पूर्वाधार
नेपाल टेलिकमले रद्द गर्यो नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया
नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न अघि बढाएको ठेक्का प्रक्रिया रद्द गरेको छ। करिब साढे ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको कन्भर्जेन्ट रियल–टाइम बिलिङ एण्ड कस्टमर सपोर्ट सिस्टम खरिदका लागि अघि बढाइएको ठेक्का प्रक्रिया औपचारिक रूपमा रद्द गरिएको हो।
ह्वावे कम्पनीलाई मिलेमतोमा ठेक्का दिन लागिएको आरोपसहित लामो समयदेखि उक्त ठेक्का विवादित बन्दै आएको थियो। यही विवादका बीच अन्ततः टेलिकमले सम्पूर्ण ठेक्का प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो।
हाल नेपाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फो कम्पनीले सञ्चालन गर्दै आएको छ। उक्त कम्पनीसँगको सम्झौताको म्याद सन् २०२७ सेप्टेम्बरसम्म कायम छ।
टेलिकमका अनुसार यति ठूलो र जटिल प्रणालीको ठेक्का प्रक्रिया पूरा गर्न लामो समय लाग्ने गर्दछ। त्यसैगरी, ठेक्का लगाइसकेपछि पनि डाटा माइग्रेसनका लागि पर्याप्त समय आवश्यक पर्छ। तर अहिले ठेक्का प्रक्रिया नै रद्द भएपछि अब पुनः नयाँ बोलपत्र आह्वान गरेर प्रक्रिया अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ, जसले थप समय लिनेछ।
जानकारहरूका अनुसार हालको अवस्थामा एसिया इन्फोसँगको सम्झौताको अवधि २०२७ सेप्टेम्बरसम्म रहेकाले, उक्त समय सकिनुअघि नै नयाँ बोलपत्र प्रक्रिया पूरा गरी नयाँ कम्पनी छनोट गरिसक्नुपर्ने दबाब टेलिकममाथि छ। तर अहिले खरिद प्रक्रिया नै रद्द भएकाले नयाँ प्रक्रिया कहिले सुरु हुन्छ भन्ने विषय स्पष्ट छैन।
यदि तोकिएको समयभित्र नयाँ ठेक्का प्रक्रिया टुंगोमा नपुगेमा एसिया इन्फोकै म्याद थप्नु बाहेक अर्को विकल्प नहुने जानकारहरू बताउँछन्।
पूर्वाधार
कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म टेलिकमको अप्टिकल फाइबर विस्तार
नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टि…
डाटा सेन्टर स्थापना गर्न बागमती प्रदेशले छुट्यायो २ करोड बजेट
बागमती प्रदेशले डाटा सेन्टर स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको छ ।
शनिबार आ…
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी र लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुल्यो
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी–लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुलेको छ ।
गण्डकी र लुम्बिनीमा फाइबर बिच्छ्याउन अग्राधिकारका लागि न्यायालयमा गएका छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरमा विस्तार कार्य अगाडि बढाउन न्यायालयमा अग्राधिकारका निम्ति अनुरोध गर…
टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई
लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) लागु नगर्न निर्देशन दिएको छ ।
रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…
कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम
नेपाल टेलिकमले कोशी प्रदेशमा अप्टिकल फाइबर अन्य दूरसञ्चार सेवा प्रदायकलाई सह-प्रयोगका लागि उपलब्ध गराउने भएको छ ।
अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी
अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत…
पूर्वाधारमा लगानी, युवाको कर्मले डिजिटल अर्थतन्त्रमा आम्दानी
उत्साहजक सहभागीतासहित २ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ समापन भएको …
डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास…
देशभर उच्च गतीको इन्टरनेट दिन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तीव्रता दिइने
सरकारले देशभर उच्च गतीको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका क…