पूर्वाधार
गुजुल्टिएका र प्रयोगविहीन तार हटाउने अभियानमा प्रगति, अझै बाँकी छन् यी काम
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख सडक तथा शहरी क्षेत्रमा पोलमा अव्यवस्थित रूपमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार हटाउने अभियानले गति लिएपनि व्यवस्थापनको काम अझै पूर्ण हुन सकेको छैन ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमनले धेरै प्राथमिकता प्राप्त सडकमा तार बन्डलिङ सम्पन्न भएपनि खुला तार, केबल लूप, ट्यागिङ र अन्तिम फिनिसिङमा उल्लेख्य कमजोरी रहेको देखाएको छ ।
शहरको सौन्दर्य बिगार्नुका साथै अव्यवस्थित तारका कारण आगलागी, दुर्घटना तथा सडक सुरक्षामा जोखिम बढेपछि सरकारले तार व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको हो ।
पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
बन्डलिङ भयो, तर पोलमा अव्यवस्था कायमै
प्राधिकरणका अनुसार अधिकांश प्राथमिकता प्राप्त रुटमा तारलाई बन्डलिङ गर्ने काम अघि बढेको छ । तर बन्डलिङपछि पनि पोलमा अतिरिक्त केबलका लूप, खुला तार र पहिचानविहीन केबल देखिन थालेपछि व्यवस्थापनको काम पूर्ण भएको मान्न सकिने अवस्था छैन ।
विशेष गरी सेवा प्रदायकको पहिचान खुल्ने ट्याग सबै तारमा नराखिँदा भविष्यमा बिग्रिएका वा प्रयोगविहीन तारको स्वामित्व पहिचान गर्न समस्या हुने देखिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो ।
उपसमितिमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटाका प्रतिनिधि सहभागी छन् ।
प्राधिकरणले सेवा प्रदायकलाई आफ्ना तारमा अनिवार्य रूपमा पहिचान ट्याग राख्न र प्रयोगविहीन तार हटाउन निर्देशन दिएको थियो । प्रारम्भिक चरणमा अपेक्षित प्रगति नदेखिएपछि प्रत्येक रुटमा ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर नियमित अनुगमन सुरु गरिएको हो ।
उच्चस्तरीय बैठकपछि कार्ययोजना परिमार्जन
तार व्यवस्थापनको अवस्थाबारे सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा असार ३१ र साउन १५ गते उच्चस्तरीय समीक्षा बैठक बसेको थियो । बैठकपछि सेवा प्रदायकबीच जिम्मेवारी पुन: बाँडफाँट गर्दै परिमार्जित कार्ययोजना लागू गरिएको प्राधिकरणले जनाएको छ ।
कुन क्षेत्रमा कस्तो छ अवस्था ?
जडीबुटी–पेप्सीकोला:
जडीबुटी क्षेत्रमा तार बन्डलिङ सम्पन्न भएपनि अन्तिम फिनिसिङ कमजोर देखिएको छ । सेवा प्रदायकको पहिचान खुल्ने ट्याग सीमित स्थानमा मात्र छन् भने कतिपय पोलमा केबल लूप पनि देखिन्छन् ।
पुरानो बानेश्वर–चाबहिल–गौशाला:
यस क्षेत्रमा तार व्यवस्थापनको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक रहेको प्राधिकरणको निष्कर्ष छ । अधिकांश खुला तथा लत्रिएका तार हटाइए पनि केही स्थानमा ट्याग छुटेका वा च्यातिएका छन् ।
सामाखुसी–टाउन प्लानिङ–गोंगबु:
बन्डलिङ गरिए पनि पोलको दृश्य पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन । ट्यागिङमा एकरूपता देखिँदैन भने केबल लूप र अन्तिम फिनिसिङमा थप सुधार आवश्यक रहेको अनुगमनले देखाएको छ ।
लाजिम्पाट–त्रिपुरेश्वर:
अधिकांश तार बन्डलिङ गरिएपनि केही खुला तार अझै बाँकी छन् । सबै क्षेत्रमा ट्यागिङसमेत पूरा हुन सकेको छैन ।
त्रिपुरेश्वर–कलंकी:
अन्य रुटको तुलनामा यस क्षेत्रमा राम्रो प्रगति भएको प्राधिकरणले जनाएको छ । अधिकांश क्षेत्रमा बन्डलिङ सम्पन्न हुनुका साथै ट्यागिङ पनि तुलनात्मक रूपमा व्यवस्थित छ । यद्यपि, केही स्थानमा बन्डलभन्दा बाहिर खुला तार अझै बाँकी छन् ।
कीर्तिपुर:
अधिकांश तार बन्डलिङ भएपनि केही खुला तार र सीमित ट्यागिङका कारण व्यवस्थापनको काम पूर्ण भएको छैन ।
सबै रुटमा साझा समस्या ‘केबल लूप’
अनुगमनका क्रममा लगभग सबै रुटमा देखिएको साझा समस्या ‘केबल लूप’ रहेको प्राधिकरणले जनाएको छ । सेवा विस्तार वा मर्मतका लागि अतिरिक्त केबल राख्ने गरिए पनि त्यसलाई व्यवस्थित नगर्दा बन्डलिङपछि समेत पोलको दृश्य अव्यवस्थित देखिने गरेको छ ।
प्राधिकरणले अतिरिक्त केबल लूप राख्ने, बाँध्ने र व्यवस्थापन गर्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको जनाएको छ । त्यसैगरी, ट्यागिङलाई पनि अभियानको अर्को प्रमुख कमजोरीका रूपमा औंल्याइएको छ ।
सबै तारमा सेवा प्रदायकको पहिचान नखुल्दा भविष्यमा बिग्रिएका, चुँडिएका वा प्रयोगविहीन तार हटाउने क्रममा त्यसको जिम्मेवार सेवा प्रदायक पहिचान गर्न कठिन हुने देखिएको छ ।
अब बन्डलिङ मात्रै प्रगतिको मापदण्ड नहुने
प्राधिकरणले अब तार बन्डलिङ भएको अवस्थालाई मात्र कामको प्रगतिको आधार नमान्ने स्पष्ट पारेको छ । प्रत्येक रुटको अन्तिम निरीक्षण गरी खुला तार पूर्ण रूपमा हटाउने, केबल लूप व्यवस्थित गर्ने, सबै तारमा पहिचान ट्याग राख्ने र अन्तिम फिनिसिङ सुधार्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।
दीर्घकालीन रूपमा भने पोलमा नयाँ तार थपिँदै जाने र पुराना तार नहटाउने समस्या समाधान गर्न साझा पूर्वाधार तथा भूमिगत युटिलिटी डक्टको व्यवस्था आवश्यक देखिएको छ ।
नयाँ तार थपिँदा पुराना तथा प्रयोगविहीन तार समयमै हटाउने, सेवा प्रदायकको जिम्मेवारी स्पष्ट गर्ने र नियमित अनुगमन गर्ने प्रणाली विकास नगरेसम्म उपत्यकाका सडकमा गुजुल्टिएका तारको समस्या पूर्ण रूपमा समाधान नहुने देखिन्छ ।
पूर्वाधार
३९ सुरक्षा विशेषतासहित नयाँ स्मार्ट लाइसेन्स : अफलाइनमै जाँच गर्न सकिने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको गुणस्तर र सुरक्षण पक्षब…
नेपाल टेलिकमले रद्द गर्यो नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया
नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिद गर्न अघि बढाएको ठेक्का प्रक्रिया रद्द गरेको छ। करिब साढे ५ अर्ब रुपैयाँ लागत अनुमान गरि…
फोरजी नेटवर्कको पहुँच र गुणस्तर सुधारमा एनसेलः २५० वटा नयाँ टावर जडान २,२०० साइटको क्षमता अभिवृद्धि
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्वपूर्ण कदम चाल्दै गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडा…
सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति
थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा आगजनी भएपछि क्लाउड हिमालयलाई करोडौंको क्षति भएको छ । सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा क्लाउड…
निजी क्षेत्रबाट ३० अर्बको आइसिटी पार्क परियोजना प्रस्ताव, १० हजार बढी रोजगारी सिर्जना हुने
निजी क्षेत्रबाट करिब ३० अर्बको आइसिटी पार्क परियोजना प्रस्ताव गरिएको छ । इन्फ्रा होल्डिङ्सले ३ जिल्लाका चार स्थानमा आइसिटी पार्क निर्…
कालिकोटको मान्मादेखि मुगुको गमगढीसम्म टेलिकमको अप्टिकल फाइबर विस्तार
नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मादेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टि…
डाटा सेन्टर स्थापना गर्न बागमती प्रदेशले छुट्यायो २ करोड बजेट
बागमती प्रदेशले डाटा सेन्टर स्थापना गर्न २ करोड बजेट विनियोजन गरेको छ ।
शनिबार आ…
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी र लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुल्यो
मध्यपहाडी लोकमार्ग अन्तर्गतको गण्डकी–लुम्बिनी खण्डमा अप्टिकल फाइबर बिछ्याउने बाटो खुलेको छ ।
गण्डकी र लुम्बिनीमा फाइबर बिच्छ्याउन अग्राधिकारका लागि न्यायालयमा गएका छौः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरमा विस्तार कार्य अगाडि बढाउन न्यायालयमा अग्राधिकारका निम्ति अनुरोध गर…
टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई
लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) लागु नगर्न निर्देशन दिएको छ ।
रुकुमकोटमा पुग्यो नेपाल टेलिकमको फाइबर सेवा
नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी…
कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम
नेपाल टेलिकमले कोशी प्रदेशमा अप्टिकल फाइबर अन्य दूरसञ्चार सेवा प्रदायकलाई सह-प्रयोगका लागि उपलब्ध गराउने भएको छ ।
अब नेपाल टेलिकमको पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने चेतावनी
अब पूर्वाधारमा क्षति पुर्याए कारबाही गरिने नेपाल टेलिकमले चेतावनी दिएको छ । विगत…
पूर्वाधारमा लगानी, युवाको कर्मले डिजिटल अर्थतन्त्रमा आम्दानी
उत्साहजक सहभागीतासहित २ दिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ समापन भएको …
डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास…