कीवर्डहरू -

प्रोफाइल

नेपाल बैंककी डिजिटल सारथी

१९ वर्षअघि बन्दना शर्मा नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइन्थ्यो । १९ वर्षको अन्तरालमा प्रविधि विकासक्रमले धेरै फड्को मारेको छ ।

आईटीले आफ्नो प्रभुत्व जबरजस्त रूपमा स्थापित गरिरहेको छ । त्यसैले त, १९ वर्षअघि सहायक क्षेत्रको रूपमा लिइने आईटी आज ‘मुख्य क्षेत्र’को रूपमा स्थापित हुन सफल भएको छ । 

सन् २००६ मा इन्फर्मेसन सपोर्ट अफिसरबाट नेपाल बैंकमा करियर सुरू गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइने गरेको बन्दना शर्मा बताउँछिन् । 

‘नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइने चलन थियो । जेनेरेटर बिग्रिदा पनि आईटीको मान्छेलाई बोलाउने गरिन्थ्यो,’ उनले आइसिटी समाचारसँग भनिन, ‘हाल आईटीले ठूलो फड्को मारिसकेको छ । त्यो समयमा कल्पना गर्न विकास अहिले आईटीमा भएको छ ।’

 

इन्फर्मेसन सपोर्ट अफिसरबाट प्रवेश गरेकी शर्मा अहिले नेपाल बैंकमा वरिष्ठ प्रबन्धकको रूपमा कार्ड तथा डिजिटल बैंकिङ डिभिजनकी प्रमुखको काम गरिरहेकी छन् । 

पछिल्लो समय बैंकिङ काम डिजिटल माध्यमबाट हुन थालेको छ । खाता खोल्नेदेखि कारोबार गर्नेसम्मको कामका लागि बैंक नै जानु पर्दैन् । नेपाल बैंकले पनि प्रविधिको रूपान्तरणमा ठूलो फड्को मारेको छ । नेपाल बैंकलाई प्रविधिमा अब्बल बनाउन पनि शर्माको भूमिका उल्लेखनीय छ । 

भैरहवामा जन्म, धनगढीमा पढाइ 

सानैदेखि आईटीमा रूची भएकी बन्दना भैरहवामा जन्मिएकी हुन् । तर उनको बाल्यकाल सुदूरपश्चिम प्रदेशको धनगढीमा बित्यो । प्रारम्भिक तथा माध्यमिक तहसम्मको शिक्षा धनगढीमै अध्ययन गरेकी शर्माले प्लस टु तहमा विज्ञान संकाय अध्ययन गरिन । 

विद्यालय तहमा पढाइसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उनी राम्रो थिइन । प्लस टु सम्मको अध्ययन पूरा गरेपछि उनलाई आईटी पढ्न मन लाग्यो । आईटी पढ्न धनगढीबाट बुटवल आइन ।

बुटवलमा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पहिलो कलेज क्रिमसन कलेज अफ टेक्नोलोजीबाट ब्याचलर इन कम्प्युटर एप्लिकेशन (बीसीए) अध्ययन गरेकी छन् । विश्वविद्यालयबाट बीसीए अध्ययन गर्ने पहिलो ब्याचकी विद्यार्थी समेत हुन् । 

null

बीसीए पूरा गरेपछि स्नातकोत्तर अध्ययनका लागि उनले काठमाडौं रोजिन्, जहाँ त्यतिबेला आईटी क्षेत्र विस्तार हुँदै थियो । सन् २००४ मा अल्लाहबाद युनिभर्सिटी भारतबाट सम्बन्धन प्राप्त होप इन्टरनेसनल कलेज, बानेश्वरबाट एमएससी आईटी डिस्टेन्स मोडमा पूरा गरेकी थिइन । 

उनले पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी उनले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । एमएससी आईटी गर्दा कक्षाकोठामा उनी एक मात्र महिला थिइन । सानैदेखि प्रविधिमा भविष्य बनाउने सोचेको शर्माले ती सबै तमाम चुनौतीहरूलाई चिर्दै अगाडि लम्किरहिन् ।

 सपोर्ट अफिसरदेखि वरिष्ठ प्रबन्धसम्म

सन् २००६ मा सपोर्ट अफिसरको आईटी करियर सुरू गरेकी शर्माले अहिले व्यवस्थापकीय भूमिकामा पुगेकी छन् । सन् २००६ मा लोकसेवा आयोगले लिएको नेपाल बैंक लिमिटेडको इन्फर्मेसन सपोर्ट अफिसर (आईटी) पदमा परीक्षा लियो । उक्त परीक्षामा सफल भई जनवरी २००६ देखि सहायक प्रबन्धकका रूपमा सरकारी सेवामा प्रवेश गरेकी थिइन् । सुरू सुरूमा बैंकमा काम गर्दा जेनेरेटर बिग्रिदा पनि शर्मालाई बोलाउथे ।

अफिसमा जेनेरेटर बिग्रिदा पनि आईटीको मान्छे शर्माजीलाई बोलाउनुपर्छ भनेर अरू मान्छेले बोलाउने गरेको अनुभव उनको मानसपटलमा ताजै छ । तर अहिले आईटीमा ठूलो रूपान्तरण भएको छ । हरेक क्षेत्रमा आईटीको प्रयोग अनिवार्य जस्तै भएको छ । बैंकमा यसबाट अछुतो रहन सक्ने कुरै भएन् । 

null

नेपाल बैंकको डिजिटलीकरण गर्नमा पनि शर्मा र उनीसँगै प्रवेश गरेको टिमको ठूलो योगदान छ । नेपाल बैंकलाई म्यानुअल देखि कम्प्यूटराइजेसन तर्फ लग्नेकाम उनीहरूले नै गरेका थिए । हरेक ग्राहकको विवरण पाउन कयौँ फाइलहरु पल्टाउनु पर्ने झन्झट अन्त्य गर्दै सबै कुरा डिजिटल प्रणालीमा राखेको उनले जानकारी दिइन् ।

नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

हाल नेपाल बैंकका लाखौं ग्राहकहरू डिजिटल प्रविधिसँग जोडिएका छन् । कार्यालयसम्म नगइ मोबाइलबाटै सेवा लिइरहेका छन् । 

सन् २०१८ मा इन्फरमेसन सेक्युरिटी अफिसर भएर काम गर्दा शर्माले नै नेपाल बैंकको आईटी जोखिमलाई कम गर्न सबै प्रक्रियाहरूको बेन्चमार्क गर्ने काम उनकै नेतृत्वमा भएको थियो । 

सन् २००६ मा सपोर्ट अफिसर हुँदै सुरू भएको उनको यात्रा वरिष्ठ प्रबन्धकसम्म पुगेको छ । हाल उनले नेपाल बैंकमा महत्त्वपूर्ण डिभिजन कार्ड तथा डिजिटल बैंकिङको नेतृत्व गरिरहेकी छन् र नेपाल बैंकलाई डिजिटल बैंकिङमा अग्रणी बनाउन निरन्तर लागिरहेकी छन् । 

महिला भएकै आधारमा कामप्रति शंका

१८ वर्षको करियरमा हेर्दा आईटी क्षेत्रमा अपेक्षित रुपमा महिलाको सहभागीता वृद्धि हुन् नसकेको उनी बताउँछिन् । ‘नेपालमा मात्रै नभएर कुल विश्वकै आईटी क्षेत्रमा महिलाको सहभागिताको कुरा गर्ने हो भने पनि महिलाहरूको संलग्नता कम छ,’ शर्मा भन्छिन् । 

null

आईटी क्षेत्र भर्खर भर्खर ग्रो भइरहेका बेला दुई दशक अगाडि यसमा करियर बनाउने सोच्नु नै ठूलो साहसीक कदम थियो । त्यो साहसिक कदम अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । 

पुरूष प्रधान समाजमा बेग्लै स्थान बनाउँदै चुनौतीलाई अवसरको रुपमा लिने निर्णय त्यो बेला कुनै पनि महिलाका लागि सहज थिएन । तर पनि शर्माले कहिल्यै हार मानिनन् । निरन्तर लागिरहिन् । त्यही निरन्तरताको प्रतिफल हो, अहिलेको उनको सफलता । 

बैंकमा काम गर्दै गर्दा उनको सरूवा रिजनल आईटी हेडको रुपमा धनगढी शाखामा भयो । सरूवा भएपछि जानु नै पर्‍यो । त्यहाँ गएपछि उनको शाखा प्रबन्धकको धेरै प्रश्नको समान गर्नुपरेको शर्माले बताइन् ।

‘रिजनल आईटी हेडको रुपमा धनगढी शाखामा सरूवा भयो । त्यसभन्दा अगाडि सोही पदमा पुरुष कार्यरत हुनुहुन्थ्यो,’ उनले भनिन, ‘सरूवा भएर गएपछि शाखा प्रबन्धकले पहिलेको जस्तै गरी काम गर्न सक्नुहुन्छ ? महिला भएर फिल्डमा जान सक्नुहुन्छ ? जस्ता कयौं प्रश्न तेर्स्याइएको थियो ।’ 

काम नै नदेख्दै महिला भएकै आधारमा काम प्रति शंका गरिएको अनुभव उनको छ । शर्मा गत वर्ष एनसेल वुमन आईकन आईसिटी अवार्ड २०२४ बाट पनि सम्मानित भएकी थिइन् । 

यहाँसम्म आउनुमा शर्मालाई परिवारको पनि ठूलो सहयोग छ । एमआईएस युनिटको प्रमुख तथा कोर बैकिंगमा काम गर्दैगर्दा उनी रातको दुई बजेसम्म अफिसमै बसेर पनि काम गर्नुपर्थ्यो ।

परिवारको सहयोगले उनलै ढुक्कले आईटीमा काम गर्न पाइन । ढुक्क भएर आईटीमा काम गर्न पाउनु पछाडि परिवारको पनि ठूलो योगदान रहेको उनी बताउँछिन् ।

null

नेपाल बैंक बाहेक पनि शर्मा अन्य विभिन्न संस्थामा समेत सक्रिय छिन् । नेपाल वित्तीय कर्मचारी संघको उपाध्यक्षको रूपमा समेत काम गरेकी शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर  आफ्नो अनुभव बाँडिरहेकी छन् । 

हाल वुमन आइकन आइसिटी अवार्डका लागि नोमिनेसन खुल्ला रहेको छ ।  वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ ।

यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले ११ अक्टोबर, २०२५ सम्म नोमिनेसन दर्ता गर्न सक्नेछन् । 

 

प्रोफाइल

असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’

अनेक असफलताबाट सफलताको शिखरमा चेढेका चिनियाँ उद्यमी तथा अर्बपति हुन्, ज्याक मा । सन् १९६४ मा चीनमा जन्मिएका ज्याक माले प्रारम्भि…

प्रविधि क्षेत्रको लैंगिक असमानता हटाउन रेश्मा सौजानीले सुरू गरेको ‘गर्ल्स हु कोड’

प्रविधि क्षेत्रमा लैंगिक विभाजन धेरैहदसम्म कम हुँदै गएको छ । तर अझै पनि पुरूषको तुलनामा महिला सहभागिताको अनुपात निकै कम नै …

ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म

आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारम…

वेटरबाट काम सुरू गरेका एडम मसेरीको इन्स्टाग्रामको प्रमुख बनेसम्मको यात्रा

सोशल मिडिया एप्लिकेसन इन्स्टाग्राम विश्वको लोकप्रिय सामाजिक सञ्जाल मध्ये एक हो । विशेष गरी युवापुस्ताको रोजाइमा इन्स्टाग्…

स्वदेश तथा विदेशका ६ हजार ४०० बढी रेष्टुरेन्टमा प्रयोग हुने नेपाली सफ्टवेयर ‘रेष्ट्रोएक्स’

पोखराका स्वदेश नेपाली, कोरोना महामारी अगाडिसम्म साझेदारीमा पोखरामा होटल सञ्चालन गरिरहेका थिए …

विद्युतीय सामग्री मात्रै किनबेच गर्न मिल्ने ई-कमर्स ‘मोबाइलमाण्डु’ हाँकिरहेकी खिमा

सन् २०१९ तिर नेपालको ई-कमर्स बजार भर्खर भर्खर फस्टाउन थालेको थियो । विभिन्न ई-कमर्स प्लेटफर्महरू बजारमा आइरहेका थिए । तर इलेक्ट्रो…

म्यानमार र बंगलादेशका वित्तीय संस्थामा प्रयोग भइरहेको नेपाली सफ्टवेयर

नेपालमै विकास भइ विदेशमा विदेशमा सफलतापूर्वक सञ्चालन भइरहेको नेपाली सफ्टवेयरहरू एकदमै कम छन् । त्यही कम सफ्टवेयरमध्ये एक हो, ३…

डायनामिक टेक्नोसफ्टको वीरगञ्जदेखि अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग, २ सय जनालाई रोजगारी

मोफसलबाट सुरू गरिएको कम्पनीले छोटो समयमा अन्तर्राष्ट्रिय बजारसम्मको छलाङ्ग मार्न सफल भएको छ । आफै उद्यमशीलता गर्ने हुटहुटी भएका द…

फेसबुक पेजबाट सुरू भएको इन्टर्न र इन्टर्नसीपलाई जोड्ने प्लेटफर्म ‘इन्टर्नसाथी डटकम’

स्नातक तह अन्तिम वर्षमा अध्ययन गर्ने अधिकाशं विद्यार्थीहरूले इन्टर्नसीप अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तर कतिपय विद्यार्थीले इन्टर्नस…

एन्ड्रोइड एप राख्न र बिक्री गर्न मिल्ने नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’

नेपालको आफ्नै एप स्टोर ‘एप्सझोला’ सार्वजनिक भएको छ । बर्क्ली कम्प्युटरले नेपालको आफ्नै एन्ड्…

डिजिटल ठेगाना प्रणाली कताहो सुरू, घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गर्न सकिने

नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…

आफ्नो घरको ठेगाना प्लेट तयार पार्ने डिजिटल ठेगाना प्रणाली ‘कताहो’

नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपय…

राइड शेयरिङ बजारमा हात हाल्दै एफवान सफ्ट ग्रुप, ‘जुम जुम’ ल्याउने तयारी

नेपालको डिजिटल इकोसिस्टममा महत्त्वपूर्ण योगदान दिदै आएको एफवान सफ्ट ग्रुप अब राइड शेयरिङ बजारमा समेत प्रवेश गर्ने भएको छ । एफवा…

अनलाइनबाटै व्यवसाय दर्तादेखि नवीकरणसम्मको सेवा दिने स्टार्टअप जस्टचेक

कुनै पनि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिले कम्पनी दर्ता गर्नुपर्ने हुन्छ । तर नेपालमा कम्पनी दर्ता गर्न अनेकौं झन्झट छ । धेरै ठाउँ…

घरभाडाको हिसाब राख्न, बिल वितरण गर्न र बहालको हिसाब बुझाउन मिल्ने एप ‘ईज्यालो’

काठमाडौंमा कोठा भाडामा लिएर लाखौं मानिस बस्दै आएका छन् । उनीहरूबाट घरधनीले भाडा, पानी, बिजुल…