इभेन्ट
बाँदर आतंक समाधान गर्ने एआई आधारित अवधारणाले जित्यो 'बिल्ड नेपाल ह्याकाथन २०२६'
काठमाडौं । नेपालका वास्तविक सामाजिक तथा आर्थिक समस्याको प्रविधिमार्फत समाधान खोज्ने उद्देश्यले आयोजित ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ सम्पन्न भएको छ । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुई दिने प्रतियोगितामा ग्रामीण क्षेत्रमा बाँदर आतंकबाट किसानको बाली जोगाउने प्रविधिमा आधारित परियोजना उत्कृष्ट घोषित भएको छ ।
‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित अगस्ट १ र २ मा सम्पन्न ह्याकाथनमा विभिन्न शैक्षिक संस्थाका ६० भन्दा बढी युवाले सहभागिता जनाएका थिए । उनीहरूले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड कम्प्युटिङ प्रयोग गरी नेपालका चुनौती समाधान गर्ने कार्यात्मक नमुना (प्रोटोटाइप) तयार गरेका थिए ।
प्रतियोगिताको ग्रान्ड प्राइज सनवे कलेजका विद्यार्थी समृद्धि डुम्रे, ग्रिस्मा कार्की, प्राची मगर र प्रिन्स केसी सम्मिलित ‘इनोभिजन’ टोलीले जित्यो । टोलीले ग्रामीण क्षेत्रमा किसानले भोग्दै आएको बाँदर आतंकलाई प्रविधिको सहायताले नियन्त्रण गर्ने समाधान प्रस्तुत गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।
दोस्रो स्थान मिड भ्याली इन्टरनेसनल कलेजकै विद्यार्थी शिशिर न्यौपाने, स्वीकृति तिमिल्सिना र आदित्य भण्डारी सम्मिलित ‘सेन्टिनाज’ टोलीले हासिल गर्यो । टोलीले डिजिटल प्रविधिमार्फत सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने अवधारणा प्रस्तुत गर्दै २५ हजार रुपैयाँ पुरस्कार जित्यो ।
प्रतियोगितामा सहभागी २१ टोलीले स्मार्ट कृषि, स्मार्ट सिटी, शिक्षा, पर्यटन तथा सम्पदा, साइबर सुरक्षा र डिजिटल अर्थतन्त्रजस्ता विषयमा नवीन समाधान विकास गरेका थिए । आयोजकका अनुसार सहभागी सबै परियोजनाले न्यूनतम व्यवहार्य उत्पादन (एमभीपी) तयार गरी निर्णायकसमक्ष प्रत्यक्ष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रका आठ जना विज्ञ तथा मेन्टरले सहभागी टोलीलाई प्रत्यक्ष मार्गदर्शन गरेका थिए । प्रोशोर, पिनाकिन टेक्नोलोजिज, जेनेसे, भायानेट, दामी एक्सपिरियन्सलगायतका संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
आयोजकका अनुसार ह्याकाथनको उद्देश्य विद्यार्थीलाई केवल अवधारणा प्रस्तुत गर्ने अवसर दिनु मात्र नभई नेपालका वास्तविक समस्यालाई प्रविधिमा आधारित व्यावहारिक समाधानमा रूपान्तरण गर्न प्रेरित गर्नु हो । ज्ञानेश्वरस्थित मिड भ्याली इन्टरनेसनल कलेजले आगामी दिनमा पनि यस्ता नवप्रवर्तनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
इभेन्ट
युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव : काठमाडौं युथ कन्क्लेभ २०२६ शनिबार हुँदै
काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ क…
काठमाडौंमा अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा सम्मेलन हुँदै, सेसन प्रस्ताव आह्वान
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) र साइबर सुरक्षाले विश्वव्यापी डिजिटल इकोसिस्टमलाई तीव्र रूपमा रूपान्तरण गरि…
कक्षाकोठाबाट विश्व मञ्चसम्म: विद्यार्थीलाई रोबोटिक्स, एआई र नवप्रवर्तनसँग जोड्ने राष्ट्रिय अभियान सुरु
काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले…
‘ब्लु सर्ज २०२६’ मा सहभागी हुन यामाहा नेपालका साझेदार थाइल्यान्ड प्रस्थान
काठमाडौं । यामाहा नेपालको आयोजनामा यहि जुलाई २७ देखि ३१ सम्म थाइल्याण्डको पटायामा सम्पन्न हुन गइरहेको…
एआई, रोबोटिक्स र नवप्रवर्तनमार्फत नेपालको भविष्य निर्माणमा जोड दिँदै ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्…
सानोग ४४ मा नेपालसहित दक्षिण एसियाका ६ अग्रणी इन्टरनेट अभियन्ता सम्मानित
काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४ औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभि…
नोभेम्बर २१-२२ मा हेरिटेज गार्डेनमा NAS-IT Expo 2026 आयोजना हुँदै
काठमाडौं । नेपाल एसोसिएसन फरसफ्टवेयर एण्ड आईटीसर्भिसेस कम्पनीज (NAS-IT) ले आगामी नोभेम्बर २१–२२, २०२६…
विद्यार्थी नवप्रवर्तनलाई प्रोत्साहन गर्न CodeFest 2026, दर्ता खुला
काठमाडौं । प्रविधि क्षेत्रमा सक्रिय संस्था Code for Change ले देशकै ठूलो विद्यार्थी नवप्रवर्तन तथा ह्याकाथन प्रति…
जुलाईमा काठमाडौंमा स्यानोग ४४, दक्षिण एसियाका नेटवर्क विशेषज्ञ एउटै मञ्चमा
काठमाडौं । दक्षिण एसियाको इन्टरनेट पूर्वाधार, नेटवर्क सञ्चालन तथा प्राविधिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्य…
आईटी करियरका लागि व्यावहारिक सिकाइ, न्यु समिट कलेजमा ‘वर्डप्रेस मिटअप’ आयोजना
काठमाडौं । वर्डक्याम्प काठमाडौं २०२६ को तयारीस्वरूप नयाँ बानेश्वरस्थित न्यु समिट कलेजमा आइतबार एक दिने &lsquo…
नेपालमा 'एआई इन जर्नलिजम वर्कसप' आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य
काठमाडौं । क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा 'एआई इन जर्नलिजम वर्कसप' …
एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन
काठमाडौं । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्…
ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्…
एआई र सुरक्षादेखि डिजिटल मार्केटिङसम्म : वर्डक्याम्प काठमाडौं २०२६ मा के-के हुँदैछ ?
काठमाडौं । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८…