काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रुपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । यो वन युआई ९ सहित आएको ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो । यसले सुरूदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम ग्यालेक्सी अनुभव पुर्याउने छ ।
उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट ग्यालेक्सी एआईका साथ यसले दैनिक फोटो खिच्ने, क्रियट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउने छ । पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरुलाई ध्यानमा राख्दै तयार गरिएको ग्यालेक्सी एस२६ एफईले ग्यालेक्सी एस सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको छ ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, सामसङ नेपाल, प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधाहरुलाई अझ धेरै ग्राहकसम्म पुर्याउने छ ।
नयाँ ग्यालेक्सी फोल्डेबलहरुमा प्रस्तुत गरिएको माई फ्यानक्याम अब ग्यालेक्सी एस२६ एफई मा पनि उपलब्ध छ । यसले चुनिएको व्यक्तिलाई आफैँ ट्रयाक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको सिनअनुसार भिडियोको फ्रेमलाई मिलाउँछ ।
फोनमा रहेको वान युआई ९ र ग्यालेक्सी एआईले प्रयोगकर्ताको दैनिक रूटिनअनुसार आवश्यक विवरण व्यवस्थित गर्न मद्दत पु¥याउँछ । प्रयोगकर्ताले मौसम र स्वास्थ्यसम्बन्धी जानकारी दिने ब्रिफिङ कार्डहरु आफैँ रोज्न वा सामान्य निर्देशन दिएर नयाँ कार्ड बनाउन सक्नेछन् ।
आठ जिबी र्याम र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध यस फोनको खुद्रा बिक्री मूल्य १ लाख २४ हजार ९९९ रूपैयाँ तोकिएको छ । फोन खरिदमा ग्राहकका लागि २४ महिने किस्ताबन्दी (इएमआई) सुविधा उपलब्ध गराइएको छ । यसअन्तर्गत ग्राहकले मासिक ३ हजार ३९२ रूपैयाँ किस्ता तिरेर फोन खरिद गर्न सक्नेछन् ।
आईसीटी समाचार