कीवर्डहरू -

अनलाइनमा टेन्सेन्ट, ट्विटर, लिंक्डइन, क्यान्भा, एडोब लगायतको २६ बिलियन रेकर्ड लिक

अनलाइनमा टेन्सेन्ट, ट्विटर, लिंक्डइन, क्यान्भा, एडोब लगायतको २६ बिलियन रेकर्ड लिक

साइबर सुरक्षा अनुसन्धानकर्ताहरूले अनलाइनमा २६ अर्ब डेटा लिक भएको पत्ता लगाएका छन् । साइबर न्यूज र सेक्युरिटी डिस्कभरले गरेको अनुसन्धानमा १२ टेराबाइट साइजको २६ बिलियन विवरणसहितको डेटासेट लिक भएको पत्ता लागेको हो । 

यस रेकर्ड्समा यसअघि ब्रिच भएका डेटाहरूको कम्पाइल, रिइन्डेक्स्ड लिक्स, ब्रिच र निजी रूपमा बेचिएका डेटासेट रहेको अनुसन्धानकर्ताले जानकारी दिएका छन् । 

अनुसन्धानकर्ताले भनेका छन्, ‘डेटासेट खतरनाक छ । थ्रेट एक्टरले आईडेन्टिटी थेप्ट, परिष्कृत फिसिङ स्क्रिम, लक्षित साइबर आक्रमण तथा व्यक्तिगत र संवेदनशील खाताहरूमा अनाधिकृत पहुँचसहित आक्रमणका लागि एकत्रित डेटाको लाभ उठाउन सक्छन् ।’

लिक भएको इतिहासकै ठूलो डेटासेटमा भर्खरै चोरी भएका थोरै डेटा रहेको र यसअघि लिक भएका विभिन्न ब्रिचहरू धेरै समावेश भएको अनुसन्धानकर्ताको दावी छ ।  

डेटासेटमा टेन्सेन्ट (१.५ अर्ब) , वेइबो, अहिलेको एक्स अर्थात पहिलेको ट्विटर (२८१ मिलियन), वाटप्याड (२७१ मिलियन), लिंक्डइन (२५१ मिलियन), एडोब (१५३ मिलियन), क्यानभा (१४३ मिलियन) लगायतका प्लेटफर्म प्रयोग गर्नेको डेटा रहेको बताइएको छ । यस बाहेक अमेरिकी, ब्राजिल, जर्मनी, ट्रकी लगायत अन्य देशका सरकारी संस्थाका डेटा सेमत त्यसमा रहेका छन् । 

उक्त डेटासेटमा कुन कुन विवरण छन् भनेर कुनै जानकारी आएको छैन् तर पनि युजरनेम र पासवर्ड हुनसक्ने अनुमान लगाइएको छ । यद्यपी यस बाहेक अन्य जानकारी हुने सम्भावना समेत रहेको छ । 

निहित स्वार्थका साथ ठूलो मात्रामा डेटा स्टोर गरिएको अनुसन्धानकर्ताको भनाइ छ । डेटाहरू कम्पाइल गरेर तयार गरिएको यो अहिलेसम्मकै ठूलो डेटाबेस भएको धेरैको अनुमान छ । 

ह्याकरहरूले आक्रमणलाई सहज बनाउन पटक पटक भएका डेटा ब्रिचलाई कम्पाइल गरेर ठूलो मात्रामा डेटा स्टोर गरी राख्ने गरेका छन् । 
 

यो पनि पढ्नुहोस