इभेन्ट
नाइमा नेपाल मोबिलिटी एक्स्पोको तेस्रो दिन : वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भएपनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका हुन् । तीन दिनमै ७७ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् ।
आयोजकका अनुसार पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका हुन् । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।
नयाँ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् । विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई आफ्नो आवश्यकता र बजेटअनुसारको सवारीसाधन छनोट गर्न सहज भएको छ ।
ललितपुरको भैंसेपाटीका विक्रम सुवेदीले एक्स्पोमा सबै खालका ग्राहकको क्षमता र बजेटअनुसारका सवारी साधन रहेको बताए । “१६–१७ लाखदेखि ३ करोडभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिएका रहेछन्,” उनले भने, “जत्रो गोजी छ, त्यस्तै कार चढ्न पाउनु पनि राम्रो कुरा हो ।”
दुईपाङ्ग्रे सवारी साधनका स्टलमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेष गरी महँगा ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा युवाको आकर्षण देखिएको छ । अवलोकनकर्ताहरूले नाइमा एक्स्पोलाई आफ्नो क्षमता र आवश्यकताअनुसारको सवारी साधन छनोट तथा बुकिङ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
उनीहरूले विशेष गरी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी–ग्यारेन्टी तथा रिसेल भ्यालूलगायत विषयमा चासो राखेका छन् ।
कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, नि:शुल्क सर्भिसिङ तथा न्यून दरमा कर्जा सुविधा जस्ता अफर उपलब्ध गराइएको छ ।
एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ वटा नयाँ मोडलका सवारी साधन सार्वजनिक गरिसकेका छन् । मेला अवधिभर करिब डेढ लाखले एक्स्पो अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

नाइमा मोबिलिटी संवादमा वित्तीय विषयमा छलफल
आजको ‘नाइमा मोबिलिटी संवाद’ अन्तर्गत “Mobility Through Finance & Insurance” विषयमा छलफल तथा अन्तर्क्रिया भएको छ । उद्यमी एवं वित्तीय साक्षरता विज्ञ संजोग कोइरालाले सहजीकरण गरेको संवादमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त तथा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर प्यानलिस्टका रूपमा सहभागी थिए ।
बुधबारको ‘Learning Sessions’ मा “मोबिलिटी : हिजो, आज र भोलि” विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो । एक्स्पोको पहिलो दिन मंगलबार “Investment and Foreign Direct Investment (FDI): Mobility–Fuel for Economic Growth” विषयमा छलफल गरिएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ ।
साउन ३१ सम्म चल्ने एक्स्पो
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि विभिन्न नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराइरहेका छन् । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल ‘पावर्ड बाई’ पार्टनरका रूपमा रहेको छ ।
बैंकिङ पार्टनरका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।
त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड तथा राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड रहेका छन् ।
हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलेन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियनपे, अडियो–भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड तथा डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड रहेका छन् ।
भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड तथा पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
इभेन्ट
पाँच वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सांसद गजुरेल
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले आगामी पाँच वर्षभित्रमा याताय…
महिलाको सम्मानमा इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो व्यावसायिक पहिचानलाई सांस्कृतिक र सामाज…
काठमाडौंमा क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स, एआई युगमा विद्यार्थीको सञ्चार सीप विकासमा जोड
काठमाडौं । क्याम्ब्रिज युनिभर्सिटी प्रेस एन्ड एसेसमेन्टले काठमाडौंमा ‘क्याम्ब्रिज इङ्लिस लिडरसिप कन्फरेन्स (C…
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु, विद्युतीय र नवीनतम सवारी साधनको भव्य प्रदर्शनी
काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) काे आयाेजनामा आज साउन २६ देखि …
नेपाली स्टार्टअपको विश्व बजार विस्तारमा अमेरिकी दूतावासको साथ, २० उद्यमी सम्मानित
काठमाडौं । नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चाल…
प्लस टु सकिएका युवादेखि डेभलपरसम्म, ‘Hack4Impact’ ले जोड्यो नयाँ पुस्ताका टेक प्रतिभा
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा व्यावहारिक तथा समस्या समाधानमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उद्द…
नेपाल फिनटेक एक्स्पो २०२६ हुँदै, एआईदेखि डिजिटल बैंकिङसम्मका प्रविधि प्रदर्शनीमा
काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले ने…
यूरोप पुग्दै नेपाली टेक, नास-आईटीले गर्दै ‘नेपाल टेक रोडशो २०२६’
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले नेपाली सूचना प्रविधि (आईटी) …
बाँदर आतंक समाधान गर्ने एआई आधारित अवधारणाले जित्यो 'बिल्ड नेपाल ह्याकाथन २०२६'
काठमाडौं । नेपालका वास्तविक सामाजिक तथा आर्थिक समस्याको प्रविधिमार्फत समाधान खोज्ने उद्देश्यले आयोजित ‘ब…
विद्यार्थीका आइडियालाई स्टार्टअपमा रूपान्तरण गर्ने लक्ष्यसहित राष्ट्रिय ह्याकाथन, विजेतालाई ५० हजार रुपैयाँ
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (+२) उत्तीर्ण गरेका विद्यार्थीहरूमा नवप्रवर्तन, प्रविधि र उद्यमशीलता प्रवर्द्धन ग…
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्य रूपमा सम्पन्न, युवालाई स्वदेशमै अवसर खोज्न आह्वान
काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ २०२६’ भव्य रूपमा सम्पन्न भएक…
‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा …
युवा नेतृत्व, उद्यमशीलता र प्रेरणाको उत्सव : काठमाडौं युथ कन्क्लेभ २०२६ शनिबार हुँदै
काठमाडौं । युवाको नेतृत्व, प्रेरणा, उद्यमशीलता र नागरिक सहभागितालाई सशक्त बनाउने उद्देश्यसहित काठमाडौं युथ क…
काठमाडौंमा अन्तर्राष्ट्रिय एआई तथा साइबर सुरक्षा सम्मेलन हुँदै, सेसन प्रस्ताव आह्वान
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) र साइबर सुरक्षाले विश्वव्यापी डिजिटल इकोसिस्टमलाई तीव्र रूपमा रूपान्तरण गरि…
कक्षाकोठाबाट विश्व मञ्चसम्म: विद्यार्थीलाई रोबोटिक्स, एआई र नवप्रवर्तनसँग जोड्ने राष्ट्रिय अभियान सुरु
काठमाडौं । नेपालमा विद्यालय तहका विद्यार्थीलाई विज्ञान, प्रविधि र नवप्रवर्तनसँग व्यवहारिक रूपमा जोड्ने उद्देश्यले…