साइबर आक्रमण
नक्कली कपीराइट अलर्टबाट ह्याकिङ प्रयास, एक क्लिकमै खाता जोखिममा
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्महरूमा नेपाल टेलिभिजन (NTV) को नाममा नक्कली सूचनाहरु आइरहेका छन् । यस्ता म्यासेजमा प्रयोगकर्ताले कुनै ‘कपीराइट उल्लंघन दस्तावेजीकरण’ शीर्षक भएको PDF फाइल खोल्न अनुरोध गरिएको छ, जुन वास्तवमा एक फिशिङ अट्याक हो ।
फिशिङ आक्रमणको तरिका
उक्त म्यासेजमा देखिएको PDF फाइलको नाम "कपीराइट उल्लंघन दस्तावेजीकरण गर्न फाइल.pdf" रहेको छ र यसमा क्लिक गरेमा प्रयोगकर्ताको सिस्टम वा एकाउन्टमा अनधिकृत पहुँच प्राप्त गर्ने उद्देश्य राखिएको छ । यस किसिमको म्यासेज सात दिनदेखि लगातार धेरै प्रयोगकर्तालाई आइरहेको छ ।
सावधानी अपनाउन अनुरोध
यदि तपाईँलाई पनि यस्तै म्यासेज आएको छ भने:
- उक्त लिंक वा PDF फाइल नखोल्नुहोस् ।
- उक्त म्यासेज तुरुन्तै डिलिट गर्नुहोस् ।
यस्ता म्यासेज प्राप्त भएको खण्डमा CERT-Nepal वा सम्बन्धित साइबर सुरक्षा निकायलाई जानकारी दिनुहोस् ।
नेपाल टेलिभिजनको स्पष्टीकरण
नेपाल टेलिभिजनले यस विषयमा कुनै अधिकारिक सूचना जारी नगरेको र यस्ता म्यासेजमा उल्लेख गरिएको विवरण असत्य र भ्रामक भएको स्पष्ट पारेको छ । NTV को नाम दुरुपयोग गरी गरिएको यस्तो कार्य कानुनी रुपमा दण्डनीय छ ।
फिशिङ अट्याकहरू दिन प्रतिदिन परिष्कृत बन्दै गइरहेका छन् । यसैले कुनै पनि अनजान लिंक वा फाइल खोल्नु अघि सावधानी अपनाउनु आवश्यक छ । साइबर सुरक्षाको लागि व्यक्तिगत सतर्कता सबैभन्दा प्रभावकारी उपाय हो ।
साइबर आक्रमण
नक्कली आईटी जागिरको आडमा उत्तर कोरियाली ह्याकरहरूको ३.२५ करोडको ठगी, लीडरबोर्डमै राख्थे कमाइको स्कोर
उत्तर कोरियासँग जोडिएको एक ह्याकर समूहले नक्कली पहिचान र फर्जी आईटी जागिरको आडमा क्रिप्टो प्रोजेक्टहरूबाट करोडौँ डलर लुटेको खुल…
शेयरप्वाइन्ट सर्भरमा ‘टुलशेल’ नामक जिरो-डे एक्स्प्लोइट पत्ता लागेपछि माइक्रोसफ्टद्वारा आपतकालीन सतर्कता जारी
माइक्रोसफ्टले आफ्नो चर्चित शेयरप्वाइन्ट सर्भर सफ्टवेयरमा एक खतरनाक सुरक्षा कमजोरी (भल्नरेबिलिटी) सम्बन्धी आपतकालीन सतर्कता जारी गरेक…
साइबर आक्रमणको बढी जोखिममा छन् नेपालका वित्तीय क्षेत्र
नेपालका वित्तीय क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन् । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी स…
अनलाइनमा टेन्सेन्ट, ट्विटर, लिंक्डइन, क्यान्भा, एडोब लगायतको २६ बिलियन रेकर्ड लिक
साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले अनलाइनमा २६ अर्ब डेटा लिक भएको पत्ता लगाएका छन् ।
एक वर्षमा भारतको बैंकिंग तथा वित्तीय क्षेत्रमा १७ हजार बढी साइबर आक्रमण भएको छ । भ…
एक वर्षमा भारतको बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १७ हजार बढी साइबर आक्रमण
ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा
ह्वाट्सएपमाथि साइबर आक्रमण हुँदा ५० करोड प्रयोगकर्ताको डेटा बाहिरिएको छ । बाहिरिएक…
म्यासेजिङ प्लेटफर्म सिग्नलमा साइबर आक्रमण, १९०० जनाको फोन नम्बर बाहिरियो
सिग्नलमा साइबर आक्रमण भएको छ । साइबर आक्रमण भएपछि डेटा ब्रिच हुँदा १९०० जनाको फोन…
फेसबुक ह्याक गरेर रकम माग्ने व्यक्ति पक्राउ
विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको अभियोगमा भक्तपुर …