कीवर्डहरू -

इभेन्ट

एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (IC-AICSE 2026) काठमाडौंमा आज सम्पन्न भएको छ । एभरेस्ट इन्जिनियरिङ कलेजको आयोजनामा तथा हिमालयन इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको सहआयोजनामा बुधबार बुढानीलकण्ठमा सम्पन्न भएको सम्मेलनको प्रमुख आतिथि बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्र मणि पौडेल रहेका थिए ।

null

सम्मेलनका सदस्य सचिव सहप्राध्यापक इन्जिनियर राजन लामा तथा सहआयोजकका तर्फबाट इन्जिनियर चर्चित नगिलाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । इन्जिनियर प्रकृति गिरी र इन्जिनियर जस्मी खड्काले संयुक्त रूपमा उद्घोषण गरेको सम्मेलनको उद्घाटन सत्रमा अनुसन्धान पत्रहरूको निचोड संकलित Abstract Book को अनावरण गरिएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा OPEN का अध्यक्ष नवराज पाण्डे, CAN का प्रतिनिधि, IEEE Women in Engineering का अध्यक्ष डा. प्रतिमा प्रधान, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा आयोजक संस्थाका पदाधिकारीले नेपालमा एआई र कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङको विकास र सम्भावनाबारे मन्तव्य दिएका थिए ।

null

सम्मेलनमा नाइजेरियाको युनिभर्सिटी अफ एग्रिकल्चरका प्रोफेसर डा. डेनियल ओलुवासेगुन एडम्स, लिथुआनियाका प्रोफेसर डा. अदिबायो अबायोमी–अल्ली, दक्षिण कोरियाका प्रोफेसर डा. क्युङ वाई. बे र अस्ट्रेलियाको युनिभर्सिटि अफ टेक्नोलोजि सिड्नीका डा. सोजेन प्रधानले मुख्य वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाली र अन्य देशका विदेशी विज्ञ गरी २२० जनाले भाग लिएको सम्मेलनमा चार समानान्तर प्राविधिक सत्र सञ्चालन गरी एआई, कम्प्युटेसनल साइन्स तथा इन्जिनियरिङसँग सम्बन्धित विभिन्न विषयमा ३९ वटा अनुसन्धान पत्रहरू प्रस्तुत गरिएको थियो ।

null

समानान्तर प्राविधिक सत्रहरूको अध्यक्षता विषय विज्ञहरू ACEM का डा. विपुन मान पाटी, नेपाल इन्जिनियरिङ कलेजका डा. तुसिता चाँदनी शाही, नेपाल टेलिकमका डा. कमल लामिछाने तथा एभरेस्ट इन्जिनियरिङ कलेजका डा. सुनिल चौधरीले गरेका थिए ।

सम्मेलनलाई विभिन्न संस्था तथा निकायहरूबाट प्राविधिक तथा आर्थिक सहयोग समेत गरेका थिए । नेपाल इन्जिनियरिङ परिषद्ले सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका विज्ञहरूलाई १ घण्टा बराबरको निरन्तर पेशागतविकासको मुल्याङ्कन गरेका छन् । त्यसैगरी सम्मेलनलाई IEEE Nepal तथा समापन समारोहमा सह–आयोजक, प्रायोजक तथा सत्र अध्यक्ष र सह–अध्यक्षलाई सम्मान गरिएको थियो ।

मुख्य वक्ताहरूलाई प्रमुख आतिथिले, अनुसन्धान पत्र प्रस्तुतकर्ताहरुलाई सत्रका अध्यक्षहरूले र अन्य सहयोगीहरूलाई सम्मेलनका अध्यक्ष तथा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा कलेजका प्रमुख प्रशासकीय अधिकारी  अरुण कुमार भण्डारीले संयुक्तरूपमा प्रमाणपत्र वितरण गरेका थिए । अनुसन्धान पत्र प्रस्तुतकर्ता तथा अन्य सबै सहयोगीहरूलाई धन्यवाद दिँदै सम्मेलन अध्यक्षले समापन मन्तव्य दिएका थिए ।

इभेन्ट

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

ललितपुर । कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका क्षेत्रमा नवीनतम अनुसन्धान, वैज्ञानिक ज्ञान, प्राविधिक न…

राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु, २८ संस्थाका ६७ विद्यार्थीबीच प्रतिस्पर्धा

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी), नयाँ बानेश्वरमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाए…

नेपालको औद्योगिक क्षेत्रमा एआई र उद्योग ४.० को प्रयोगबारे छलफल हुने

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उद्योग ४.० को भूमिकाबारे छलफल …

टीम नेपाल दक्षिण कोरियामा हुने युवा रोबोटिक्स प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएन) ले सन् २०२६ को फस्ट ग्लोबल च्यालेन्ज (एफजीसी २०२६) मा नेपालको …

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालनमा, यात्रुलाई विशेष छुट र गिभअवे

काठमाडौं । नेपालको ट्राभल एप ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालन भइरहेको छ । सेप्टेम्बर २१ द…

डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न : डिजिटल रेजिलियन्स, डेटा, एआई र डिजिटल अर्थतन्त्रमाथि गहन बहस

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ ललित…

नेपाल टेक रोडशो युरोप २०२६ सम्पन्न, नेपाली प्रविधिलाई युरोपेली बजारसँग जोड्ने प्रयास

काठमाडौं । नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रो…

डिएनसी २०२६ : एआईमा आत्मनिर्भर नेपाल निर्माणका लागि पूर्वाधार र डेटा बलियो बनाउनुपर्नेमा जोड

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ मा नेपालको एआई (कृत्रिम बुद्धिमत्ता) इकोसिस्टम तथा डिजिटल क्षम…

वर्डक्याम्प काठमाडौं २०२६ सम्पन्न, एआईदेखि डिजिटल व्यवसायसम्मका विषयमा छलफल

काठमाडौं । नेपालमा वर्डप्रेस समुदायको प्रमुख प्रविधि सम्मेलनका रूपमा आयोजना गरिएको वर्डक्याम्प काठमाडौं २०२६ स…

आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल

काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुद…

बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न : नेपाली प्रविधि कम्पनीको क्षमता प्रदर्शन

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘ने…

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भ…

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न

काठमाडौं । एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ से…

काठमाडौंमा Konica Minolta Roadshow 2026 आयोजना हुँदै

काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागब…

‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६&rsqu…