कीवर्डहरू -

टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई

टेरामक्स लागु नगर्न लेखा समितिको निर्देशन, सुक्ष्म अनुसन्धान गर्ने जिम्मा अख्तियारलाई

लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड मोनिटरिङ सिस्टम (टेरामक्स) लागु नगर्न निर्देशन दिएको छ ।

बुधबार बसेको संघीय संसदको सार्वजनिक लेखा समितिले यो प्रविधि खरिद गर्ने कार्यलाई यथास्थितिमा राख, थप कुनै पनि भुक्तानी नगर्न प्राधिकरणलाई निर्देशन दिएको हो । 

यस्तै समितिले टेरामक्स खरिद गर्ने सम्बन्धमा हालसम्म सम्पादित सम्पुर्ण कामहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्न समेत अख्तियार अनुसन्धानलाई आयोगलाई निर्देशन दिएको छ । 

प्रणाली खरिद गर्ने सम्वन्धमा हालसम्म सम्पादित सम्पुर्ण कामहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरि शिघ्र निस्कर्षमा पुग्न र अधिकारको दुरुपयोग गरि राज्यलाई हानी नोक्सानी हुने गरि कार्य सम्पादन गरे, गराएको पाइएमा सम्बन्धित पदाधिकारी सबैलाई हदै सम्मको कारवाहीका लागि माग दावीसहित कानून बमोजिम अभियोजन प्रक्रियामा लैजान र ३० दिन भित्र सो सम्वन्धी कार्यप्रगति विवरण समितिलाई उपलव्ध गराउन अख्तियारलाई समितिले निर्देशन दिएको छ ।