कीवर्डहरू -

तपाईको इमेल आईडी लिक भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

तपाईको इमेल आईडी लिक भएको त छैन् ? यसरी थाहा पाउनुहोस्

अहिलेको डिजिटल युगमा डाटा मूल्यवान चीज हो । जो सँग धेरै डाटा छ, उही नै धनी हुने यो युगमा पछिल्लो समय डाटालाई संवेदनशील रूपमा हेर्ने गरिएको छ । 

तर पनि करौडौं डाटाहरू लीक भइरहेका छन् । डाटा लिक हुने मात्र होइन, करोडौंमा बेचिएको समेत हुन्छ । 

तपाईले अन्य ठाउँमा प्रयोग गरिएको डाटा तपाईलाई नै जालमा पार्न प्रयोग गरिन्छ । यदी तपाईसँग स्मार्टफोन छ भने तपाइँसँग पक्कै पनि इमेल आईडी हुन्छ । अहिलेको समयमा इमेल आइडी लीक हुनु सामान्य जस्तै भइसकेको छ ।

यस्तो अवस्थामा तपाईको मनमा पनि मेरो ईमेल आईडी लीक भएको छ की छैन् भनेर प्रश्न उब्जिन सक्छ । यसको जानकारी तपाईले केही सेकेण्डमै थाहा पाउन सक्नुहुन्छ ।

यदि तपाईलाई शंका लाग्छ वा तपाईको इमेल आईडी डाटा लीकमा संलग्न छ कि छैन भनेर जाँच गर्न चाहनुहुन्छ भने https://haveibeenpwned.com/ मा जानुहोस् । अब तपाईको अगाडि एउटा पेज खुल्ने छ, जसमा have i been pwned? लेखेको हुन्छ ।

अब तलको सर्च बारमा आफ्नो जीमेल आईडी राख्नुहोस् र पन्ड बटन थिच्नुहोस् । केही सेकेन्डमा तपाईको डेस्कटप स्क्रिनमा तपाईको इ–मेल आईडी लीक भएको छ वा छैन् भनेर देखा पर्नेछ । यदि तपाईंको आईडी लीक भयो भने, पूरै स्क्रिन रातो हुनेछ । अन्यथा अगाडि   “Good news – no pwnage found!" लेखिएको देखा पर्नेछ ।