साइबर सुरक्षा
नेपाल प्रहरीको नाममा फिसिङ इमेल फैलिँदै, साइबर ब्यूरोले जारी गर्यो चेतावनी
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो नाम र नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम दुरुपयोग गरी पठाइने नक्कली (फिसिङ) इमेलप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
ब्यूरोले बिहीबार सूचना जारी गर्दै हाल केही व्यक्तिले "तपाईंले अश्लील तथा गैरकानुनी वेबसाइट हेर्नुभएको छ, कानुनी कारबाहीबाट बच्न तत्काल जवाफ दिनुहोस्" भन्ने आशयका इमेल प्राप्त गरेको जानकारी आएको जनाएको छ । त्यस्ता इमेलमा नेपाल प्रहरीको नाम र लोगो प्रयोग गरिएपनि ती पूर्ण रूपमा भ्रामक र ठगी गर्ने उद्देश्यले पठाइएका फिसिङ इमेल भएको साइबर ब्यूरोले स्पष्ट पारेको छ ।
साइबर ब्यूरोका अनुसार नेपाल प्रहरीले आधिकारिक रूपमा nepalpolice.gov.np डोमेनबाट मात्र इमेल पठाउने गर्छ । उदाहरणका रूपमा [email protected] आधिकारिक इमेल रहेको उल्लेख गरिएको छ ।
ब्यूरोले कुनै पनि शंकास्पद इमेल वा इन्टरनेटमा देखिएका सूचनामाथि विश्वास गर्नुअघि तथ्य जाँच (फ्याक्ट चेक) गर्न आग्रह गरेको छ । साथै, यस्ता फिसिङ इमेल प्राप्त भएमा त्यसलाई "Mark as Spam" वा "Report Spam" गरेर रिपोर्ट गर्न पनि अनुरोध गरिएको छ ।
साइबर ब्यूरोले फिसिङ इमेल नेपालमा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो साइबर अपराधको एक माध्यम भएकाले यस्ता सन्देशमा प्रतिक्रिया नदिन र व्यक्तिगत वा बैंकिङ विवरण कुनै पनि अवस्थामा साझा नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ ।

साइबर सुरक्षा
ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवक पक्राउ
काठमाडौं । ई-सेवा डिजिटल वालेटको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइ…
विवाहको प्रलोभन देखाई सामाजिक सञ्जालमार्फत ठगी, दुई जना पक्राउ
काठमाडौं । विवाह गर्ने प्रलोभन देखाएर सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर …
साइबर ब्युरोको अलर्ट : यस्तो लिंक खोले मोबाइल बैंकिङ नै हुन सक्छ ह्याक
काठमाडौं । फिफा विश्वकप २०२६ नि:शुल्क रूपमा हेर्न सकिने प्रलोभन देखाउँदै अनलाइन माध्यमबाट ठगी गर्ने घटना बढे…
विश्वभर घट्दो जन्मदरमा आईफोनको भूमिका ? १२८ देशको अध्ययनले उठायो नयाँ प्रश्न
काठमाडौं । सामान्यतया कुनै देशको आर्थिक अवस्था राम्रो हुँदै जाँदा जन्मदर घट्ने गर्छ । तर पछिल्ला दुई दशकम…
हराएको सिमकार्डको दुरुपयोग गरी २४ लाखभन्दा बढी ठगी, २ जना पक्राउ
काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न…
एआई प्रयोग गरी प्रहरीको दुष्प्रचार गरेको आरोपमा एक युवक पक्राउ
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एआईको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर परिमार्जन गरेर सामाजिक सञ्ज…
अनलाइन नेटवर्किङ व्यवसायको बहानामा ठगी, ४५३ नेपाली नागरिकको उद्धार
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा सञ्चालन भइरहेको कथित नेटवर्किङ ठगीमा फसेका ४५३ जना नेपा…
नक्कली कपीराइट अलर्टबाट ह्याकिङ प्रयास, एक क्लिकमै खाता जोखिममा
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्महरूमा नेपाल टेलिभिजन (NTV) …
सामाजिक सञ्जालमा मोनिटाइजेशनको नाममा ठगी बढ्दो, प्रयोगकर्ता सतर्क हुन आग्रह
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा फेसबुक, टिकटक वा अन्य डिजिटल प्लेटफर्मको मोनिटाइजेशन सहज, सस्तो वा ग्…
वाट्सएपका पाँच एण्टि-स्क्याम टुल्स, जसले तपाईंलाई ठगीबाट जोगाउन सक्छन्
काठमाडौं । स्क्यामरहरू लगातार नयाँ-नयाँ तरिकाले मानिसहरूलाई स्क्याम गरिरहेका छन् । ओटीपीदेखि लिएर वास्त…
सेल्फीमै लुकेको साइबर खतरा : एआईले औंठाछाप चोरेर तपाईंको डिजिटल पहिचान जोखिममा पार्न सक्छ
काठमाडौं । के तपाईंलाई थाहा छ, तपाईंले साथीहरूसँग हाँस्दै क्यामेरातिर ‘भी’ (V) साइन बना…
मेसिनले पनि तर्क गर्न थालेपछि साइबर आक्रमणको युग कस्तो हुन्छ ?
काठमाडौं । नेपालमा डिजिटल अपराध बढ्दै गएको समयमा साइबर सुरक्षाको परिभाषा नै बदलिन थालेको छ । अब चुन…
‘फेक कल’ मार्फत प्रधानमन्त्री कार्यालयको नाममा धम्की, आरोपी पक्राउ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका १३ का वडासच…
सामाजिक सञ्जालमा धम्की दिँदै रकम असुल्ने व्यक्ति साइबर ब्युरोको फन्दामा
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत एक महिलालाई ब्ल्याकमेल गरी मानसिक तनाव दिँदै आर्थिक लाभ लिने एक युवकल…
अनलाइन स्क्यामबाट बच्न बसाल्नुहोस् यी पाँच बानी
काठमाडौं । स्क्यामको डर आजकाल धेरैको मनमा छ । अनलाइन भुक्तानी गर्दा वा कुनै लिङ्कमा क्लिक गर्दा बैंक खात…