कीवर्डहरू -

प्रोफाइल

एनएमबि बैंकका ग्राहकले आफ्नो बैंक खाता अब कनेक्ट आईपीएसमा सेल्फ भेरिफाई गर्न सक्ने

एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।

यस सुविधासँगै बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिने छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरू मार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ ।

अनलाइनबाटै सेल्फ भेरिफाई गरिएका खाताहरूका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंक मार्फत बुझाएर एक पटक भेरिफाई गराउनु पर्ने बैंकले जनाएको छ ।

यसरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरू, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको बैंकले जनाएको छ ।

बैंक खाता लिंक गरी यसरी गर्नुहोस् सेल्फ भेरिफाई

शुरूमा कनेक्ट आईपीएसको आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिंक अकाउन्ट अप्सन भित्र आवश्यक विवरण भरी गरी खाता लिन्क गर्नुहोस् ।

अनि म्यानेज अकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्नुहोस् र रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राख्नुहोस् ।

यति गरेपछि अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्नुहोस् । अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अनलाइन सेल्फ भेरिफाई प्रकृयाको लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिष्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनु पर्ने छ ।

प्रोफाइल

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरम…

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…

परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ वटा अक्सिजन कन्सनट्रेटर

जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) ल…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आ…

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…

एनआईसी एशिया बैंकले ल्यायो क्विक पे सेवा, अब लिंकबाटै डिजिटल भुक्तानी गर्न सकिने 

एनआईसी एशिया बैंकले ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन…

बजाजको नयाँ शोरुम अब बल्खुमा पनि

नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहबको उद्घाटन गरेको छ ।

<…

सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

सानिमा लाइफ इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । कम्पनीले आफ्ना भुक्…

अब एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङबाटै गुनासो गर्न सक्ने 

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोबैंकमा ‘कस्टुमर केयर…

नबिल बैंकले आईकार्ड र क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशत सम्म छुट दिने

नबिल बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्…

अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा …

सानिमा बैंकको केवाईसी अनलाइनबाटै अपडेट गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अनलाइन माध्यमबाटै अद्यावध…

धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी शुरू

नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी स…