कीवर्डहरू -

फोल्डेबल स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

फोल्डेबल स्मार्टफोन किन्दै हुनुहुन्छ ? यी पाँच कुरामा ध्यान दिनुहोस्

सामसङले केही समय अगाडि आफ्नो फोल्डिङ र फ्लिप फोन सार्वजनिक गरेको थियो, जसमा ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ रहेका थिए । मानिसहरूले यी फोनहरूलाई धेरै मन पराएका छन् ।

कम्पनीका अनुसार २८ घण्टाभित्र यी फोनका १ लाख युनिट प्रिबुक भएको थियो । यस तथ्यांकले फोल्डिङ फोनतर्फ मानिसको झुकाव बढ्दै गएको देखिन्छ ।

यदि तपाई पनि नयाँ नयाँ स्मार्टफोन किन्न चाहनुहुन्छ भने केही कुरा थाहा पाउनु पर्छ । फोल्ड गर्न मिल्ने फोनमा धेरै फाइदाहरू छन् ।

तर यसमा धेरै चुनौतीहरू पनि छन्, जसमा स्क्रिन सुरक्षा देखि ब्याट्री ब्याकअपसम्म पर्दछन् । यदि तपाई फोल्ड गर्न मिल्ने फोन किन्ने योजनामा हुनुहुन्छ भने तपाईले पहिले यी ५ बुँदाहरु बुझ्नुपर्छ ।

फोल्ड गर्न मिल्ने फोन किन्दा यी ५ कुरामा ध्यान दिनुहोस्

१. फोल्डेबल फोनहरूसँग एउटा चुनौती भनेको स्क्रिन वा डिस्प्ले सुरक्षित राख्नु हो । स्मार्टफोनलाई खल्तीमा राख्दा, फोल्ड गर्न मिल्ने स्क्रिनको बीचमा कुनै सिक्का वा चाबी नहोस् भन्ने कुरा सुनिश्चित गर्नुहोस् । किनकी यसले फोनको डिस्प्ले बिग्रन सक्छ ।

२. धेरै ब्रान्डका फोनहरू आइपिएक्स एट रेटिङका साथ आउँछन्, तर यसपछि पनि तपाईंले पानी र धुलोको विशेष ख्याल राख्नुपर्छ । पानी प्रतिरोधी भए पनि फोन लामो समयसम्म पानीमा छाड्यो भने बिग्रन सक्छ ।

३. स्क्रिनलाई तीखो वस्तुहरूबाट टाढा राख्नुहोस् । यसबाहेक, ह्यान्डसेटको स्क्रिनमा धेरै दबाब नदिनुहोस् । फोल्ड गर्न मिल्ने फोनको भित्री डिस्प्लेमा सुरक्षा तह हुन्छ, जुन स्क्रिन गार्ड जस्तो देखिन्छ । हामीले यसलाई हटाउनु हुँदैन, किनभने यसले स्क्रिन क्षतिको जोखिम बढाउँछ ।

४. फोल्डिङ फोनहरू आकारमा सामान्य फोन भन्दा धेरै फरक हुन्छन् ।  त्यसैले तिनीहरूलाई बोक्न अलि गाह्रो छ । यदि तपाई फोल्डिङ उपकरण किन्न योजना गर्दै हुनुहुन्छ भने यसलाई सावधानीका साथ प्रयोग गर्नुपर्नेछ ।

५. यद्यपी यी फोनहरू धेरै महँगो छन । अझै पनि तपाईंले धेरै सुविधाहरूमा सम्झौता गर्नुपर्ने हुन सक्छ । उदाहरणका लागि, तपाईंले यसमा अन्य फ्ल्यागशिप फोनहरूमा जस्तै क्यामेराको गुणस्तर प्राप्त गर्नुहुन्न् । यति मात्र होइन, यसमा ब्याट्री ब्याकअप पनि कम हुने गर्दछ ।