कीवर्डहरू -

भीपीएन: अनलाइन गतिविधि र डेटा सुरक्षित राख्ने नयाँ साइबर प्रोटेक्टर

भीपीएन: अनलाइन गतिविधि र डेटा सुरक्षित राख्ने नयाँ साइबर प्रोटेक्टर

काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरी प्रयोगकर्ताहरूले अनलाइन गतिविधि र आफ्नो जानकारी हैकर्सबाट लुकाउन सक्छन् । भीपीएनले प्रयोगकर्ताको सर्च हिस्ट्रीलाई अर्को सर्भरमा डायभर्ट गरेर तिनीहरूको डेटा र पहिचानसँग सम्बन्धित विवरणहरू सुरक्षित गर्छ । यहाँ हामी तपाईंलाई भीपीएन के हो र यसले प्रयोगकर्ताको डिजिटल सेफ्टी कसरी बढाउँछ भन्ने विस्तृत जानकारी दिँदैछौँ ।

भीपीएनको फुलफर्म भर्चुअल प्राइभेट नेटवर्क हो । यसले इन्टरनेट कनेक्शनलाई सेफ र सिक्योर बनाउँछ । सार्वजनिक वाई-फाई (पब्लिक वाइ-फाइ) प्रयोग गर्नेहरूका लागि यो अति आवश्यक हुन्छ । भीपीएनको मद्दतले प्रयोगकर्ताले आफ्नो अनलाइन डिजिटल पहिचान लुकाउन सक्छन् ।

जब प्रयोगकर्ताले भीपीएन प्रयोग गर्छन्, यसले उनको डिभाइस र इन्टरनेटबीचको सिधा लिंक रोक्दै एक पुलको रूपमा काम गर्छ । धेरैजसो हामी गुगलमा जे सर्च गर्छौँ, त्यसैसँग सम्बन्धित विज्ञापनहरू देख्न थाल्छौँ । यदि तपाईले भीपीएन प्रयोग गर्नुभयो भने, यसले तपाईंको विवरणलाई अर्को सर्भरमा डायभर्ट गर्छ, जसले इन्टरनेटमा तपाईं ट्रेस हुनबाट बचाउँछ र सर्च हिस्ट्रीसँग सम्बन्धित विज्ञापनबाट पनि सुरक्षा गर्द्छ ।

अनलाइन एड एजेन्सी मात्रै होइनन्, हैकर्स र स्क्यामर्स पनि इन्टरनेट प्रयोगकर्ताको हिस्ट्रीमा नजर राख्छन् । यो डेटा प्रयोग गरेर उनीहरूले प्रयोगकर्तालाई आफ्नो शिकार बनाउँछन् र व्यक्तिगत जानकारी चोर्छन् । भीपीएनको मद्दतले प्रयोगकर्ताले इन्टरनेटमा आफ्नो पहिचानलाई सुरक्षित राख्न सक्छन् ।

भीपीएनले कसरी काम गर्छ ?

भीपीएनले प्रयोगकर्ताको डेटा इन्टरनेटमा रुट गर्दा ती डाटा आइएसपी सँग जोडिएका सर्भरमार्फत पठाउँछ । यसले प्रयोगकर्ताको आईपी एड्रेस जेनेरेट गर्छ । आइएसपी प्रयोगकर्ताको आईपी एड्रेसमार्फत अनलाइन ट्र्याकिङ्‌ र आफ्नो सर्भरमा लगइनको लागि प्रयोग गर्छ । प्रायः आइएसपी प्रयोगकर्ताको विवरण बेग्लाबेग्लै एड एजेन्सीसँग सेयर गर्छ, जसले प्राइभेसी र सुरक्षा दुबै प्रभावित हुन सक्छ ।

जब कसैले भीपीएन प्रयोग गर्छ, भीपीएन प्रयोगकर्ताको डेटा होस्ट बन्छ र तेस्रो पक्ष (थर्ड पार्टी) सर्भरमार्फत इन्टरनेट गतिविधि गर्छ । यसले कुनै पनि थर्ड पार्टी वा आइएसपीलाई सिधै प्रयोगकर्ताको विवरण पत्ता लगाउन झन्झटिलो बनाउँछ ।

भीपीएनले प्रयोगकर्ताको डेटा एन्क्रिप्ट गर्छ । हैकर्सलाई यो डेटा अनएनक्रिप्ट गरेर प्रयोगकर्तालाई पहिचान गर्न गाह्रो हुन्छ । यसरी भीपीएनले प्रयोगकर्तालाई डिजिटल सेफ्टीको एक थप तह प्रदान गर्दछ ।

भीपीएन प्रयोग गर्दा हुने फाइदा

  • भीपीएनको मद्दतले प्रयोगकर्ताले आफ्नो भर्चुअल लोकेशन परिवर्तन गर्न सक्छन् र मन परेको सामाग्री सजिलै स्ट्रिम गर्न सक्छन् ।

  • ब्लक गरिएको वेबसाइटको सामाग्री हेर्न सकिन्छ ।

  • आफ्नो वास्तविक लोकेशन लुकाएर सरकारले वा सुरक्षा एजेन्सीहरूले प्रतिबन्धित साइटहरू प्रयोग गर्न पाइन्छ ।

  • हैकर्स र स्क्यामर्सबाट ट्र्याकिङ्‌बाट रक्षा मिल्छ ।

  • आईपी एड्रेसबाट पत्ता लगाउन मिल्ने अनलाइन सर्च गतिविधि पनि लुकाउन सकिन्छ ।