल नखोल्न, महत्त्वपूर्ण इमेल पब्लिक वाईफाईबाट नखोल्न, एन्टिभाइरस प्रयोग गर्न, सरकारी इमेल सामाजिक सञ्जालमा शेयर नगर्न, गूगल प्ले स्टोर र एप स्टोरबाट मात्रै एप डाउनलोड गर्न लगायतका सुझाव दिएको छ । 

यस्तो छ एड्भाइजरी 
 

साइबर सुरक्षा

प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ

डिजिटल वालेट खल्तीका तीन जना कर्मचारीले प्रयोगकर्ताको व्यक्तिगत विवरण आपराधिक गिरोहलाई उपलब्ध गराएको तथ्य खुलेको छ । 

…

साइबर ठगीमा युवाहरूको संलग्नता बढी, बायोमेट्रिकसहितको केवाईसी लागु गर्न सुझाव

साइबर प्रविधिमा आधारित शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकको व…

बेहुली फ्रम मेघौलीको क्लिप्स सामाजिक सञ्जालमा राख्नेविरूद्ध साइबर ब्यूरोमा उजुरी

‘बेहुली फ्रम मेघौली’ फिल्मको शर्ट क्लिप्सहरू सामाजिक सञ्जालमा राख्ने प्रयोगकर्ताको अकाउन्ट बन्द हुने भएको छ । 

एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्न भ्रामक भिडियो बनाउने युवक पक्राउ

एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रामक भिडियो बनाउने २२ वर्षिय युवक पक्राउ परेका छन् । …

साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूको आग्रह

साइबर सुरक्षा नीतिको कार्यान्वयन र साक्षरतामा जोड दिन सरोकारवालाहरूले आग्रह गरेका छन् ।

…

अनलाइनबाट ठगी गर्ने नौ जना भारतीय नागरिक पक्राउ

प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। हेटौँडा उपमहानगरपालिका–४, पारिजा…

क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ परेका छन् ।

…

बेटिङ एपबाट ३ करोड बढीको कारोबार गर्ने एक युवक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ …

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारी पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारीलाई पक्राउ गरेको छ । 

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने एक युवकलाई काठमाडौं अपराध उपत्यका अनुसन्धान कार्…

कोलोकेसन सेवा सम्बन्धि कानुनी व्यवस्था गर्न महालेखाको निर्देशन

महालेखापरीक्षकको कार्यालयले कोलोकेसन सेवा सम्बन्धि कानुनी व्यवस्था गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएको छ । <…

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना

‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र&rsq…

प्रलोभनमा पारेर अनलाइनबाट ठगी गर्ने चारजना पक्राउ, बाइनान्सबाट १० करोड बढीको कोरोबार

अनलाईनमार्फत ठगी गरेर बाइनान्स एपबाट लगानी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । उक्त कार्यमा संलग्न काभ्रेका सुदीप प्याकुरेल, स…

बेटिङ एप्लिकेसनमार्फत २ अर्ब बढी कारोबार गर्ने व्यक्ति पक्राउ

वानएक्स बेट, जुवा ३६५, क्रिप्टोमार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । 

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्द…