इभेन्ट
नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबोटिक्स लगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरु)
टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ ।
प्रदर्शनीमा बीएससी आइटी अद्ययनरत विद्यार्थीहरूले एआई, सफ्टवेयर र वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियामा आधारित ५० परियोजना प्रदर्शन गरेका छन्। प्राविधिक र व्यावसायिक सम्भावना बोकेका परियोजनाहरू निर्माण गर्न करिब १७० विद्यार्थी आवद्ध छन् ।
प्रदर्शनीमा पुष्प वृष्टि गराउने एफ पीभी ड्रोन, रोबो सकर्स (फुटबल खेल्ने रोबोट), डान्सिङ रोबट (गीतमा नाच्ने), इमोसन डिटेक्शन सिस्टम (एआईद्वारा अनुहारको भावना पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने), डाँफे अपरेटिङ सिस्टम, ईभी बाईक, स्मार्ट होम सिस्टम (ग्यास लिक हुँदा स्वचालित अलार्म र कट प्रणाली), भूकम्प तथा बाढी पहिरोको सूचना दिने प्रणाली, नेप्से प्रेडिक्ट सफ्टवेयरलगायत छन्।
उद्घाटनमा पुष्पवृष्टिका लागि प्रयोग भएको ड्रोन भविष्यमा डेलिभरी सेवामा उपयोगी हुने गरी विकास गर्ने विद्यार्थीहरुको भनाइ छ ।

साइबर सुरक्षाका परियोजनाहरूले अनलाइन ठगी, डेटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्नसक्ने केसीले बताए ।
स्मार्ट इरिगेसन र टुरिजम प्रवर्द्धन गर्ने सफ्टवेयरहरू पनि प्रदर्शनमा छन्। प्रदर्शनीमा अटोनोमस र ३६० डिग्री क्यामेराद्वारा रिमोटली नियन्त्रण हुने गाडी पनि राखिएको छ ।
अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँको थापागाउँ, बानेश्वरमा सन्चालित प्रेसिडेन्सियल ग्र्याजुएट स्कूलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देशले आयोजित प्रदर्शनी आयोजना गरिएको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए।
आइतबारसम्म चल्ने प्रदर्शनीको प्रवेश नि:शुल्क रहेको छ ।



इभेन्ट
लुम्बिनी प्रदेशमा पहिलो एआई ह्याकाथन सम्पन्न, सहभागीले एआईबाट बनाए एक घण्टामै १८ एप्स तथा प्रोजेक्ट
लुम्बिनी प्रदेशमा आयोजित पहिलो ह्याकाथनमा सहभागीहरूले म्यानस एआईको प्रयोग गरी एक घण्टाको अवधिमा कुल १८ वटा एप, वेबसाइट तथा अन्…
सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘KCC Exhibit 2025’ सुरू भए…
केन्यामा डिजिटल लिडरशिप तालिम गर्दै आईडीआई, नेपालबाट पनि सहभागी हुन सकिने
इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (IDI) ले केन्यामा डिजिटल लिडरशिप सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । सेप्टेम्बर १ देखि सञ्…
आजदेखि कान्तिपुर सिटी कलेजमा केसीसी एक्जिबिट, ४० बढी विद्यार्थीका परियोजनाहरू प्रदर्शनी हुने
पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले यस वर्षको प्रतिष्ठित प्रविधि र शैक्षिक प्रदर्शनी ‘KC…
१०औं संस्करणको आइसिटी अवार्डमा कसरी पठाउने अनलाइन नोमिनेसन ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (…
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा दुई दिने एआई ह्याकाथन हुँदै, कसरी हुने सहभागी ?
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा यसै हप्ता दुई दिने एआई कार्यशाला तथा ह्याकाथन कार्यक्रम हुने भएको छ । 'थिङ्क, बिल्ड, एन्ड स्क…
साउन १६ र १७ गते केसीसी एक्जिबिट, विद्यार्थीहरूका नवीन आईटी परियोजना देख्न पाइने
कान्तिपुर सिटी कलेज (KCC) ले आगामी साउन १६ र १७ गते दुई दिने ‘केसीसी एक्जिबिट २०२५’ आयोजना गर्ने भएको छ । …
नयाँ प्रविधिमा युवतीहरूको पहुँच बढाउँदै ‘गर्ल्स इन आइसिटी नेपाल’, सुर्खेत र इटहरीमा तीनदिने तालिम सम्पन्न
नेपाल दूरसञ्चार प्राधिकरण र अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु) को सहकार्यमा ‘गर्ल्स इन आइसिटी नेपाल’ अन्तर्गत कर्ण…
टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारी
हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ । यसले देशभरका पत्रकार, डिजिटल …
रूपन्देहीमा तीनदिने नेटवर्किङ बुटक्याम्प आयोजना हुदै, यसरी हुनुहोस् सहभागी
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था सीएसआईटी एशोशिएसन अफ रूपन्देहीले विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासलाई ल…
म्यानस एआईसँगको सहकार्यमा एआई ह्याकाथन सम्पन्न, प्रम्प्टबाटै एक घण्टामा १४ एप्स निर्माण
असार २८ गते शनिबार काठमाडौंमा एआई ह्याकाथन सम्पन्न भएको छ । उक्त ह्याकाथनमा सहभागीहरूले एक घण्टाभित्रै १४ वटा एप्स निर्माण गरेका…
साउन ९ देखि डीएभी कलेजमा ह्याकाथन हुँदै, स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्ने
ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आगामी साउन ९ देखि ११ गतेसम्म (जुलाई २५–२७) राष्ट्रिय स्तरको तीन दिने ह्याकाथन &lsq…
असार ३२ गतेदेखि सफ्टवेयरिका कलेजमा चारदिने ‘टेकएक्स एलिभेट’ हुँदै, यस्ता छन् आकर्षण
सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘
नेपालका प्रतिभाशाली युवाहरूको एउटा टोली एआई फर गुड - रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन स्वीट्जरल्यान्…
रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५ मा सहभागी हुन नेपाली युवा टोली जेनेभा प्रस्थान
बुटवल र धनगढीमा युवतीहरूका लागि आयोजना भएको कोडिङ वर्कशप सम्पन्न
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा बुटवल र धनगढीमा युवतीहरूका लागि आयोजना भएको कोडिङ वर्कश…